कवि दिवसलाई युगकवि सिद्धिचरण पुरस्कार, राईलाई पत्रकारिता

मुख्य समाचार

लिभु संवाददाता
काठमाडौं — नेपाली कविता तथा लोक साहित्यका क्षेत्रमा योगदान पु¥याएबापत् वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसलाई ‘युगकवि सिद्धिचरण पुरस्कार २०७५’ प्रदान गरिने भएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष बैरागी काइ“लाको अध्यक्षतामा बसेको बैठकले पुरस्कारको निर्णय गरेको हो ।

त्यसैगरी प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार–२०७५’ पनि घोषणा गरेको छ । लिब्जुभुम्जु डटकमका प्रधानसम्पादक तथा कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादकसमेत रहनु भएको गणेश राईलाई प्रदान गर्ने निर्णय गरेको हो ।

युगकवि सिद्धिचरण पुरस्कारमा एक लाख रुपैया“ र ताम्रपत्र रहेको छ भने पत्रकारिता पुरस्कार २५ हजार रुपैया“ रहेको प्रतिष्ठानकी सदस्य प्रा.डा. गार्गी शर्माले जनाउनु भएको छ । उक्त पुरस्कार आउ“दो जेठ ९ मा युगकवि सिद्धिचरण श्रेष्ठको १०७ औं जन्मजयन्ती अवसरमा प्रदान गरिने प्रतिष्ठानका संरक्षक एवं युगकविपुत्र रविचरण श्रेष्ठले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *