व्याकुल माइला गोल्डकप–२०७० को अन्तरवार्ता :
‘विकासको सुरुवात आफ्नै गाउँबाट गर्नुपर्छ’
व्याकुल माइला, राष्ट्रगानका रचनाकार
(२०७० कात्तिक १ देखि ९ गतेसम्म ओखलढुंगाको थाक्ले–८ सोक्मटार ब्आलेम बगर खेलमैदानमा सम्पन्न ‘व्याकुल माइला गोल्डकप, २०७०’ को सन्दर्भमा राष्ट्रगानका रचनाकार व्याकुल माइलासित सम्पादक गणेश वाम्बुले राई गरेको कुराकानीको अंश, यो अन्तरवार्ता लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क ५५, २०७० कात्तिक–पुस (किरात येले संवत् ३७९२/सन् २०१३) मा प्रकाशित छ । सम्पादक)
व्याकुल माइला गोल्ड कप यो पालि आफ्नै ठाउँमा साह्रै भव्यताकासाथ सम्पन्न भयो । व्याकुल माइलाको उपस्थितिमाझ स्थानीयले आफ्नै किसिमले मनोरन्जन लिए । धेरै किसिमले रमाए । त्यसमा व्याकुल माइला गोल्ड कप व्याकुल माइलाले नै हेर्दाचाहिं कस्तो रह्यो ?
प्रशंसाको लागि धन्यवाद छ । व्याकुल माइला गोल्डकप, २०७० को लक्ष्य गाउँ–समाजको अधिकतम हित गर्नु, लाभ पु¥याउनु, सेवा प्रदान गर्नु एव उन्नति गर्नु थियो । यसै अनुरूप व्यवसायिक कृषि तालिम, निःशुल्क स्वास्थ्य शिविर, दुधकोसीमा राफ्टिङ, सांगीतिक, सांस्कृतिक आदि विभिन्न कार्यक्रमहरू सञ्चालन गरियो । यही कारण स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता, माया र साथ–सहयोग रह्यो । जसले गर्दा कार्यक्रम निकै भव्यरूपले सपन्न भयो ।
मैले हेर्दाचाहिँ, हाम्रो गाउँ–समाजमा हामीले पनि गतिलो काम गर्न सक्छौं भन्ने कुरा पुष्टि भएको देखेँ । तर, एउटै कार्यक्रमबाट सन्तुष्ट हुनुभन्दा पनि म के भन्छु भने हामीले सिक्नु पर्ने कुरा धेरै छन् । हाम्रो सामाजिक मनोविज्ञानमा परिपक्वताको अझै खाँचो छ । ‘गर्न सक्दैनौँ’ भन्ने कमजोर मानसिकता हटाएर ‘गर्नसक्छौँ÷गर्नुपर्छ’ भन्ने भावनाको विकास गर्नु जरुरी छ । हाम्रो बुझाई, सोचाई र व्यवहारमा ठूलै परिवर्तन ल्याउनु छ । हामी सवल छौँ, हामी सक्षम छौँ भन्ने कुरा बुझ्नको लागि र हाम्रो सुन्दर भविष्य निर्माण गर्नको लागि हाम्रो सोचाई र व्यवहारको लेबलमा ‘आइस बे्रकेङ’ मानिने खालको सकारात्मक परिवर्तनको जरुरी छ । जसका लागि सजिलो नभए पनि यी÷यस्ता कार्यक्रमहरूको आवश्यकता छ ।
‘खेलकुदका माध्यमबाट विकास अभियान’ नारा लिएका छौं यस पटक । यो नारा एकपटकको लागि हो भने सार्थक बन्यो त ? नाराले कस्तो रुप लियो होला ?
