जन्मे पछि ८ , ९ वर्षमा पहिलो चोटी जे भाषा सिक्छ त्यही नै हो मातृभाषा प्रा.डा. नाेबलकिशोर राई

कला साहित्य -संस्कृति समाचार

लिभु संवाददाता
काठमाण्डौ, भाषाशाश्त्री प्रा.डा. नोबलकिशोर राई ले जन्मे पछि केही उमेर ८, ९ बर्षमा पहिलो चोटी जे भाषा सिक्छ त्यही नै मातृभाषा भएको बताउनु भएको छ ।
आज अन्तराष्ट्रिय भाषा दिवस २०१८ को उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानद्घारा आयोजित राष्ट्रिय मातृभाषा कविता महोत्सव कार्यक्रमका प्रमुख अतिथितिको रुपमा सम्बोधन गर्दे जनजातिको मात्र नभई सबै जातिको मातृभाषा रहेको उहाँले बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे राईले भन्नु भयो बान्तावाको बान्तावा चाम्लिङको चाम्लिङ खालिङको खालिङ त्यस्तो नहुन पनि सक्छ, त्यसैले जुन परिवेशमा जे सिक्यो त्यही नै हो, मातृभाषा जातीय भाषा होइन मातृभाषा जाति सम्बन्धित पनि छ सम्बन्धित नहुन पनि सक्छ । त्यस्तै गरी सबै कार्यक्रमहरुमा सम्पूर्ण पदाधिकारीहरुले राष्ट्रिय गान गाउँदा फोटो पत्रकारहरुले फोटो मात्र खिचेको कारण त्यस समयमा उहाँहरुले पनि गाउनु पर्ने बताउनु भयो । सबै जातीय कविहरुलाई शुभकामना दिदै एक वर्षमा १२ महिना भएकोले सबै कविहरुले १२ वटा कविता लेख्ने र जातीय मुन्धुममा रहेर कविहरुले कविता लेख्नु पर्ने समेत अनुरोध गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.