लगानीकर्ता सेयर बजारमा यसरी हुने गर्छन् बढी आकर्षित

अर्थ / वाणिज्य

काठमाडौं । दिनभर रातो रंगमा खेलेको नेप्से बजार बन्द हुने बेला भने हरियो भएको छ । सूचक हरियो देख्न पाउँदा लगानीकर्ताको मुहारमा थोरै भए पनि आशाको किरण जाग्नु स्वाभाविकै हो ।

दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक भइरहँदा बजार सुस्त हुँदा आम लगानीकर्ता भने छक्क परिरहेका छन् । यद्दपि, दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक हुनेक्रम भर्खरै सुरु भएको हो । अझै धरैजसो कम्पनीको रिपोर्ट आउनै बाँकी छ ।

तर प्रारम्भिक संकेतहरुले दोस्रो त्रैमास तुलनात्मकरुपमा राम्रो आउने देखिएको छ । कम्पनीहरुको वित्तीय विवरण राम्रो आउँदा त्यसले लगानीकर्ता आकर्षित गर्नुपर्ने आम अपेक्षा हो । तर बजारले भने अहिलेसम्म त्यस्तो संकेत गर्न सकेको छैन । नेप्से सूचकमात्रै सुस्त भएको होइन ।

कारोबार रकममा समेत गिरावट आउँदा लगानीकर्ता अलिबढी अन्योलग्रस्त बनेको बुझ्न सकिन्छ । बजार सुस्त हुनुको कारण सबैले खोजेका छन् । तर चित्त बुझ्दो जवाफ पाउन सकिने अवस्था नरहेको लगानीकर्ताहरुको गुनासो रहेको छ ।

बजार किन सुस्त हुँदैछ ? अब कहिलेबाट बढ्छ, अनि कति समयसम्म होल्ड गर्यो भने घाटा पूर्ति होला भन्ने आम लगानीकर्ताले प्रश्न गरिरहेका छन् । यी सबै प्रश्नको उत्तर पटकपटक विश्लेषक, लगानीकर्ता र अन्य सरोकारवालाले दिइरहेका छन् ।

बजारमा नयाँ माहोल आउनका लागि नयाँ लगानीकर्ता आकर्षित गर्न सक्नुपर्ने हुन्छ । पछिल्ला दिनमा देखिएको कारोबार रकमको गिरावटले पनि यसैलाई संकेत गर्छ ।

Leave a Reply

Your email address will not be published.