बहुभाषिक कविगोष्ठीमा २१ भाषा, त्यसमा वाम्बुले पनि

मातृभाषा

लिभु संवाददाता
काठमाडौं– बहुभाषिक कविगोष्ठीमा २१ भाषाका कविहरूले रचना वाचन गरेका छन् । त्यसमा वाम्बुले राई भाषाको कवितासमेत वाचन गरिएको छ । नेपाल स्रष्टा समाजको १६औं स्थापना दिवसका अवसमा आइतबार राजधानीमा आयोजित गोष्ठीमा वाचन गरेका हुन् । वाम्बुले भाषामा गणेश राईले ‘साल्चोतिड् कतिक बिनायो चोनिइ ?’ (तन्नेरी हो कत्तिको बिनायो कुँद्दै छौं ?) शीर्षक कविता वाचान गरेका थिए ।

कवि नवराज कट्टेलले संस्कृत, शिवराज जैसीले अछामीमा, कविराज तामाङ र अजितमान तामाङले तामाङमा, कोइँच (सुनुवार)मा शारदा किरात सुनुवारले रचना वाचन गरेका थिए ।

खसमा रमेशजंग थापा, थारुमा लक्की चौधरी, चेपाङमा सुमन प्रजा, शितल गिरीले बज्जिका भाषामा वाचन गरेका थिए । यस्तै, भोजपुरीमा गोपाल अस्क, शेर्पामा सेर्कु शेर्पा, अब्दुल सलामले उर्दूमा, नेपालभाषा (नेवारी)मा प्रेममान डँगोल र नरेन्द्रबहादुर श्रेष्ठले कविता वाचन गरेका थिए ।

कवि प्रल्हाद पोखरेल, राजेन्द्र सलभ र विश्वविमोहन श्रेष्ठले नेपालीमा, हेमन्त दाहाल र राजेन्द्र खनालले अंग्रेजीमा, सीताराम प्रकाशले हिन्दीमा, राजेन्द्र गुरागाईले बंगालीमा, धिरेन्द्र प्रेमर्षिले मैथिलीमा कविता वाचन गरेका थिए । गोष्ठीमा धिमालमा सोम धिमाल, गुरुङमा रत्नबहादुर गुरुङ र थामीमा रमेश थामीको कविता सहभागी थियो ।

स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले मुलुकमा बोलिने भाषा साहित्यको उन्नयनका निम्ति बहुभाषिक कविगोष्ठीको आयोजना गरिएको बताए । समालोचक लक्ष्मण गौतमले जीवन्त नेपाली समाजको भाषाहरूको साहित्य एकै थलोमा वाचनले ‘इन्द्रेणी सौन्दर्य’ को विकास गर्ने बताए । यसैगरी नाटककार अशेष मल्ल, समाजका संस्थापक अध्यक्ष पवन आलोक, कोषाध्यक्ष तारा सुवेदीलगायतले गोष्ठीबारे बोलेका थिए ।

नेपाल स्रष्टा समाजको १६औं स्थापना दिवसका अवसरमा बहुभाषिक कविगोष्ठीमा वाचन गरिएको वाम्बुले राई भाषाको कविता :
साल्चोतिड् कतिक बिनायो चोनिइ ?
गणेश राई

साल्चोतिड् आमामजाड पासाङ बानिइ ?
हेपाङ जुनिम कि खुर्सानिइ क्रान्निइ ?
दुखाङ चुखिङ सुल्निम कि सुखाङ सुङ्गिर या मुल्निइ ?
साल्चोतिड् कतिक बिनायो चोनिइ ?

चोनिमेइ तिङ कतिक च्याङ्गोइ–च्याङ्गोइ ज्वायुम–ज्वायुम राया ?
ज्वायुम–ज्वायुम रामेइ तिङ आक्वाल्वाक आक्वालजन गोनिइ ?
साल्चोतिड् ? इन दुखा ठे राम कि बिनायो ठे राया ?
बैसोल्वाम बिनायो कि धेर बिनायो राया ?

चाक्चो फाफुङ पुमपट्टि ख्याँउरिस नहरनिख् खिपैपुनिम के ?
टुप्पापट्टि ट्यान्निमाख् बाँसुरि चोनिइ ?
न्हरनिख् बिनायो, बाँसुरि ङा खिपैपुनिम कि
त्वामगोता आचुचु च्वाप्साख दुखा खिपैपुनिइ ?
साल्चोतिड् कतिक बिनायो चोनिइ ?

उङ्गुइ डा बिनायो च्वाउसेस्
आचुचु ग्वाक्चाम रहर तुलुङसे तुलुस्
बनपाखाभोरि बाँसुरि त्वाबुसे त्वाबुस्
आम पापि कुपिख् पौम्वाल
स्वाङ्ले–स्वाङ्ले ज्वाक्चो बैसो कुर्साख्
आम यलाखोम उडिसि दोङ्तिम

हाल्चाम ब्यालाल इम उङ च्वाउमेइ बिनायो
साङ्रागोठ दिचाम्वाल त्वाब्लिदिङ्मेइ बाँसुरि
आः ख्वाल्माङ फेफेवाल सोफ्याबस्वाङमेइ थि
त्याँपालि डा उङ्गुइ लिम्साख् त्वाप्चाम द्याङ्मेइ
सिल्याङमो, क्र्याक्तुङमोख् आजाम्मेइ बावाँ
बिनायोङा जुइना न्वा बाँसुरिङा ठेडि फेरैपास्साख
आः मानसिस्सि त्वाप्चाम द्याङ्मेइ
त्वामल्वाम मुयो तिरुङवाँ ग्वाक्चाम द्याङ्मेइ
साल्चोतिड् कतिक बिनायो चोनिइ ?

आम सहरल्वाड् रहर रहर ङा दुम्चो रै
ड्आम्बिड् आमस्याम दुम्चोपासाख् आब्म्बिेइ
आम्सेस तिवाइँ दुखाजिलो पासाख्वाइ गार्जाहेपा जासिहिप्तिम
कावातिड् ! देमुन्चोस्याम आमाइ आबाक्चो रै आल डा
झन देमुन्चो मुयो माल्चामतिङ सिकिवाइँ आतिरि
बैसो ल्वाकान कि उमेर ह्याल्कान आचुख्वाइ आसेइबि
उङ्गुइ त्याङचै फेरि बाँसुरि–बिनायो त्वाप्फिचाम द्याङ्मेइ
फुडिम¥याम्फुप्याड, जाक्तिटामगाड कतिक साङ्रा, बिया ल्यान्निइ ?
इल्वाङ, कतिक कुर्लिङवास बाँसुरि त्वाम्निइ ?
थ्वाफिचाम द्याङ्मेइ!
ल्वाचो बैसो लिप्चाम द्याङ्मेइ!
साल्चोतिड् कतिक बिनायो चोनिइ ?


(प्रकाशित : वाम्बुले राडु योरल्वाम कवितातिड, २०६५ संयुक्त संग्रह)

https://www.facebook.com/ganeshjournalist

Leave a Reply

Your email address will not be published.