संमृद्धिको खाका ः आहा ! ब्ओकुला

विचार / ब्लग
वि.सौगात

खेलकुद ः
खेलकुद पहिचान हो । विकास आधार हो । पयर्टनको माध्यम हो । खेलकुद खेल मात्र नभएर एउटा जीवन पनि हो । खेलकुदले खेलसंग मात्र नभइ यससंग जोडिएका थुप्रै विषयहरु छन् । यसको माध्यमबाट गर्न सकिने धेरै सम्भावनाहरु छन् । त्यही सम्भावनाहरुको खोजी हो आहा ! ब्ओकुला ।

ब्ओकुला ः
ओखलढुंगा जिल्लाको दक्षिणी भेग साविक उँबु गा.वि.स.को रिनुवालमा अवस्थित सुन्दर ठाउँ हो ब्ओकुला । कोल्बोटे ग्ल्वाजु सामुदायिक वनसंग जोडिएर रहेको यस स्थानमा उहिले एउटा सुन्दर पोखरी थियो । दर्जन भन्दा बढी बरपिपलले ढाकिएको यस ठाउँमा गाउँभरीका गाइभैसीलाई पानी ख्वाउने साझा पोखरी थियो । समय वित्दै जाँदा मुहान विहिन पोखरीको पानीको सतह घट्दै–घट्दै एक छेउमा सीमित रहन गयो पोखरी । अर्कोतिर उतिबेलाका यूवाहरुमा खेलकुद चेतनाको विकाससंगै २०४९÷५० साल तिर यस खाल्डोमा भकुण्डो उफार्ने कामको शुरुवात भयो । समयक्रम, आधुनिक चेतनाको विकास र प्राकृतिक वनावटको कारण पोखरीको एउटा अवशेश फूटबल मैदानमा परिणत हुने निश्चित प्रायः भयो ।

ब्ओकुला

ब्ओकुला मैदानको विकास क्रम ः
२०५३÷५४ सालमा स्थानीय यूवाहरुको सक्रियता र नेतृत्वमा रिनुवाल तारकोममा घरदैलो सांस्कृतिक कार्यक्रम गरी भएको चन्दा संकलनबाट ब्ओकुलाले एउटा सम्भावनायूक्त मैदानको रुप लियो । त्यस बखत कहिल्यै फूटबल नखेलेका र भविष्यमा पनि कहिल्यै फूटबल नखेल्ने गाउँलेहरुले पनि दिलोज्यान दिएर डोको भरी माटो ओसारे । प्रत्येक घरबाट प्रत्येक दिन १ जना अनिवार्य उपस्थित हुनुपर्ने अभियानले धेरैको पसिना बगायो तर मैदानलाई पूर्ण आकारमा बदल्न सकिएन । जुन उद्देश्यका साथ यो कार्य प्रारम्भ अधुरो अवस्थामा थियो, त्यही सपनालाई साकार पार्नको निम्ति पुःन एक पटक यहाँका यूवाहरु ब्ओकुला विकास तथा विस्तार अभियानमा होमिएका हुन् ।

सँधै आहा ! ब्ओकुला ः
उहिले हरियाली जंगलभित्र बरपिपलको छायामूनी सुन्दर पोखरी, आहा ! ब्ओकुला । गाउँभरीको गाइबस्तु पानी खुवाउन ब्ओकुला पु¥याउँदा देखिन्थ्यो उस्तै आहा ! गाउँका मानिसहरु बनभोजका लागि पुग्दा पनि आहा ! त्यसपश्चात खेलकुद मैदान बनाई फूटबल प्रतियोगिताभरी वरिपरी दर्शक आहा ! ब्ओकुला । राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको प्रमूख आतित्थ्यमा सम्पन्न वाम्बुले भाषाको कविता गोष्ठीमा भरिभराउ मान्छेहरु हेर्दा झनै लाग्थ्यो आहा ! हरेक बर्षको दशैं तिहारमा स्थानीय यूवाहरुले बनाएका रोटेपिङ, लिङ्गे पिङ र जाँते पिङ्ले सजिदाको सुन्दर ब्ओकुला । उ बेलाको प्रत्येक क्षण क्यामेरामा कैद गर्न सकिएको भए आज ती विभिन्न कालखण्डमा तस्वीरहरु संगै राखेर तुलनात्मक विश्लेषण गर्न कम्तीको मजा हुने थिएन । अबको अभियानबाट बन्ने मैदान हेर्दा झनै लाग्नेछ । आहा ! ब्ओकुला । यस पश्चातको क्षण त्यहाँ पुग्ने जो कोहीको क्यामराको लेन्स एकपटक खुल्ने विश्वास अध्यधिक छ ।

