केपी ओली प्रधानमन्त्री नियुक्त

मुख्य समाचार राजनीति

लिभु संवाददाता
काठमाडौँ — संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ४१औं प्रधानमन्त्रीमा नेकपा–एमाले अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, २०७२ को धारा ७३ को उपधारा २ बमोजिम बिहीबार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

निर्वाचन आयोगले बुधबार अपराह्न राष्ट्रपति समक्ष निर्वाचनको परिणाम बुझाएपछि आजै एमाले र माओवादी केन्द्रका शीर्ष नेताका साथ राष्ट्रपति कार्यालय पुगेर ओलीले भावी प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ ग्रहण आजै बिहीबार अपराह्न हुनेछ । ओली यसअघि ३८औं प्रधानमन्त्रीका रुपमा ९ महिना शासनसत्ता सम्हाल्नु भएको थियो ।

फोटो केपी शर्मा ओलीको पे्रस सल्लाहकार चेतन अधिकारीको फेसबुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *