कवि गगन राईको प्रेमिल दुई गीतहरू

कला साहित्य -संस्कृति
गगन राई

१. चाँदनी झैं

चाँदनीझै चम्कि दिनु हिमालझै हाँसि दिनु
मखमली माया मलाई मनमा गाँसि दिनु

धड्केको छ मुटु मेरो तिम्रो न्यानो साथले
तड्पेका छन आँखाहरु तिम्रो मीठो यादले
सधैँ सधैँ मेरो तस्विर दिलमा टाँसि दिनु
मखमली माया मलाई मनमा गाँसि दिनु

तिमी विना जिउँनुको के नै अर्थ हुन्छ
खुशी दिउँन पराइले तर व्यर्थ हुन्छ
वासना छर्दै गुलाब वनी सधैँ फुलि दिनु
मखमली माया मलाई मनमा गाँसि दिनु

चाँदनीझै चम्कि दिनु हिमालझै हाँसि दिनु
मखमली माया मलाई मनमा गाँसि दिनु ।

पौष १५, २०७६
चिसंखुगढी –६, ओखलढुंगा

 

२. पहिलो नजरकी

कुन देशकी हौ तिमी कुन नगरकी तिमी
तर भयौ मेरो पहिलो नजरकी तिमी ।

पुर्णिमामा जुन राम्रो औँसीमा तारा राम्रो
तिमीलाई भेटेपछि भयो मेरो सारा राम्रो
कुन नदीकी हौ तिमी कुन वगरकी तिमी
तर भयौ मेरो पहिलो नजरकी तिमी ।।

मेरा रहर इच्छाहरु सवै सवै मेट्न सक्छु
तिम्रो खातिर परे मेरो ज्यानै रेट्न सक्छु
कुन धर्तीकी हौ तिमी कुन सगरकी तिमी
तर भयौ मेरो पहिलो नजरकी तिमी ।।

कुन देशकी हौ तिमी कुन नगरकी तिमी
तर भयौ मेरो पहिलो नजरकी तिमी ।।

पौष १५, २०७६
चिसंखुगढी –६, ओखलढुंगा

Leave a Reply

Your email address will not be published.