यी हुन् बलिउडका सुन्दर अभिनेत्री

मनोरन्जन

काठमाडाैं । उत्कृष्ट चलचित्र निर्माणका हिसाबले मात्र होइन बलिउड सुन्दर अभिनेत्रीका कारणले पनि विश्वमा परिचित छ ।  बलिउडका ती सुन्दर अभिनेत्रीको चर्चा गर्ने हो भने यी अभिनेत्रीको नाम सबैभन्दा अग्र पङ्क्तिमा आउने गर्छः
ऐश्वर्या राय बच्चन 
ऐश्वर्या राय बच्चनले १९९४ मा मिस वल्र्डको उपाधि जितेकी थिइन् । मोहक सुन्दरता र निलो आँखाका कारण ऐश्वर्या कैयाँै दिलको धड्नक बन्न सफल छिन् । ऐश्वर्याले करियरको सुरुवात मोडलिङबाट गरेकी थिइन् । उनी सुन्दरताकी महारानीको नामबाट समेत चिनिने गर्छिन् । कैयौँ चलचित्रमा अभिनय गरेकी ऐश्वर्या अहिले पनि सुन्दर महिलाको सूचीमा पर्ने गरेकी छन् ।

कट्रिना कैफ कट्रिनाले चलचित्र ‘बुम’बाट फिल्मी यात्रा थालेकी हुन् । तर यो चलचित्र अभिनयबाट उनले धेरै चर्चा पाउन सकिनन् । अहिले उनी बलिउडकी हिट अभिनेत्री मध्यकी एक हुन् । बलिउडमा उनका केही हिट चलचित्र पनि छन् । उनी अभिनयभन्दा पनि सुन्दर र स्टाइलिस भएका कारणले बढी चर्चित छिन् ।
करिना कपुर खान 

अभिनेत्री करिना हमेसा अभिनय, डाइटिङ र जिरो फिगरका कारणले चर्चामा रहन्छिन् । उनी सुन्दर त छिन् नै, यसको अलवा उनी एक सफल अभिनेत्री पनि हुन् । चलचित्र अभिनयमा उनी भिन्न भिन्न भूमिका निर्वाह गर्नसमेत माहिर मानिएकी छन् ।

अनुष्का शर्मा अनुष्का शर्माले बलिउडका बादशाह शाहरुखको जोडीको रूपमा अभिनयमा डेब्यु गरेकी हुन् । ‘रब ने बना दि जोडी’ उनको पहिलो चलचित्र हो । यो चलचित्रपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले अहिलेसम्म बलिउडमा केही हिट चलचित्र दिएकी छन् ।

दीपिका पादुकोण दीपिका ‘पद्यावत’की अभिनेत्री हुन् । ‘पद्यावत’ विहीबारबाट विश्वका कैयाँै मुलुकमा रिलिज भएको छ । उनी ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन् । उनी राम्रो अभिनेत्री र मोडलको अलवा ब्याडमिन्टन खेलाडी पनि हुन् । उनको सुन्दरताका कैयौँ दिवाना छन् ।

प्रियङ्का चोपडा 
प्रियङ्का मिस इन्डियाका साथसाथै ‘ब्युटी विथ ब्रेन’ पनि हुन् । बलिउडका साथसाथै हलिउडमा समेत काम गर्न उनी सफल छिन् । उनका बलिउडमा कैयौँ चलचित्र छन् । उनले एक गीतसमेत गाएकी छन् ‘इन माई सिटी’ । यो गीत निकै चर्चितसमेत बनेको थियो ।

माधुरी दीक्षित माधुरी बलिउडकी उत्कृष्ट अभिनेत्री मध्येकी एक हुन् । लामो समयको अन्तरालपछि उनी केही समय पहिले भारत फर्किएकी हुन् । माधुरीका कैयाैं हिट चलचित्र बाहिर आएका छन् । माधुरीका स्माइल र डान्स सबैभन्दा उत्कृष्ट रहने गरेका छन् । -एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *