निर्वाचन आयोगले सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने

काठमाडौँ।  निर्वाचन आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिन्ह प्रदान गर्दैछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई नाम फिर्ता […]

Continue Reading

प्रचण्ड भेट्न ओली खुमलटार पुगे, निर्णायक वार्ता जारी

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा ‘वान टु वान’ वार्ता जारी छ । प्रचण्ड निवास खुमलटारमा भएको वार्तामा पार्टी एकता र सरकार गठनको विषयमा कुराकानी भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयो । स्रोतका अनुसार माओवादी केन्द्रले सरकार गठनभन्दा पनि पार्टी एकतालाई नै मुख्य प्राथमिकता दिएको […]

Continue Reading

उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग, चिह्न प्रदान भोलि

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ । मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज साँझ ५ बजेसम्ममा सार्वजनिक गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रम अनुसार आज दिउँसो १ बजेदेखि भोलि दिउँसो २ बजेभित्र उम्मेदवारले मनोनयन फिर्ता लिने समय छुट्याइएको छ भने भोलि […]

Continue Reading

ओली-दाहालबीचको वार्ता सकियो, अझै जुटेन सहमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान टु वान’ वार्ता सकिएको छ । एमाले अध्यक्ष ओली दाहाललाई भेट्न उहाँको निवास खुमलटारमा बिहान पुग्नुभएको थियो । त्यहाँ दुई नेताहरुबीच ‘वान टु वान’ वार्ता भएको थियो । दुई नेताबीचको वार्ता केहीबेर अघि सकिएकाले दुई दलीय कार्यदलको बैठक […]

Continue Reading

काँग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन नुवाकोटमा हुने

काठमाडौँ।  नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ७ र ८ गते नुवाकोटमा हुने भएको छ । काँग्र्रेस जिल्ला कोषाध्यक्षले यहाँ आज पत्रकार सम्मेलन गरी स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा गर्न लागेको जानकारी दिइएको हो । काँग्रेस जिल्ला कोषाध्यक्ष सम्मेलनका संयोजक एवं काँग्रेस काठमाडौँका कोषाध्यक्ष […]

Continue Reading

धनुषामा टाटा सुमो दुर्घटना, ६ जनाको मृत्यु

धनुषा । गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नम्बरको टाटासुमो आज बिहान २ः३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]

Continue Reading

मुग्लिन–नारायणगढ सडक बिहान १० देखि ४ बजेसम्म बन्द

चितवन । रातको समयमा सवारी साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्डको काममा प्रगति हुन नसकेपछि आजदेखि दिउँसोदेखि सवारीसाधन रोकेर काम सुरु गरिएो छ । रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एक महिना […]

Continue Reading

सरकारले जनहितमा काम गर्न नपाएको प्रधानमन्त्रीको गुनासो

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गरेका छन् । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा शनिबार गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको बताएका हुन् । आफूले जनहितमा कुनै निर्णय गर्न आँट्यो कि निर्वाचन आचारसंहिताले रोक्ने […]

Continue Reading

सरकार गठन भन्दा पहिला पार्टी एकता -अध्यक्ष प्रचण्ड

चितवन ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना छ भन्नुभयो । उहाँले भन्नुभयो–“मेरो कोशिस भन्नुहुन्छ भने त सरकार […]

Continue Reading

बागलुङमा देवेन्द्र पौडेलसहित दुई सांसदमाथि हातपात

बागलुङ।  बागलुङ जिल्ला क्षेत्र नम्बर २ का दुई सांसदमाथि हातपात भएको छ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश (ख) का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगरमाथि आफ्नै नेताबाट हातपात भएको हो । बिहीबार राति ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका सदस्य तुल्सीराम अर्यालले […]

Continue Reading