राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

मुख्य समाचार

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ । माघ २४ गते हुने निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गरिएको आयोगको भनाइ छ ।

सरकार, सरकारका मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा निकाय, निर्वाचनको क्रममा संलग्न कर्मचारी, राजनीतिक दललाई आचारसंहिता लागू हुनेछ । आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारबाही गरिने आयोगले जनएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि भएको मनोनयन दर्तामा ८३ जनाको उम्मेदवारी परेको छ, जसमा १७ जना निर्विरोध भएका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभाका लागि हरेक प्रदेशबाट ८/८ जनाको दरले ५६ जना निर्वाचित हुनेछन् भने तीन जना सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक ब्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.