बा:
-लक्ष्मी माली
बाः तातो थियो
तेजिलो थियो
कहिलेकाही अगाडी पर्ना साथ
रापले पोलिन्थ्यो
न्यानो पनि त थियो
त्यस कारण चिसो लाग्ने डर पनि थिएन ।
तर पनि अगाडी पर्न
हत्तपत्त चाहन्न थियौ
डर लाग्थ्यो कतै
झ्याप्पै पोल्लान् की भनेर
बा सँग सधैँ छली-छली हिड्थ्यौ
जीवन सधैँ यस्तै ठान्थे
यस्तै उज्यालो, रापिलो ।
जब बाः
अन्तत यात्रामा जानु भो
तब थाहा भो
बाः त सूर्य पो रहेछन्
जब डुब्यो नि सूर्य
त्य पछी त अन्धकार नै अन्धकार
जीवनको उज्यालो त
बाः पो रहेछ !
2079-05-11 facebook wall
(कवि लक्ष्मी माली नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख हुनुहुन्छ ।)