उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग, चिह्न प्रदान भोलि

मुख्य समाचार

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ । मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज साँझ ५ बजेसम्ममा सार्वजनिक गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचन कार्यक्रम अनुसार आज दिउँसो १ बजेदेखि भोलि दिउँसो २ बजेभित्र उम्मेदवारले मनोनयन फिर्ता लिने समय छुट्याइएको छ भने भोलि नै ३ देखि ४ बजे उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने छ । भोलि नै अपरान्ह ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचन माघ २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म बहुमतिय र एकल संक्रमणीय प्रणालीका आधारमा हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५६ सदस्यका लागि ८३ जनाको उम्मेदवारी परेको छ । ५९ सदस्य रहने राष्ट्रिय सभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.