ब्ओकुला अभियानको प्रारम्भ ः
आफ्नो गाउँ आफैले बनाउने हो । यसका लागि यूवाहरु उठ्नु÷जुट्नु पर्छ । हरेक व्यक्तिका व्यक्तिगत अड्चनहरु रहन्छन् । त्यो भन्दा माथि उठेर मात्र समाज र राष्ट्रको लागि योगदान गर्न सकिन्छ । हामी रिनुवालेहरुलाई पनि रिनुवाललाई सुन्दर र विकसित बनाउने सपनाले जहिल्यै चिमोटिरह्यो । त्यसैको एउटा स्वरुप हो ब्ओकुलालाई विकास तथा विस्तार गर्ने अभियान । समाज परिवर्तन र समाज विकास सजिलो कुरा होइन तर अनिवार्य कुरा हुन् । जसको सामु अन्य कुनै सर्त र स्वार्थ गौण रहन्छन् ।

लक्ष्य ः
हाल मैदानको लम्बाइ १०० मीटर भन्दा बढी र चौडाइ सरदर ३५ मीटर रहेको ब्ओकुलालाई २०७५ भित्र पहिलो चरणको निमार्ण कार्य सम्पन्न गर्नका लागि निम्न योजनाहरु अगाडी सारिएको छ ।
मैदानको लम्बाइ ः कम्तीमा १०० मीटर
मैदानको चौडाइ ः कम्तीमा ५० मीटर
अनिमानित बजेट ः कम्तीमा रु.२० लाख ।
बजेटको स्रोत ः वडा कार्यालय, गाउँपालिकाको कार्यालयमा बजेटको माग, अन्य निकायहरुमा सहयोगको अपिल र देश तथा विदेशका व्यक्ति व्यक्तित्वहरुबाट चन्दा संकलन अभियान ।

आम मानिसहरु समाजमा भएका सकारात्मक कदमहरुमा सकेसम्म धेरै सहयोग गर्न चाहन्छन् र सहयोगी हातहरुलाई अभियानकर्ताहरुले पनि सक्दो सम्मान गर्ने मन हुँदो रहेछ । तर विवश ती कुराहरुमा पनि निश्चित सीमाहरु रहन्छन् । त्यसको परिधीभित्र रहेर अघि बढ्न सकिएन भने अभियानले खासै गहन अर्थ नराख्न सक्छ । त्यसैले बजेट संकलनको क्रममा चन्दादाताहरुको सम्मानका लागि तपशील बमोजिमको योजनाहरु प्रस्तुत गरेका छौं ।

१) रु.१०० देखि रु.४९९ सम्म खादाले सम्मान गर्ने ।
२) रु.५०० देखि रु.४९९९ सम्म प्रमाणपत्र र खादाले सम्मान गर्ने ।
३) रु.५००० देखि रु.१०००० सम्म शिलालेखमा नाम उल्लेख गर्ने र प्रमाण पत्र प्रदान गर्ने ।
४) रु.१०००१ देखि रु.२५००० सम्म शिलालेखमा नाम+प्रमाण पत्र+मायाको चिनो ।
५) रु.२५००१ देखि रु.५०००० सम्म शिलालेखमा नाम+ताम्रापत्रमा लिखित प्रमाण पत्र+मायाको चिनो ।
६) रु.५०००१ देखि रु.३००००० सम्म शिलालेखमा नाम+ताम्रापत्रमा लिखित प्रमाण पत्र+चाँदीको भकुण्डो मायाको चिनो
७) रु.३००००१ भन्दा माथि शिलालेखमा नाम+ताम्रापत्रमा लिखित प्रमाण पत्र+चाँदीको ट्रफी मायाको चिनो ।
नोटः ब्ओकुला स्मारक बनाएर त्यस स्मारकमा शिलालेख राखिनेछ ।

