यायोक्खाले ‘किरात प्रदेश’ नामांकनका लागि २५ लाखको हस्ताक्षर बुझायो

मुख्य समाचार

लिभु संवाददाता
काठमाडौं– किरात राई यायोक्खाले संघीय प्रदेश नं.१ लाई यायोक्खाले ‘किरात प्रदेश’ नामांकन गर्नु पर्ने मागसहित २५ लाखको हस्ताक्षर बुझाएको छ । यायोक्खा केन्द्रीय कार्यसमितिका अध्यक्ष तिलक राई नेतृत्वमा दसौं हजार जनप्रदर्शनसहित बिहीबार प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईलाई बुझाएको हो ।


यायोक्खा नेपाललगायत विश्वभरि छरिएर रहेका किराती राई जातिको केन्द्रीय छाता संस्था हो । उसले पहिलो संविधान सभा र दोस्रो संविधानमा ऐतिहासिक रुपमा चर्चिएको ‘किरात प्रदेश’ नामाकरणको मागसहित देशव्यापी अभियान छेड्दै आएको छ ।


प्रदेश सभा १ भवन, बिराटनगर परिसरमा सयौं मिटर लामो सेतो कपडामा संकलित हस्ताक्षर बुझ्दै मुख्यमन्त्री शेरधन राइले यायोक्खाको माग जायज रहेको बताउनु भएको थियो । ‘यो माग जायज, तथ्यपरक र यथार्थ छ त्यसैले नामांकन गराउनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्ने छु,’ उहाँले भन्नु भयो ।


त्यसैगरी सभामुख प्रदीपकुमार भण्दारीले पहिले र अहिले पनि प्रदेश नं.१ को भुगोललाई पल्लो किरात, माझ किरात र वल्लो किरातको रूपमा बुझिँदै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो मागमा अन्य सभा सदश्यहरूले पनि गहिरो अध्ययन गरेर उचित निर्णय गर्नु हुनेछ ।’ जन प्रदर्शनमा झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुरबाट सहभागी रहेको यायाक्खाका सचिव जनक राईले जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.