दीपिकाले भनिन्– रणवीरसँग विवाहको हल्ला गलत

मनोरन्जन

एजेन्सी  । रणवीर सिंह र दीपिका पादुकोणको सम्बन्धको चर्चाले भारतका धेरै मिडिया रंगिएका छन् । दीपिका–रणवीरको बोलचाल बन्द भोदेखि सुटुक्क बिहे गरेसम्मको प्रसंगले स्थान पाउने गरेको छ ।

केही दिनअघि पनि केही मिडियाले दीपिका र रणवीरले श्रीलंकामा सुटुक्क बिहे गरेको खबर छापियो । मुम्बईमा आयोजित एक कार्यक्रममा दीपिकाले ती सब खबर गलत भएको बताइन् । ‘विवाहको के कुरा, हाम्रो इन्गेजमेन्ट भएको खबर पनि झूटो हो,’ दीपिकाले भनिन् ।

चार वर्षदेखि उनीहरू रिलेसनमा छन् । बेलाबेलामा सँगै घुम्न जान्छन् पनि । कतिपटक त उनीहरू सपरिवार घुम्नसमेत गएका छन् । उनीहरूको परिवारमा विवाह गर्न नहुने विषयमा कुनै विवाद छैन । कहिले होला त बिहे भन्ने प्रश्नमा दीपिकाले कुनै जवाफ दिइनन् ।

Leave a Reply

Your email address will not be published.