व्याकुल माइला गोल्डकप विकासको एउटा प्रस्थानविन्दु हो । विकास–निर्माणको लागि स्थानीय युवा वर्गको यो एउटा क्याम्पिङ हो । यहाँ गर्न सकिने र गर्नुपर्ने विकासका लक्ष्य र दृष्टिकोण बृहत् र दीर्घकालिन छन्, जसको सर्वे, डिजाइन, इस्टिमेट निकट भविष्यमा गरिने छ । त्यसलाई सार्थक एवं मूर्तरूप दिन अझै ६० वर्ष लाग्ला । अब विस्तारै यो गाउँ÷ठाउँलाई नगर उन्मुख नमूना गाउँ बनाउने र विकासका अद्वितीय पूर्वाधारहरूको निर्माणमा प्रयत्नशील रहने हो ।
यहाँ हुने विकासले ओखलढुंगा जिल्लालाई मात्र होइन छिमेकी जिल्ला खोटाङ, उदयपुर र सिन्धुलीका उस्तै अवस्थामा रहेका गाउँठाउँलाई पनि उत्तिकै लाभ पु¥याउँद छ । पूर्व–पश्चिम फैलिने मध्यपहाडी लोकमार्ग र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको सोलु जिल्लादेखि तराई÷मधेश पुग्ने सिद्धिचरण मार्ग भेट हुने यो जङसन ठाउँमा अब यस क्षेत्रको चारैतर्फ उत्साह र लाभ पैmलाउने खालका विकास, निर्माण गर्नु उपयुक्त हुन्छ । सवाल यत्ति हो– नीति, निर्णय तहमा बस्नेले किन यहाँ निमुखा र गरिब जनताहरू बस्ने भएकाले विकास नगर्ने ? यहाँका समुदाय हेपिएर विकास नहुने ? होइन भने ओखलढुंगा जिल्लाको विकासको सन्दर्भमा यो भाइबे्रन्ट पोइन्ट हो ।
कस्तो विकास भन्ने भिजन छिट्टै अभिलेखबद्ध गरिने छ । विकासको लागि पनि यो ठाउँ अब प्राथमिकताको क्षेत्रमा पर्नु पर्दछ । यही कुरा नीति, निर्णयकर्ता एवं योजनाकारलाई बुझाउँदै जान र विकास निर्माणको कार्यमा सरोकारवालाहरूको चासो, सक्रियता बढाउनको लागि ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारा राखिएको हो । यो त अभियानको सुरुवात मात्र हो । यसलाई कम्तीमा पनि अब १५/२० वर्ष जति नियमितत र निरन्तरता दिनसकियो भने नाराको सार्थकताको नजिक पुग्नसकिने छ ।
विकास अभियान भनेको के हो ?
विकास भनेको लक्षित पूर्वाधार र सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, मानसिक आदि सर्वाङ्गीण पक्षमा गुणात्मकरूपले सकारात्मक परिर्वतन हुनु हो । जुन लक्ष्य प्राप्त गर्न निकै लामो समयसम्म हामी निरन्तर अग्रसर, क्रियाशील र गतिशील रहनु पर्छ । अर्थात् एक पटक भिजन निर्माण गरिसकेपछि पनि त्यसको प्राप्तिको लागि अथक र अनेक रूपले लागिपर्नु पर्ने भएकोले विकास अभियान भनिएको हो ।
यसको मतलब विकास भनेको प्रणाली (सिस्टम)को सिंगो रूप हो यो अभियान ?
विकास भनेको प्रणाली, मोडल र प्रक्रिया हो । त्यसलाई हाम्रो यी गाउँठाउँसम्म पु¥याउने तपाई–हाम्रो निरन्तरतापूर्ण चाहना, अठोट र प्रयासचाहिँ एक अभियान हो । यो अभियानमा एकलकाँटे, एकपक्षीय, टालटुले सानोतिनो होइन बहुआयामिक, बहुपक्षीय, उल्लेखनीय, दीर्घकालीन र अद्वितीय किसिमका एकीकृत मोडललाई प्रोत्साहित गरिने छ ।
पर्यटन क्षेत्रको विकास, वातावरण–पर्यावरणको संरक्षण र विकास, स्थानीय भाषा, संस्कार–संस्कृतिको प्रवद्र्धन तथा संरक्षण, कृषिको विकास, शिक्षा, स्वास्थ्य, खेलकुद आदि क्षेत्रको सँगसँगै विकास भएपछि मात्र जीवनस्तरमा सुधार र परिवर्तन सम्भव छ भन्ने यथार्थतालाई आत्मसात् गर्न जरुरी छ । हाम्रो गाउँघरमा सडक आउनु विकासको ढोका खुल्नु हो तर यही मात्रचाहिँ विकासको सम्पूर्णता होइन ।
विकास गर्ने जिम्मेवारी त सरकारका दायित्व होइन र ?
