प्रधानमन्त्री ओलीद्वारा भाइटीका ग्रहण

समाचार

रासस
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका ग्रहण गर्नुभयो। टीका लगाइदिएपछि उहाँहरुले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभएको थियो । साथै उहाँहरुले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभएको थियो । प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा उपहार पनि प्रदान गर्नुभयो ।

तस्बिर – प्रधानमन्त्रीको निजी सचिवालय

Leave a Reply

Your email address will not be published.