वाम सरकारले ल्यायो– १३ खर्ब १५ अर्बको बजेट

लिभु संवाददाता काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्नुभएको हो । सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उठाउने लक्ष्य […]

Continue Reading

विश्व वातावरण दिवस – प्रधानमन्त्री ओलीद्वारा ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको बिरुवा अभियान सुरु गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबार हातामा लिची र एभोकाडोको बिरुवा रोपेर प्रधानमन्त्री ओलीले यो अभियानको सुरुवात गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आज देशैभरी १ लाखभन्दा बढी फलफूलका बिरुवा रोपिने जानकारी दिनुभयो । “सबैले फलफूलका बिरुवा रोप्ने अभियान […]

Continue Reading

शुभलाभ सहकारीले गर्यो वृक्षरोपण

लिभु संवाददाता ललितपुर– विश्व वातावरण दिवसका अवसरमा शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाले वृक्षरोपण गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । ‘ललितपुर महानगरको चाहना, हरियाली सहरको अवधारणा’ नारासहित वृक्षरोपण अभियान सुरु भएको छ । शुभलाभ सहकारी, युएनडीपी र कारितास नेपालको संयुक्त पहलमा महानगरपालिका वडा नं.१७ को सातदोबाटोदेखि पूर्वतर्फ ‘गोदावरी […]

Continue Reading

पूर्व प्रधानमन्त्रीहरुसँग छलफल

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्नुभएको छ । मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यवस्थितगर्ने भन्ने बारेमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नु पर्ने प्रस्ताव गर्नु भएको सचिवालयले विज्ञप्तिमा जनाएको छ […]

Continue Reading

प्रधानमन्त्री ओली चाँडै चीन भ्रमणमा जाने

लिभु संवाददाता काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमण गर्ने संसदलाई जानकारी दिनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मोदीको भ्रमणका विषयमा आइतबार संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले उक्त जानकारी गराउनु भएको हो । प्रधानन्त्री मोदीको भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभएको छ । भारतले नेपालको सहयोगका […]

Continue Reading

प्रम ओलीद्वारा साँसद लामछिानेको स्वास्थ्यलाभको कामना

लिभु संवाददाता काठमाडौं,बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रदेशसभा साँसद हरीशरण लामिछानेको स्वास्थ्यलाभको कामना गर्नु भएको छ । भक्तपुर क्षेत्र २ प्रदेश ख का सांसद लामिछाने राजधानीको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचाररत हुनुहुन्छ । हिजो दिउसो एक्कासी लामिछानेको रक्तचाप बढेपछि अस्पताल भर्ना गरिएको थियो । लामिछानेलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री […]

Continue Reading

फिचर – ओखलढुंगामा २ सय ३ मानिस हराए, एक सय ३९ महिला

एसबी जेरो ओखलढुंगा– ओखलढुंगाबाट तीन वर्षको अवधिमा दुई सय तीन मानिस हराएका छन् । आर्थिक वर्ष २०७२÷२०७३ देखी चालु आर्थिक वर्ष २०७४÷२०७५ सम्मको तथ्यांकको आधारमा दुई सय तीन मानिस हराएका हुन् । तीन वर्षमा जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा बेपत्ता तथा हराएको आफन्त खोजी दिन भनी दुई सय तीन निवेदन परेका छन् । महिलाको संख्या बढी […]

Continue Reading

संस्कृतिविद् दिवस र पत्रकार राईलाई युगकवि सिद्धिचरण पुरस्कार

लिभु संवाददाता काठमाडौं– संस्कृतिविद् एवं कवि तुलसी दिवसलाई ‘युगकवि सिद्धिचरण पुरस्कार–२०७५’ प्रदान गरिएको छ । दिवसलाई ताम्रपत्रसहित एक लाख रुपैयाँ नगद राशि प्रदान गरिएको छ । त्यसैगरी पत्रकार गणेश वाम्बुले राईलाई ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले युगकवि सिद्धिचरण श्रेष्ठको […]

Continue Reading

बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने

लिभु संवाददाता सिन्धुली, २ वैशाख । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिनुभयो । उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको […]

Continue Reading

गायक मोडल, सुरेन्द्र अमात्यको ‘डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर’ बोलको गीत सार्वजनिक

– रीदेन महर्जन काठमाडौं ३ वैशाख । नयाँ बर्षको आगमनसँगै गायक मोडल, सुरेन्द्र अमात्यको ‘डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर’ राष्ट्रिय एकताको सन्देश दिएको गीत हालै बजारमा आएको छ । काठमाडौंका धर्तिपुत्र गायक अमात्यले नेपाली जातजातिहरु बीच जातिय द्धन्द्ध, बैमनश्यता हटाई राष्ट्रलाई एक सुक्रमा बाढ्न, भाइचार, सद्भाव, कायम गर्नको लागि गीत गाउनु भएको जानकारी […]

Continue Reading