अध्यक्ष ओलीले भने – राज्यको ढुकुटी रित्तिने गरी गरिएको निर्णय स्वीकार्य छैन

राजनीति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राज्यकोष नै रित्तिने गरी वर्तमान सरकारले गरेको निर्णय स्वीकार्य नभएको बताउनुभएको छ । आज पोखरामा आयोजित सामुदायिक रेडियो प्रसारक संघ (एकोर्‍याब) नेपालको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो ।

चर्चा कमाउन अर्को सरकारले चलाउनै नसक्ने गरी गरिएको निर्णयको आफूहरु विपक्षमा रहेको उहाँको भनाइ थियो । सरकारको निर्णय जनमतविपरीत रहेको भन्दै उहाँले राष्ट्रहित विपरितका सरकारका निर्णय स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । सरकारले पछिल्ला निर्णयमा भूकम्पपीडितलाई थप १ लाख रुपैंयाँ, स्वेच्छिक अवकाश चाहने कर्मचारीलाई थप रकम र ६५ वर्ष पुगेपछि वृद्धभत्ता दिने व्यवस्था गरेको छ ।

ती निर्णयहरुले राज्यको ढुकुटी रित्याउने भएकोले मुलुकको समृद्विको लागि आफूहरु सँधै जिम्मेवार बन्ने अध्यक्ष ओलीले बताउनुभयो । भूकम्पपीडितलाई पहिलो किस्ता समेत पुर्‍याउन नसकेको सरकारले थप १ लाख रुपैंयाँ दिने र १ हजार कर्मचारीलाई विदेश पठाउने निर्णय गरिनु मुलुकको समृद्विको विपरीत भएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published.