इलाम नपुगे जीवन निरर्थ हुन्छ – नेम्बाङ

प्रदेश प्रदेश १

लिभु संवाददाता
काठमाडौं । एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्बाङले देशका कुनै पनि नागरिक पूर्वी पहाड इलाम नपुगे जीवन निरर्थ हुने बताउनु भएको छ ।‘अहिलेसम्म इलाम नपुगेका साथीहरूलाई यदि इलाम पुग्नुभएको छैन भने तपाईंको जीवन निरर्थक हुन्छ भन्छु,’ नेम्बाङले भन्नुभयो, ‘केही साथीहरू इलाम पुगेर फर्किएपछि साँच्चै सुन्दर ठाउँ रहेछ भन्दा मलाई निकै गौरव लाग्छ ।’

राजधानी काठमाडौंमा आइतबार इलाम समाज हङकङले प्रकाशन गरेको क्यालेन्डर–२०७५ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै नेता नेम्बाङले यस्तो बताउनु भएको हो । यो क्यालेन्डरले इलामका थुप्रै सुन्दर र केही ओझेल परेका स्थानलाई समेट्दै देशबाहिर पनि जिल्लाको प्रवद्र्धन गरेकोमा समाजको प्रशंसा गर्नुभएको थियो । इलामको पर्यटकीय सम्भावनाको महत्वलाई विश्वसामु चिनाउनु पर्ने र समृद्ध राज्य निर्माणका लागि पर्यटन एउटा आधार भएकाले ओझेलमा परेका क्षेत्रको उजागर गर्नुपर्ने नेम्बाङको भनाइ थियो ।

राष्ट्रियसभा सदस्य अगम बान्तवाले इलामलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन इलाम समाजले योगदान पु¥याएको उल्लेख गर्दै इलाम साँच्चै प्राकृतिक रूपमा सुन्दर र जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ भएको बताउनु भयो । इलामलाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न क्षेत्रहरूको चर्चासमेत गनुएभयो ।

इलाममा रहेकालाई विपत्ति पर्दा हङकङमा बसेका नेपालीलाई दुख्ने भएकाले प्राकृतिक प्रकोपका बेला समाजले सहयोग गर्दै आएको संस्थाका सल्लाहकार गणेश पराजुलीले उल्लेख गर्नुभयो । उहाँले विश्वभर छरिएर रहेका सम्पूर्ण इलामेको साझा छाता संगठन निर्माण गर्ने सोचाइमा रहेको बताउनु भयो ।
कार्यक्रममा इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकाली, काठमाडौंका जिसस अधिकारी गोपाल अधिकारीलगायतले इलामको विशेषता र महत्वबारे उल्लेख गर्दै समाजले इलाम चिनाउन योगदान दिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published.