विमान दुर्घटना ४९ को मृत्यु, २२ घाइते

लिभु संवाददाता काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बंगला विमान दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको छ । बाँकी २२ जना घाइते भएका छन् । विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए । जसमा ३७ पुरुष, दुई बच्चा र बाँकी महिला रहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । त्यसमध्ये […]

Continue Reading

महांकाल सडक निर्माणमा ढिलाई

श्याम राई चावहिल २९ फागुन । महांकाल, पानीट्याङकी सडक निर्मानको काम ढिलाई भएको छ । वषौँ विति सक्दा पनि अझै त्यहाँको रोड बन्न सकिरहेको छैन । चावहिल चोक हुदै पासाङ ल्हामुको शालिक चुच्चे पाटि देखि छुटिएर महांकाल, रामहिटी, तिनचुल्ली आरुबारी हुदै मेडिकल कलेज निस्किने रोड हो । अरु ठाउमा पिच भैसके पनि महांकाल स्थित ५० […]

Continue Reading

प्रकाशित भयो, ‘लिब्जु–भुम्जु’ ७२ अंक

लिभु संवाददाता काठमाडौं– लिब्जु–भुम्जु त्रैमासिक पत्रिकाको ७२औं अंक प्रकाशनमा आएको छ । २०५० सालदेखि छापिदैआएको किरात राई भाषाहरुमध्ये जेठो पत्रिका हो । यो पत्रिका वर्ष २४ तथा २०७४ सालभित्र प्रकाशित चौथो अंक हो । यो पत्रिकाको विषय सूचिअनुसार सम्पादकीय ‘मातृभाषाका निम्ति नयाँ पाइला’ शीर्षकमा रहेको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २०औं स्थापना […]

Continue Reading

उपराष्ट्रपति निर्वाचनको मिति घोषणा

लिभु संवाददाता काठमाण्डौ । उपराष्ट्रपतिको निर्वाचन २०७४ साल चैत्र ९ गते हुने गरी निर्वाचन आयोगले मिति तय गरेको छ । बुधबार माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवज्यूको अध्यक्षता बसेको आयोगको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको […]

Continue Reading

मगर संघले भन्यो, प्रदेश ४, ५ र ६ को नाममा मगरात पहिचान दिईयोस् फागुन १५ देखि २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन काठमाडौंमा हुने

लिभु संवाददाता काठमाडौं, १३ फागुन । नेपाल मगर संघले प्रदेश नं. ४, ५ र ६ प्रदेशलाई मगरातको पहिचान दिएर नामाकरण गर्न माग गरेको छ । फागुन १५ गतेदेखि सुरुहुने २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलनको बारेमा जानकारी दिन आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले तीनवटा प्रदेशलाई मगरात पहिचानसहित नामाकरण गर्नुपर्ने […]

Continue Reading

सम्झनामा क्रान्तिनायक रामप्रसाद राई

गणेश वाम्बुले राई काठमाडौं– फागुन १८ गते क्रान्ति नायक रामप्रसाद राईको जन्म जयन्ती हो । उनी २००८ सालको ‘सिंहदरबार विद्रोह’का नायक थिए । दिल्ली सम्झौताप्रति असन्तुष्ट भएपछि विद्रोह थियो त्यो । विद्रोहपछि रामप्रसाद राई राज्यबाट षडयन्त्र गरी मारिए अर्थात् बेपत्ता पारिए । नत्र राज्यबाट औपचारिक रुपमा खोजि निधो हुनुपथ्र्यो तर भएन । उनी मुक्ति योद्धा […]

Continue Reading

चार युवालाई मातृभाषा सेवा पुरस्कार

लिभु संवाददाता काठमाडौं– यो वर्षको ‘मातृभाषा सेवा पुरस्कार’ चार जना मातृभाषी युवा स्रष्टालाई प्रदान गरिएको छ । १९औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुनेमा भोजपुरका बान्तावा भाषाका कवि निराजन राई ‘बतास’, नवलपरासीका मगर भाषाकी कवि हेमा आलेमगर ‘बोगी’, खोटाङका चाम्लिङ भाषाका कवि तिलक चाम्लिङ […]

Continue Reading

प्रधानमन्त्री देउवाद्वारा राजीनामा

लिभु संवाददाता काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनु भएको छ । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पत्रकार सम्मेलन गरी देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो । उहाँले झन्डै पन्ध्र मिनेट लामो भाषणमा आफ्नो सरकारले गरेको कामहरूको बारेमा जानकारी गराउनु भएको थियो । प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको […]

Continue Reading

केपी ओली प्रधानमन्त्री नियुक्त

लिभु संवाददाता काठमाडौँ — संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ४१औं प्रधानमन्त्रीमा नेकपा–एमाले अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, २०७२ को धारा ७३ को उपधारा २ बमोजिम बिहीबार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । निर्वाचन आयोगले बुधबार अपराह्न राष्ट्रपति समक्ष निर्वाचनको परिणाम बुझाएपछि आजै एमाले र माओवादी केन्द्रका शीर्ष […]

Continue Reading

प्रधानमन्त्री ओलीको शपथसँगै तीन सदस्यीय मन्त्रिपरिषद्

लिभु संवाददाता काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिनु भएसँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न पद तथा गोपनियताको शपथ लिनु भएको हो । प्रधानमन्त्री ओलीले शपथ लिनु भएलगत्तै एमालेका लालबावु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापा मगरलाई महिला, […]

Continue Reading