जरुर हो । तर, निम्छरो दृष्टिकोण छ विकासका जिम्मेवारीमा बसेका पदाधिकारी र निकायहरूको । देशको हर कुनाकाप्चालाई विकासले सिँगार्ने दृष्टिकोण हुनुपर्ने हो सरकारको । तर, ती ठाउँप्रति कुनै स्वामित्वबोध छैन । स्वामित्वबोध नभएपछि जिम्मेवारीको के कुरा गर्नु र ! कुनाकन्दरामा बस्ने नागरिकले नागरिकताबाहेक सरकारबाट खासै केही पनि पाएका हुँदैनन् ।
बिकटता, गरिबी, बेरोजगारी, दुःख, सास्ती आदिजस्ता कठिनाई झेलिरहेका हुन्छन् हाम्रोजस्ता ग्रामीण क्षेत्रका नागरिकहरूले । नीति, निर्णय र स्रोत–साधनको पहुँचबाट टाढा रहेका नागरिक नजुर्मुराएसम्म, नब्यूँझेसम्म, नबोलेसम्म र आपैm सक्रिय नभएसम्म त्यहाँ सरकारीस्तरबाट विकासको नाउँमा सिन्को भाँच्नेसम्मको काम नगरिदिने प्रवृत्ति भएकोले यसरी बोल्नु स्थानीयहरूको दायित्व हुनआएको हो । साथै जनसहभागिता पनि विकासको अपरिहार्य एवं अनिवार्य पक्ष हो ।
गोल्डकपको व्यवस्थापन कस्तो रह्यो ? साधनस्रोत कसरी जुटिरहेको रहेछ ?
सुरुवातको चरणमा रहेकोले निकै कठिनाईका साथ जसोतसो व्यवस्थापन भयो । यत्रो कार्यक्रम बिना कुनै ठूलो सरकारी अनुदान र पर्याप्त व्यापारिक प्रयोजन युवाहरूको हिम्मत, सक्रियता र सहभागिताले सम्भव भयो । दुःख लाग्छ– खेलकुद सहर, बजार र सदरमुकाममा आयोजना गर्नुपर्छ भन्ने खालका दृष्टिकोणहरूप्रति । स्थानीय लेबलको खेलकुद रहेछ भनेर कतिपय ठाउँमा हेपिएको छ । जिम्मेवार निकाय र पदाधिकारीहरूलाई स्थानीयस्तरकै खेलाडीहरूलाई अवसरको आवश्यकता छ भन्ने चेत छैन ।
कमसेकम यतिको खेलकुद प्रतियोगिता आयोजना गरियो भने पनि खेलाडीहरूलाई ठूलो ऊर्जा र प्रोत्साहन मिल्छ भन्ने कुरा बुझेको अवस्था छैन । खेलकुद मैदानको पूर्वाधारहरूको निर्माण गर्नसकिएको भए पनि राम्रो हुने थियो । निकै अव्यवस्थित अवस्थामै कार्यक्रमहरू वर्षेनी सम्पन्न हुँदे आएका छन् । खेलाडीहरू राख्ने ठाउँ छैन । दर्शकहरू बस्ने ठाउँ छैन । यस प्रति मेरो धेरै चिन्ता छ । जिविस, गाविस र जिल्लाको खेलकुद परिषद् लगायत निकायले यो पक्ष हेरिदिए राम्रो हुने थियो । खेलकुद पनि मानव संसाधन विकासको एउटा आधार एवं पक्ष हो । अब फुटबल खेलेर हाम्रो गाउँ–ठाउँ जन्मेका युवाहरूले पनि अन्तर्राष्ट्रिय स्तरसम्मकै आफ्नो करिअर बनाउन सक्ने सम्भावना छ । त्यसैले आगामी दिनहरूमा यसतर्फ सम्बन्धित निकायहरूको स्वतःस्पूmर्त ध्यानाकर्षण हुने आशा गर्दछु ।
गोल्डकपको अविष्मरणीय पक्ष के रह्यो ?
