पदम राई
चिम्सो आँखा, थेप्चो नाक, होचा कद र गोलाकार मंगोलियन अनुहारका किराती युवायुवतीहरूलाई आजकाल भ्याइनभ्याइ छ । पूर्वाञ्चल र काठमाडौं उपत्यकामा किराती परम्परागत पोशाकमा सजिएर मह“गा किराती गहनाका ‘रेप्लिका’ लगाएर ढोल र झ्याम्टाको आवाजतिरै उनीहरू झुम्मिरहेका छन् । उँभौली पूर्णिमाको दिनदेखि १५ दिनसम्म उनीहरूलाई यो चटारो यसरी नै भइरहने छ । कारण, उनीहरू आफ्नो सांस्कृतिक चाडमा सहभागी भइरहेका छन् ।
प्रसङ्ग हो– किरातीहरूको महान् चाड उँभौली ‘किरात चाड’को । यसलाई किरात राईले साकेन्वा÷साकेला, लिम्बूले चासोक, याक्खाले चासुवा र सुनुवारले फोलषा“दर नामले पुकार्छन् । किरातीहरू आफूलाई आदिवासी भूमिपूत्र ठान्छन् र प्रकृतिपूजकको रुपमा चिनिन्छन् । उनीहरू हरेक बैशाखमा प्रकृतिको पूजा गर्दै उँभौली मनाउ“छन् । यो नया“ अन्नबाली (विशेष गरी धान, कोदो, अदुवा) लगाउने समय पनि हो । पाकेपछि मंसिरेपूर्णिमा तिथिदेखि उँधौली मनाउ“ने गर्दछन् । नयाँ अन्न पितृलाई चढाएपछि मात्र परिवारजनले चलाउनु÷खानु हुन्छ भन्ने मान्यता छ । यो मुन्दुम विधि पनि हो ।
नेपालको ओल्लोकिरात, माझकिरात र पल्लोकिरात क्षेत्रमा मात्र होइन, संसारको कुनै पनि भागमा अहिले साकेन्वा नाच नाचिरहेका छन् किरातीहरू । भारतको सिक्किम, दार्जिलिङलगायत हङकङ, बेलायत, बु्रनाई, अमेरिका, जापान, मलेसिया, युएई, कुवेत, कतार आदि देशमा पुगेका किरातीहरूको साझा पहिचान हो– किरातचाड । छ–छ महिनामा मनाइने यो चाडको आफ्नै मौलिक महŒव छ । यस चाडमा नाचिने साकेन्वा÷साकेला, च्याब्रुङ, केलाङ, ष्या“दर सिलीहरू सामूहिक नाचेर प्रदर्शन गर्नु यसको देखिने पाटो हो ।
यस चाडको विशेषता भन्नु प्रकृतिको पूजा, पितृको पूजा र परम्परागत नाच प्रदर्शन गर्नु हो । नाचको शैलीलाई राईहरू ‘सिली’ भन्छन् । यहाँ किरातीमध्ये राई जातिको साकेन्वा अर्थात् साकेला सिलीबारे संक्षिप्त चर्चा गरिएको छ । साकेला सिली प्रकृति र मानव सभ्यताको उभार हो ।
साकेन्वा÷साकेला नाच्दा सिलिमाङ्पा (सिलीको अगुवाइ गर्ने पुरुष) या सिलिमाङ्मा (सिलीको अगुवाइ गर्ने नारी)ले समूहलाई अगुवाइ गर्दछन् । गोलघेरा बनाएर नारी र पुरुष सराबरी हातमा हात, खुट्टामा खुट्टा चालमा चाल मिलाए ढोल, झ्याम्टाको तालमा नाच्छन् । सिली भनेको प्रकृतिमा गरिने हरेक क्रियाकलापको नक्कल या कुनै जीवजन्तुहरूको हाउभाउको क्रियाकलाप गर्नु हो । नाच्दा सिली चाल तल–माथि बिग्रिए अशुभ मान्ने चलन छ । कसै हातमा सेउली (रूखको पातसहितको हा“गा), कसैको छिन्द्रिङ (हतियारजस्तै बज्ने) चाल दिइरहेका हुन्छन् ।
सिलीका चालहरू अनेक छन् । त्यसमध्ये हिजो–आज २० वटा जति प्रमुख रुपमा चालेर नाच्ने चलन छ । किरात राई जातिभित्र २८ भन्दा बढी भाषा र त्यसैअनुकुलका फरक सांस्कृतिक मान्यता छन् । ठाउ“अनुसार फरक–फरक हुन सक्छ । चासुम सिली, वाप्पा सिली, चानुक्मा सिली, आदि सिलीका प्रकारहरू हुन् । जस्तो चासुम (धान) सिली गर्दा मान्छेले अन्न वा धान फलाउनको लागि रोप्ने काम, गोड्नेदेखि धान पाकेसकेपछि काटेर झाँट्ने, नाङ्लामा केलाउनेजस्ता क्रियाकलापलाई सिली गर्दा अभिनयमा उतार्ने गरिन्छ ।
