प्रचण्ड भेट्न ओली खुमलटार पुगे, निर्णायक वार्ता जारी

मुख्य समाचार

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा ‘वान टु वान’ वार्ता जारी छ ।

प्रचण्ड निवास खुमलटारमा भएको वार्तामा पार्टी एकता र सरकार गठनको विषयमा कुराकानी भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयो । स्रोतका अनुसार माओवादी केन्द्रले सरकार गठनभन्दा पनि पार्टी एकतालाई नै मुख्य प्राथमिकता दिएको छ ।

दुई नेताबीचको वार्तामा सरकार गठनबारे ठोस रूपमा छलफल हुने बताइएको छ । बैठकमा मुख्यमन्त्री र सभामुखको विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । एमाले अध्यक्ष ओली माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न दाहाल निवास खुमलटार पुग्नुभएको हो ।

सभामुख र मुख्यमन्त्रीको पद बाँडफाँडको लागि एमाले र माओवादीबीचको संयुक्त कार्यदलको बैठक एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा दिउँसो ३ बजे बस्दैछ । माओवादीले २ मुख्यमन्त्री र ४ सभामुख पाउनुपर्ने दावी गर्दै आएको छ । तर, एमालेले माओवादीको मागलाई स्वीकार गरेको छैन । आजको बैठकले यसबारे ठोक निष्कर्ष निकाल्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.