युवा वर्ग, खेलाडी, कलाकार, स्रोतव्यक्तिहरूका अतिरिक्त फुटबल खेलप्रति देखिएको स्थानीय जनसमुदायको रुचि, चासो र सहभागिता सुखद लाग्यो । अविष्मरणीय पक्षहरू धेरै छन् जस्तो १११ जना विद्यार्थीहरूले वेषभूषासहित ड्रिल डान्स गरेर देखाए । १४/१५ वर्षकी उदीयमान गायिका श्रेयसी चेम्जोङको सुमधुर स्वरले धेरैलाई मन्त्रमुग्ध पा¥यो । दुधकोसीमा पहिलो पटक राफ्टिङ भयो । व्यवसायिक कृषि तालिम पहिलो पटक भयो ।
धेरै स्थानीय महानुभावहरूले पहिलो पटक विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा पाए । लोप भइसकेको कारण देख्न नपाइएको अधिया, सालमाया जस्ता वाम्बुले राई जातिको लोकनाच÷लोकभाका देख्न पाइयो । फाइनल गेम अत्यन्त रोमाञ्चक एवं सनसनीपूर्ण बन्यो । यस्तो सनसनी मैले अन्तर्राष्ट्रिय टुर्नामेन्टमा पनि देख्न पाएको थिइन । यी सबै उदाहरणीय र अविष्मरणीय पक्ष हुन् ।
विकास अभियानको विजारोपण भइसकेको हो कि नमुना प्रदर्शन मात्र हो ?
विजारोपणको अलिकति सुरुवात भएको हो । जब राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका खेलाडी जन्मिने छन् । कृषि प्रविधिमा उल्लेखनीय विकास भई व्यवसायिकता आउने छ । हाम्रै ठाउँका नयाँ पुस्ता भोलि राष्ट्रियस्तरका कलाकार, साहित्यकार तथा संस्कृतिकर्मी बन्ने छन् । दुधकोसी र सुनकोसीको जलसम्पदाको सदुपयोग गरेर सिँचाई, जलविद्युत, पर्यटन आदि पक्षमा उल्लेखनीय विकास हुनेछ ।
सगरमाथा र हलेसी धामलाई लक्षित गरेर यस ठाउँको सांस्कृतिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको विकास हुनेछ । खेलकुदको उल्लेखनीय पूर्वाधारहरू विकास हुनेछन् । यस्ता खेलकुद प्रतियोगिताहरू सरकारीस्तरबाट सञ्चालन गरिने छन् । हो, जब यस्तैयस्तै धेरै उपलब्धिहरू हुनेछन् तब मात्र नमूना प्रदर्शन भयो भन्न मिल्छ ।
माइला अब विकास अभियन्ता भनेर चिन्नु, चिनाउनु पर्ने हो ?
यो परिस्थितिले बनाएको अवस्था हो । यदि मेरो जन्म कुनै विकसित ठाउँमा भएको भए विकास भन्ने कुरा मेरो त्यति चासो र चिन्ताको विषय हुने थिएन । तर, म त्यस्तो ठाउँमा जन्मिएँ÷हुर्किएँ, जहाँ विकास–निर्माणको योजनाबद्ध थालनी अब गर्नुपर्ने देखिन्छ । समाजमा दुई–चार जना व्यक्ति हुनेखाने र जान्नेबुझ्ने हुँदैमा विकास हुने होइन । समग्र समाजको स्तरोन्नति, समाजका हरेक वर्ग, जाति, समुदाय एवं व्यक्ति र परिवारको उन्नति, प्रगतिबाट मात्र विकास सम्भव छ ।
यसतर्फ उन्मुख हुनु हरेक सचेत नागरिकको र जिम्मेवारी हो । यही जिम्मेवारी बोधले नै विकास अभियानमा प्रयत्नशील हुन प्रेरित बनाइरहेको छ । अहिलेदेखि मात्र होइन गाउँ, ठाउँ, समाजको विकास कार्यप्रति त म पहिल्यैदेखि चिन्तित व्यक्ति हो । अहिले अब अलि कसिएर लाग्न चाहेको छु । मेरो बुझाई के हो भने हामीले सिङ्गो देशको विकास गर्नु छ । त्यसको सुरुवात आपूm जन्मेको गाउँठाउँबाट गर्नु पर्दछ ।
दीर्घकालीन विकास अभियानको खाका कस्तो बनेको छ वा बन्दैछ ?
