तीन साता वित्दा पनि बालिकाको शव अस्पतालमै

मुख्य समाचार

लिभु संवाददाता

काठमाण्डौ १८ चैत । काठमाण्डौ स्थित सानिमा बैंकका कर्मचारी बबी सिंह गडर्ताैलको घरमा मृत अवस्थामा भेटिएकी एक बालिकाको शव तीन साता देखि उठ्न सकेको छैन ।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका १ की १४ बर्षिया बालिका रिता थामी गत फागुन २६ गते शनिबार नक्साल भगवती बहाललस्थित गड्र्तौलको घरमा मृत भेटिएकी हुन् ।

मृतकका परिवार र आफन्तजनले रिताको आत्महत्य नभई अन्य कारण हुन सक्ने भन्दै घटनाको निष्पक्ष छानबिन नभए सम्म शव नबुझने बताएका छन् ।
अध्ययन र फरेनसिक विभागको पोस्मार्ट रिपोर्ट, घटनाकाे प्रकृति आपसमा बाझिएको कारण बालिकाको आत्महत्या नभई अन्य आशंका भएको कारणले  शव नबुझेको आफन्तले बताएका छन् । बालिकाको शव महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा राखिएको छ ।

घरधनी गर्तौलले प्रहरीलाई दिएको बयान र अस्पताललाई दिएको बयान फरक हुनु, झुन्डिएर मृत्यु भएकाे भनिएपनि  प्रहरीलाई कुनै खबर नगरी शव अस्पतालमा पर्याउनु , झुन्डिने प्रक्रियामा संलग्न कारण पत्यारलाग्दो नहुनु र फरेनसिक विभागको रिपोर्टले प्रसस्त आशंका जन्माएको पीडित परिवारको भनाइ छ । विभिन्न घट्नाको अध्ययन गर्दा आत्महत्या भन्ने धेरै आधार नै छैन, कसरी झुन्डिएर मरेको मान्नु ? उनकी दिदी हिरा थामीले बताइन् ।

नाष्टमा पठाएको रिर्पोट समय वितिसक्दा पनि प्रहरीले नलिएको पीडित पक्षको गुनासो छ । मृत रिता थामी की दिदीले  जानकारी दिए अनुसार उनीहरुलाई तिन देखि एक हप्ता भित्रमा सबै रिपोर्ट आउछ भनेका थिए तर प्रहरी चौकीमा जादा फलोअप नगरेको पाईएको थियो । घट्नापछि प्रहरीले गर्तौला दम्पत्तिलाई पक्राउ गरी एक दिन पछि धरौटिमा छाडेकाे थियाे ।

त्रिवि शिक्षण अस्पतालले गरेको पोष्टमार्टममा अनडिटरामाइन, झुन्डिएको भागमा निलडाम नभएको उल्लेख गरिएको छ ।
यसबारे सिविन नेपालले अध्ययन गरिरहेको जनाएको छ । प्रहरीले सुरुमै जोहरी लिनै नमान्नु र पक्राउ गरेको भोलिपल्टै आरोपिलाई छोड्नुले कारबाही प्रक्रियामा शंका गर्ने ठाउ रहेको सिविनले जनाएको छ ।

महानगरीय प्रहरी टेकुका अनुसार नाष्टको रिपोर्ट आउन ढिला भएको जनाएको छ । दिदी हिरामायाका अनुसार “ घट्नाको १२ दिन अघि बालिकाले आफ्नी दिदी राममाया थामीलाई फोन गर्दा अाफूलाई घरधनीले गालि गरेको बताएकी थिइन् , काम गरिरहेकाे घरबाट फाेन गरेर गुनासाे सुनाउदा बालिकालाई गालि गर्ने हुनाले लुकेर अरुको फोनबाट कुरा गर्ने गरेको पनि उनले बताएकी थिइन् ।

परिसरका डिएसपी मोहनकुमार थापाका अनुसार घटनाकाे  प्रकृति शंकास्पद भएकाले थप परीक्षणहरु भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published.