संयोजन समिति ः
ब्ओकुला विकास तथा विस्तारको विषयमा चासो राख्ने र आत्मैदेखि सहयोग गर्न चाहाने मनहरु धेरै छन् । ती सवै मनहरुको प्रतिनिधित्व गर्दै हाललाई यस अभियानको संयोजकको रुपमा दर्वराज राई, सचिव विकास सौगात र कोषाध्यक्ष विष्णु कुमार राई लगायत ९ जना सदस्यहरु रहेका छन् भने सल्लाहकारमा भिमल राई(हाल युके), जीवन हाताचो राई, मेडल राई लगायत रहेका छन् । यसैगरी देश तथा विदेशका विभिन्न स्थानहरुमा क्षेत्रगत प्रतिनिधी तोकी आर्थिक संकलनलाई प्रभावकारी बनाउने हरप्रयत्न भएको छ । त्यसैगरी ब्ओकुलामा स्थलगत कार्य सम्पादन गर्नको लागि निर्माण उपसमिति श्री चतुरलाल राईको नेतृत्वमा गठन गरिएको छ ।

खेलकुद पर्यटन ः
खेलकुद पर्यटन, हाम्रो भभियान,
भन्ने नाराका साथ शुरु गरिएको यस अभियानमा मुख्य उद्देश्य खेलकुदको विकास नै हो । साथै मैदानसंग जोडिएर रहेको रमणीय सामुदायिक वन प्वान्ढ्पमा पिकनिक स्पट लगायत खेलकुदहवको रुपमा विकास गर्ने, अ्वान्वाङ्कु मन्दिर, ध्याप्ती महादेव मन्दिर लगायतका स्थानहरुको प्रवद्र्धन र विकासको लागि खेलकुदलाई माध्यम बनाउने यहाँको आवश्यकता र उद्देश्य हो । विश्वका धेरै राष्ट्रहरु खेलकुदको माध्यमबाट परिचित छन् । आर्थिक विकास र पर्यटनको आधार पनि यसैलाई बनाउन सकेका छन् । नेपाल जस्तो अतिकम विकसित राष्ट्रले पनि खेलकुदलाई नाम र समृद्धिको हतियार बनाउन नसक्ने मत हुनसक्दैन । त्यसैको परिक्षा र प्रतीक्षाको घडिमा ब्ओकुला रहेको छ ।

ब्ओकुलाको अधिकतम उपभोग, हाम्रो जोडः
ब्ओकुला प्राकृतिक सुन्दरताको एक उपमा हो । प्राकृतिको सुन्दर वनावटलाई यथावत राखि व्यवस्थित र विकसित मैदान बनाउने योजना हो । जो कसैको मन मोहित पार्न सक्ने ब्ओकुलाको भावी आकर्षण थप गर्नका लागि पर्यवरणको उचित संरक्षणसंगै वर्तमान मानव आवश्यकतालाई प्रत्यक्ष सरोकार राख्ने विषयहरुको आवश्यक विकास गरिनेछ । अन्य खेलहरु थप गर्दै लगिनेछ । व्यवस्थित मोटर पार्किङको निर्माण गरिनेछ । विभिन्न प्रसंग र विर्मशहरुमा ब्ओकुलालाई अधिकतम उपयोग गर्ने सवैको नै साझा चाहाना हो । यो साझा एजेण्डा बोकेको परियोजना सफलतापूर्वक सम्पन्न गर्ने जिम्मेवारी आएकोछ ।

