देउरालीलाई पाती किन चढाइन्छ ?

विचार / ब्लग

केही पुराना सुदूर यादहरू र मेरो जिज्ञासा

मान राई

पाखा पखेरा अनि डाँडा चढ्दै गर्दा भन्ज्याङ पुगिन्थ्यो । भन्ज्याङ पुगेपछि एउटा सानो ढुंगा या हरियो पात (पाती) टिपेर चढाइन्थ्यो ।
बलौटेबाट कस्सिएर हिंडेपछि चौकी डाँडामा बिसाउने लक्ष्य रहन्थ्यो । अगाडि हे¥यो मधेस देखिएला जस्तो । पछाडि फर्किदा सेतो हिमाल अनि त्यस मुनि कता–कता ‘लिब्जु’ थुम्का अनि ‘वामद्याल’ देखिएला जस्तो ।

उदयपुरको महाभारत पर्वत श्रृंखलाबाट उत्तरतर्फ देखिन दुधकोसी, सुनकोसीभन्दा धेरै माथि लिब्जु पर्वत र त्यो भन्दा धेरै धेरै माथि चोमोलुङ्मा (सगरमाथा) दृश्य सन् २००८ अक्टोबर १९ तारिखका दिन ‘लिब्जु–भुम्जु’ त्रैमासिकका सम्पादक गणेश वाम्बुले राईद्वारा खिचिएको हो ।

चौकी डाडाँको भन्ज्याङमा बसेपछि जोकोही एकचोटी मनको दुःख नबिसाउने कमै हुन्थ्यो होला । ‘कठैबरी जिन्दगीमा उकाली ओरालीले नछोड्ने भो’ भन्दै । अनि पात टिपेर गीतको कोलाज लय हालेर बजाइन्थ्यो ।

अँ, यो भन्ज्याङ पुगेपछि एउटा सानो ढुंगा या हरियो पात टिपेर चढाउने किन गरिन्छ ?

कसका लागि ?

अनि त्यसो नगरे के हुन्छ ?

लुन, यो सम्बन्धी केही जानकारी गराइ पाऊँ । लेख लेखौं । बिर्सिएला ।

 

तपाईहरूको पनि अवश्य केही महत्वपूर्ण सुदूर यादहरू छन् ।

छ्यास्सै लेखी पठाउनोस् ।

mankiratee@hotmail.com

यो सुदूर सम्झना वर्तमान संघीय नेपाल प्रदेश नं.१ सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुलीलगायतको सामाजिक परम्परा तथा करिब चार दशक अघिको जनजीवनको संस्मरण उजागर गर्न प्रस्तुत गरिएको हो ।

आवरण फोटो स्रोत गुगलबाट

Leave a Reply

Your email address will not be published.