प्रधानमन्त्री ओली र बंगलादेशका उड्डयन मन्त्रीबीच भेट

लिभु संवाददाता काठमाडौं । विमान दुर्घटनाबारे जानकारी लिन आएका बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमालले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदनासहित सहानुभुति प्रकट गरे । उनले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी […]

Continue Reading

पदमुक्त’ प्रधानन्यायाधीश गोपाल पराजुलीबाट राष्ट्रपतिले लिइन् सपथ

लिभु संवाददाता काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् । राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायापरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् । न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण […]

Continue Reading

नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदै

काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले आज गर्दैछ । उपराष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो । उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आज उनी निर्विरोध निर्वाचित […]

Continue Reading

प्रधानमन्त्रीले बोलाए सातै मुख्यमन्त्रीलाई सिंहदरबार

लिभु संवाददाता काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे प्रदेश सरकारका समस्याबारे प्रधानमन्त्रीले मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिवसँग छलफल गर्न लागेका हुन्। प्रदेश सरकारका प्रतिनिधिहरुले सरकार सञ्चालनका लागि असुविधा झेलिरहेको गुनासो गरिरहेका बेला प्रधानमन्त्री ओलीले छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक […]

Continue Reading

उपराष्ट्रपति निर्वाचनको मिति घोषणा

लिभु संवाददाता काठमाण्डौ । उपराष्ट्रपतिको निर्वाचन २०७४ साल चैत्र ९ गते हुने गरी निर्वाचन आयोगले मिति तय गरेको छ । बुधबार माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवज्यूको अध्यक्षता बसेको आयोगको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको […]

Continue Reading

महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर ः प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाण्डौ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय नारी दिवशको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन,अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने बताउनुभएको छ । […]

Continue Reading

सिरिजङ्गाहाङ किरात लिपिका आविष्कारक होइनन्, पुनरुत्थानकर्ता मात्र हुन्

ताप्लेजुङ जिल्लाको साविक याङवारकलाई हाल अपभ्रंसित शब्दमा याङरूप भन्ने गरिन्छ । नवौँ शताब्दीमा त्यहाँ एक थेबे थरका सिरिजङ्गाहाङ राजा थिए । उनी शुरवीर, प्रतापी र धर्मात्मा पनि थिए । उनैले किरात लिपिको आविष्कार गरेका हुन् भन्ने जस्ता कुराहरू केही विद्वान््हरूले लेख्ने गरेको पाइयो । तर यस प्रमाणहीन कुराले किरात इतिहासलाई नै बङ्ग्याउन खोजिएको ठहर्छ भन्नमा […]

Continue Reading

उपचारमा लापरवाही नगर्न प्रधानमन्त्री ओली आग्रह

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मानव स्वास्थ्य उपचारमा लापरवाही नगर्न चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उपचारमा हुने सानो गल्तीले मानिसको ज्यान जाने भएकोले यो विधामा दक्ष भएर मात्र प्रवेश गर्न चिकित्सकहरुलाई सुझाव दिनुभएको छ । बीर अस्पतालको सर्जिकल भवन शिलान्यास गर्दै आज प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दायाँ र बायाँ घुँडो नचिन्ने, एउटा […]

Continue Reading

वाम्बुले गन्ती – ख्रिप्सिवा

१. पृष्ठभूमि – सुमेरियनहरुबाट हजारौं वर्ष पहिलेदेखि गन्ती प्रथा प्रारम्भ – गन्ती प्रथालाई जाति, समुदाय वा समूहको सभ्यता वा विकासको परिचायकको रुपमा पनि लिने गरिएको – नेपालका धेरै भाषाभाषीमध्ये धेरैको आफ्नै गन्ती प्रणाली छैन । नहुनेमा वाम्बुलेराई पनि एक हौं । – ‘क्वाल’ वा ‘क्वालो’ शब्दले एक वा एउटा जनाउंछ । क्वालसंग एक–दुईको अर्थमा क्वालसंग […]

Continue Reading

बोक्सीको आरोपमा यातना दिनेलाई हदैसम्मको कारवाही गर्ने, मिलापत्र गर्ने मेयरलाई कडा कारवाहीको माग

लिभु संवाददाता । कैलालीको घोडाघोडी नगरपालिका–५ मा राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको विषयमाथि तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारवाही गर्न सरकारले निर्देशन दिएको छ । कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा छानबिन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिएको हो । पीडित राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले […]

Continue Reading