आर्थिक संकलनको मुलबाटो ः
आजको यूगमा सवैसामु छिटो पुग्न सकिने माध्यम नै सञ्चार र सञ्जालहरु हुन् । त्यही माध्यमहरुको भरपुर उपयोग गर्दै अभियान गर्ने, आवश्यक सुचनाहरु सम्प्रेसण गर्ने तथा विचार विर्मशहरु निरञ्तर भैरहेका छन् । यी माध्यमहरुबाट प्रचार प्रसारमा उल्लेख्य टेवा पुग्ने भएपनि खेलकुद निश्चित पार्टी, विचार, भुगोल, जाती, भाषा र सामुदाय भन्दा माथि हुने भएकोले ब्ओकुला विकास लक्ष्य प्राप्त गर्नको निम्ति आर्थिक तथा भौतिक पूर्वाधारहरुको निर्माण सहयोगका लागि विभिन्न सम्वन्धित निकायहरु साथै अन्य क्षेत्रहरुको ढोका ढकढकाउन आवश्यक पहलहरु हुनेछन् । सहयोगका लागि अघि बढ्ने सबै जाती, भाषा, धर्म, क्षेत्र, लिंगका सहयोगी हातहरुलाई ससम्मान स्वागत हुने कुरामा यो अभियान सँधै प्रतिवद्ध रहनेछ ।

फरक विचारहरुको सम्मान ः
ब्ओकुला कुनै समय पोखरी थियो भन्ने कुरामा कुनै विवाद रहेन । समयको विकास क्रमसंगसंगै यूवाहरुको अभियानले पोखरीको अवशेशलाई मैदानमा परिणत गर्ने जमर्को गरे । यस अभियान सन्दर्भमा कतिपय फरक विचारहरु आए । ती स्वाभाविक हुन् । ती सम्पूर्ण विचारहरुको सम्मान गर्दै वर्तमान समयमा पानीको मुहान, लगानी, जनआस्था लगायत विविध कारणले सोही स्थानमा पोखरी पुर्नस्थापना गर्न सहज परिस्थिती नभएको निवेदन गर्दै यसको सम्बोधन र विकल्पहरुको खोजी निरञ्तर रहनेछ र रहनुपर्छ । हाम्रो साझा उद्देश्य भनेको जुन बाटोबाट गए पनि आहा ! ब्ओकुला सम्म पुग्ने हो । त्यसैले हामी यूवाहरु राष्ट्रियस्तरको फूटबल खेल मैदान बनाउने अभियानको प्रारम्भ विन्दुमा छौं । यस अभियानमा तपाइ तमाम व्यक्ति व्यक्तित्वहरले सफा दिलले सल्लाह, सल्लाह र आर्थिक सहयोग गरिदिनु हुने कुरामा पूर्ण विश्वास लिएका छौं । आजको सानो प्रयासले भोली ठूला अवसरहरुको सृजना हुन सक्ने विश्वासले अघि बढेका छौं । ब्ओकुला विकास तथा विस्तार अभियानलाई सदैव तपाइहरुको साथ र सहयोगको खाँचो छ, रहनेछ ।

निर्माण सम्पन्न पश्चातको लक्ष्य ः
लक्ष्यको एउटा निश्चित विन्दु रहेता पनि कालन्तरमा थप योजनाहरु बनिरहनु स्वाभाविक प्रकृया हो । ब्ओकुला मैदानको विकास तथा विस्तारका पनि थुप्रै तहका लक्ष्यहरु छन् । ती क्रमशः प्राप्त गर्न सकिने कुरामा हामी दृढ छौं । अहिलेको पहिलो लक्ष्य भनेको नेपालको पहाडी क्षेत्रमा एउटा नमूना खेल मैदान निर्माण गरी खेलकुदको सगम्र विकास गर्नु हो । दोस्रो लक्ष्य खेलकुदको माध्यमबाट यस क्षेत्रमा पर्यटनको विकास । तेस्रो लक्ष्य खेलकुदसंग जोडेर यहाँको व्यावसायिक तथा आर्थिक विकासको गोरेटो तय गर्नु हो । नेपालको राज्य पूर्नसंरचना पश्चात गाउँपालिकाको एउटै वडामा कायम भएको उँबु(वाम्ड्याल) क्षेत्रलाई नै चिनाउने सुचकको रुपमा विकसित गर्नु यसको चौथो लक्ष्य हो भने पाँचौ लक्ष्य भनेको आहा ! ब्ओकुला नै हो ।

Leave a Reply

Your email address will not be published.