विकास साधन–स्रोतको अभावले होइन, भिजनको अभावले नभएको हो । विकास कार्य थाल्नुभन्दा पहिला के कस्तो विकास गर्ने भन्ने समग्र खाका तयार पार्नु आवश्यक छ । यस कार्यको लागि बस्तुपरक, तथ्यपरक र तर्कसंगत अध्ययन, विश्लेषण, योजना र मोडल निर्माणको आवश्यकता छ ।
हाम्रोमा नाम मात्रको विकास, त्यो पनि हचुवाको भरमा गर्ने प्रचलन छ । जस्तो धाराको माग गरियो भने त्यसको कति सालपछि बल्ल योजनामा पर्लाजस्तो हुन्छ र नाम मात्रको सर्वे र इस्टिमेट गरिन्छ, जो दिगो रहँदैन पनि । यस्ता झिनामसिना टालटुले कार्यलाई विकास भन्नु लाजमर्दो कुरा हो ।
जिल्लास्तरको सरकारी निकायले अब सिङ्गो जिल्लाको हर भू–भाग एवं क्षेत्र र गाउँ समाजको मोडल तयार पार्नु पर्दछ । तर, यसो भनियो भने असम्भव र असान्दर्भिक कुरा गरेको ठहरिएला अथवा ठूलो कुरा गर्नखोजेको देखिएला, त्यसैले हाम्रो आफ्नै पहल र प्रयत्नमा कमसेकम हाम्रो गाउँठाउँको विकासको खाकाचाहिँ तयार पारूँ भनेको हो । दीर्घकालिन र बहुआयामिक विकासको मोडल भएकोले निकै प्राविधिक ज्ञान, अध्ययन, अनुसन्धान र इन्जिनियरिङको आवश्यकता पर्ने भएकोले अहिले नै यस्तो खाका छ भन्न सकिँदैन, अलि समय लाग्छ ।
दुधकोसी र सुनकोसीको पानी बगेको बग्यै छ । यसलाई जनजीवनसित जोड्न सकिन्छ ?
हाम्रो महत्वपूर्ण प्राकृतिक स्रोत–सम्पदा, सम्भाव्य विकासका गहकिला आधार भनेको यी दुई कोसी पनि हुन् । कमसेकम पनि पम्पिङ गरेर यी नदीका पानीलाई अबका दिनमा सिँचाइमा सदुपयोग गर्नपट्टि लाग्नु पर्दछ । हिमालबाट बगेको दुधकोसीको स्वच्छ पानीलाई बोतलको मिनरल वाटर उत्पादन गरी बेच्न सकिन्छ । राफ्टिङको लागि दुधकोसी अझै भर्जिन नदी हो ।
सुनकोसी नदीको स्थानीय भँडारे घागी हर्कपुर ‘¥यापिड–ए’ र मझुवा घागी हर्कपुर ‘¥यापिड–बि’ जलयात्राको लागि अत्यन्त एड्भेन्चरस् विश्वस्तरकै नामुद ¥यापिड हुन् । एडभेन्चर क्षेत्रका पर्यटक एवं जलयात्रीलाई यहाँ राफ्टिङ गर्नको लागि स्थानीय स्तरमै राफ्टिङ व्यवसाय सञ्चालन गर्नु पर्दछ । जलयात्राको पूर्वाधार निर्माण गर्नु पर्दछ । यी नदीबाट कालान्तरमा जलविद्युत पनि उत्पादन गर्न सकिएला । मात्र यो ठाउँले गतिला योजनाकार, विकासमुखी प्रशासन र विकासको दिव्यदृष्टि भएको नेता र जाँगरिला युवाहरूको साथ पर्खिरहेको हो ।
फुटबल कपले वाम्बुले भाषा, साहित्य, संस्कृति संवद्र्धन, प्रवद्र्धनमा कस्तो भूमिका खेल्न सक्ला ?
