युएस बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा मृत्यु भएकामध्ये चारजना नेपालीको सनाखत

लिभु संवाददाता, काठमाडौं–  युएस बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा मृत्यु भएकामध्ये  चारजना नेपालीको सनाखत भएको छ । दुर्घटनास्थलबाट केएमसी अस्पतालमा उपचारका लागि लगिएका १५ जनामध्ये आठ जनाको मृत्यु भएको हो ।  जसमा सनाखत भएका नेपालीमध्ये सजना देवकोटा, प्रविण चित्रकार हरिशंकर पौडेल र रोकिकुल हसन रहेका छन् । बंगलादशको राजधानी ढाकाबाट काठमाडौ आएको उक्त विमान […]

Continue Reading

महांकाल सडक निर्माणमा ढिलाई

श्याम राई चावहिल २९ फागुन । महांकाल, पानीट्याङकी सडक निर्मानको काम ढिलाई भएको छ । वषौँ विति सक्दा पनि अझै त्यहाँको रोड बन्न सकिरहेको छैन । चावहिल चोक हुदै पासाङ ल्हामुको शालिक चुच्चे पाटि देखि छुटिएर महांकाल, रामहिटी, तिनचुल्ली आरुबारी हुदै मेडिकल कलेज निस्किने रोड हो । अरु ठाउमा पिच भैसके पनि महांकाल स्थित ५० […]

Continue Reading

उपराष्ट्रपति निर्वाचनको मिति घोषणा

लिभु संवाददाता काठमाण्डौ । उपराष्ट्रपतिको निर्वाचन २०७४ साल चैत्र ९ गते हुने गरी निर्वाचन आयोगले मिति तय गरेको छ । बुधबार माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवज्यूको अध्यक्षता बसेको आयोगको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको […]

Continue Reading

मगर पहिचानका निम्ति ‘एक घर एक मगर, एक रुपैयाँ’

लिभु संवाददाता काठमाडौं– नेपाल मगर संघले मगर पहिचानको निम्ति ‘एक घर एक मगर, एक रुपैयाँ’ अभियानको घोषणा गरेको छ । संघले काठमाडौंमा बिहीबार सम्पन्न तीन दिने ‘२६औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन’ पछि शुक्रबार पत्रकार सम्मेलन गरी २३ बँुदे ‘काठमाडौं घोषणापत्र–२०७४’ जारी गर्दै मगरात प्रदेशको माग हो । उसले संविधान संशोधन हुनुपर्नेसमेत भनेको छ । […]

Continue Reading

बजेट बारे प्रदेश सरकार अलमलमा 

विराटनगर २२ फागुन,  । प्रदेश १ को सरकार चैत १५ भित्रै बजेट ल्याउने तयारीमा रहे पनि  प्रक्रिया र बजेटको आकारबारे अलमलमा छ । प्रदेश सरकारलाई बजेट निर्माणका लागि आवश्यक पर्ने आर्थिक ऐन बन्न सकेको छैन भने आम्दानी र खर्चको लेखाजोखासमेत छैन तर मन्त्रिपरिषद बैठकले यसै आर्थिक वर्षमा नियमति बजेट ल्याउने निर्णय गरिसकेको छ । मुख्यमन्त्री […]

Continue Reading

३१ भाषाका ३५ कविता वाचन

लिभु संवाददाता काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले १९औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आयोजना गरेको ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७४’ मा ३१ भाषाका ३५ कविता वाचन गरिएको छ । प्रसिद्ध भाषाशास्त्री प्राध्यापक डा. नोवलकिशोर राई प्रमुख अतिथि रहनु भएको महोत्सवको सभाध्यक्षता प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले गर्नु भएको थियो । प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित महोत्सवमा कविता वाचन […]

Continue Reading

मेरो हरेक पाइला विकासको बाटोमा ः प्रम ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने बताउनुभएको छ । आज काठमाडौंको दहचोकमा पर्यटन उत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हर तरहले जनतालाई यो उपलब्धीको अनुभुती गराउन प्रयत्नशिल रहने बताउनुभएको छ । ‘मेरो हरेक पाइला विकासका लागि र विकासको बाटोमा हुनेछ’ […]

Continue Reading

नेपाल आदिवासी जनजाति, तीन महिला पत्रकार पुरस्कृत

लिभु संवाददाता काठमाण्डौ, १३ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाण्डौ जिल्ला शाखाले सूचनाको हक र महिला पत्रकारको सुनिश्चिता नाराका साथ तीन आदिवासी जनजाति महिला पत्रकारलाई पुरस्कृत गरेको छ । शनिवार अनामनगर स्थित तमू बौद्व सेवा समितिको हलमा १०८ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा दैनिक पत्रिकाका लोगसरी […]

Continue Reading

मगर संघले भन्यो, प्रदेश ४, ५ र ६ को नाममा मगरात पहिचान दिईयोस् फागुन १५ देखि २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन काठमाडौंमा हुने

लिभु संवाददाता काठमाडौं, १३ फागुन । नेपाल मगर संघले प्रदेश नं. ४, ५ र ६ प्रदेशलाई मगरातको पहिचान दिएर नामाकरण गर्न माग गरेको छ । फागुन १५ गतेदेखि सुरुहुने २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलनको बारेमा जानकारी दिन आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले तीनवटा प्रदेशलाई मगरात पहिचानसहित नामाकरण गर्नुपर्ने […]

Continue Reading

स्वागतद्वार ओखलढुंगामा, च्यारिटी डिनर युकेमा

लन्डन । कटारी–ओखलढुंगा सिद्धिचरण मार्ग सुनकोशी हर्कपुर पुल अर्थात् मध्यपहाडी लोकमार्गको घुर्मी खण्ड हर्कपुर पुल तरेर ओखलढुंगा प्रवेश गर्दैगर्दाको स्वागतद्वार युकेमा रहेका ओखलढुंगेहरूले बनाउन कम्मर कस्दैछन् । त्यसका निम्ति च्यारिटी डिनर आयोजना भएको छ । त्यही सेरोफेरोमा यो संस्मरणात्मक आलेख तयार गरिएको छ । सन् २०१८ फेब्रुअरी १७ तारिख तदअनुसार २०७४ साल फागुन ५ गते […]

Continue Reading