संगीतमा ढोल र झ्याम्टा महŒवपूर्ण हुन् । ढोल पुरुषले काँधमा भिरेर गजोले बजाउदै लामबद्ध नाच्छन् भने झ्याम्टा नारीले दुईहातमा लिएर बजाउदै गोलो आकारमा नाच्ने गर्छन् । बाजा नभएकाहरूले हातमा सेउली लिएर के बुढाबुढी, तरुनीतन्नेरी, केटाकेटी सबैले गीतको भाकाहरू निकाल्दै हातमा हात, काँधमा काँध मिलाएर नाच्छन् । बीच भागमा रुखको हाँगा (थेत्लुम) गाडेर वरिपरि फन्को मान्दै गोलाकार नाच्ने गरिन्छ । सिली नाच्नेहरू गीतसंगीतको तालमा नाच्ने गाउने गर्छन् । सेउली किरात मुन्दुममा पवित्र मानिने चिल्लेकटुसको रुखको प्रतीक हो । र, रुख शितलताको प्रतीक पनि ।
नाक्छोङ (कुलपितृ पूजारी)ले साकेन्वा थानमा पूजा गर्दछ । नाक्छोङ परम्परागत विशेष पहिरन र हतियारहरूले सुसज्जित ह“ुदा कुनै योद्धाजस्तो भान पनि हुन्छ । यो देवीदेवता, भूतप्रेत, नाग आदिको पनि पूजा हो । नाक्छोङको सहयोगीलाई केन्छरवा भनिन्छ । साकेन्वाथान वरिपरी परम्पराअनुसार अदुवा, अन्न, वाबुप (चिण्डो)मा मर्चापानी, जा“ड वा रक्सी राखिन्छ । सारा गाउ“, समाज र जगतको भलो होस् भनेर पूजा गरिन्छ । त्यही बेला धनु, बाण, भाला, तरबार, ढाल आदि सामग्रीहरूको पनि पूजा गर्ने गरिन्छ ।
साकेन्वा भनेको सृष्टिकर्ता पारुहाङ–सुम्निमाको मात्र पूजा होइन, यो मृतात्मा पूर्वजहरूको पूजा पनि हो । उँभौली साकेन्वामा भूमिको पूजा गरी अन्नबाली सहकालको कामना गर्दछन् । प्राकृतिक विपत्ति (हुरी, बतास, आँधी, बाढी, पहिरो, आगलागी) नआओस् भनी बल माग्छन् । गर्मीयामको सुरुआतस“गै चराचुरुङ्गी तथा जीवजन्तुहरू उँभो हिमालतिर लाग्छन् । त्यही भएर यस बेलाको साकेन्वालाई उँभौली भनिएको हो । ती जनावरहरू जाडो याममा उँधो झर्ने र त्यस समय नाचिने हुनाले उँधौली साकेन्वा भनिएको हो ।
मङ्सिरको महिना खेतबारीका कान्ला गराहरूमा अन्नबाली झपक्कै पाक्ने नै भयो । काटेर घर भित्र्याउने, थन्क्याउने मौसम हो । पितृपुर्खाहरूलाई पहिला चढाएर मात्र आफूले उपभोग गर्ने परम्परा छ । अन्न थन्क्याइसकेपछि पितृलाई खुसी तुल्याउने र कृषक जीवनलाई आराम दिनका निम्ति उँधौली साकेन्वा÷साकेला सिली एक अचूक अवसर हो । यो किरातीको परम्परा हो ।
सांस्कृतिक हिसाबले अति नै उत्कृष्ट मानिएको यो चाडमा आजकाल आधुनिकताको नाममा विकृत पनि हुन थालेका विज्ञहरू बताउँछन् । परम्परागत भेषभूषाको सट्टा भड्किलो पहिरन, साकेन्वा सिलीका चालमा ‘डिस्कोथेक’ नाच्नु विकृत पाटो हो भन्न सकिन्छ । गाउँघर ठाँटी फलैचा, गढीहरू, साकेला थानहरूमा होस् या राजधानीको टँुडिखेलमा युवाहरूमा भड्किलोपन देखिनु परम्पराविपरीत हो ।
राई जातिको साझा संस्था किरात राई यायोक्खा, लिम्बूको किरात याक्थुङ चुम्लुङ, सुनुवारको किरात सुनुवार सेवा समाज र याक्खाको किरात याक्खा छुम्माले नयाँ पुस्तालाई सांस्कृतिक पहिचान दिनेतर्फ सचेत तुल्याउन आवश्यक देखिन्छ । जातीय संस्थाहरूले आफ्नो परम्परागत भेषभुषामा उपस्थिति जनाउन र नाच्नको लागि प्रेरित गरिरहेको छन् । संघीय गणतन्त्र नेपालको नया“ स्वरुपमा सबै जाति, भाषाभाषी, धार्मिक सांस्कृतिक पहिचानसहित हुने हु“दा यसतर्फ ध्यान पु¥याउनु पर्ने देखिन्छ । यसको महŒव झल्कने प्राज्ञिक, सांस्कृतिक, ऐतिहासिक कार्य तथा क्रियाकलाप गर्न र गराउन उत्तिकै जरुरी छ । न कि नाच्न र गाउँने झ्याउरे संस्कृतिको रुपमा मात्र पहिचान दिनु ।
उँभौली किरातचाड– २०७५ को अवसरमा समस्त नेपाली जनमा शुभकामना ।
padamrai@gmail.com
(लेखक बान्तावा भाषाको ‘बुङ्वाखा’ मासिक पत्रिकाका सम्पादक हुन् ।)
तस्बिर – गणेश राई