राम्रो कुरा सोध्नु भयो । समग्रमा हामी सबैले गर्ने र गर्नुपर्ने सबै काम–कुराहरू समाजकै लागि र समाजभित्रकै विषयवस्तु हुन् । हाम्रो वाम्बुले भाषा, कला, साहित्य, संगीत र संस्कृति लोपोन्मुख अवस्थाबाट अब विस्तारै संरक्षण र उन्नयनको मोडतर्फ उन्मुख भइरहेको अवस्था छ । जसको लागि तपाई अथक मिहनेतसहितको अग्रसरता र सक्रियता अतुलनीय छ ।
यस फुटबल प्रतियोगितामा यस पक्षमा के गर्न सकिएला भन्ने जुन चासो, शुभेच्छा र आग्रह छ, यो अत्यन्त सान्दर्भिक कुरा हो । हाम्रो भाषा, साहित्य र संस्कृतिलाई पनि प्रवद्र्धन गर्ने पहल एवं प्रयास अवश्य हुनेछ ।
यस पटक झाँकीको रूपमा लोप भइसकेको अधिया÷अडिया नाच प्रस्तुत भयो । यी यस्ता लोक संस्कृतिक, लोकभाका र लोकनाचलाई नगद पुरस्कारसहित प्रतियोगितात्मक रूपले प्रस्तुत गर्ने उद्घोष गरिएको थियो तर अहिले नै प्रतियोगितात्मक रूपले हाम्रा स्थानीय लोकनाच तथा लोकभाकाहरू प्रस्तुत गर्नसकिने अवस्था रहेनछ । तथापि मानेभन्ज्याङ उदैपुर गाउँको ‘पन्चध्वज अधिया समूह’ बाट जुन रूपमा अधिया÷अडिया लोकनाच प्रस्तुत भयो, अत्यन्त राम्रो थियो । हामी धेरैले यो नाच पहिलो पटक देख्न पायौँ । सुरुवात स्वरूप प्रोत्साहनको लागि नगद १० हजार रुपैयाँ इनाम पनि प्रदान गरिएको छ ।
अब सँगै भाषा–संस्कृतिको सम्बन्धी कार्यक्रमहरू पनि तय गर्नु उपयुक्त हुनेछ । किनभने यो फुटबल प्रतियोगितामा गन्यमान्य महानुभावहरूसहित जनसमुदायको ठूलै जमघट हुन्छ । यो हाम्रो लोकसंस्कृतिहरू प्रस्तुत गर्ने प्लेटफर्मको रूपमा पनि उपयोग गर्नु पर्दछ । भाषिक कविता प्रतियोगिता, भाषिक कार्यशाला गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरू पनि सञ्चालन गर्न सकिन्छ । हाम्रो लोकभाका, लोकनाच, भाषा, संस्कार, संस्कृति आदि सम्पदालाई नखुम्च्याई एक्स्पोज गर्न सकियो भने नयाँ पुस्ता पनि देख्न, जान्न, बुझ्न, सिक्न र आत्मसात् गर्नसक्ने छन् ।
पर्यटन प्रवद्र्धनका लागि के गर्न सकिन्छ, हाम्रो क्षेत्रमा ?
विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु हाम्रो छिमेकी जिल्ला हो, जहाँसम्म पुग्ने सिद्धिचरण मार्ग यही गाउँ हुँदै मास्तिर उक्लिएको छ । यो ठाउँलाई सगरमाथाको मुख्यद्वारको रूपमा विकसित गर्नसकिन्छ । पूर्वको पशुपति मानिने हलेसी धाम यहाँबाट मात्र ४० कि.मि. को दूरीमा छ । यहीबाट हलेसी हुँदै मध्यपहाडी लोकमार्ग पूर्व–पश्चिम पैmलिएको छ ।
राम्रो रिसोर्ट, होटल, होम स्टेका व्यवस्था, ट्रेकिङ रूट निर्माण, स्थानीय धार्मिक, सांस्कृतिक सम्पदाका संरक्षण र विकास, दुधकोसी र सुनकोसीमा नदीहरूमा राफ्टिङको सञ्चालन आदि लगायत पर्यटकीय गन्तव्यका लागि पूर्वाधार निर्माण गर्न सकियो भने योे ठाउँको लागि पर्यटन क्षेत्र बरदान हुनसक्ने छ ।