बुङ्वाखा पत्रिकाका सम्पादक राईलाई पितृशोक

समाचार

लिभु संवाददाता
काठमाडौं– बान्तावा राई भाषाको पत्रिका ‘बुङ्वाखा’ मासिकका सम्पादक पदम राईका पिता दलबीर राई (बान्तावा वालाहाङ)को ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको २०७७ वैशाख २९ गते सोमबार भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. २ रानिबास बाकबुकस्थित घरमा निधन भएको हो । १९९१ सालमा जन्मनु भएका स्वर्गीय राई लामा समयदेखि क्यान्सरबाट पिडित हुनुहुन्थ्यो ।

सम्झना : दलबीर राई ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गर्दै गर्दा २०७६ पुस १२ गते पदम राई र गणेश राई ।

स्वर्गीय राईको ४ भाइ छोरा र २ बैनी छोरी हुनुहुन्छ । श्रीमती बीरमाया राईको भने २० वर्षअघि निधन भइसकेको छ । सम्पादक पदम काइलो छोरा हुन् । उहाँको हतुवागढीस्थित गाउँमै मुन्धुम परम्पराअनुसार सोमबार नै संस्कार गरिने सम्पादक राईले जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.