उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग, चिह्न प्रदान भोलि

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ । मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज साँझ ५ बजेसम्ममा सार्वजनिक गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रम अनुसार आज दिउँसो १ बजेदेखि भोलि दिउँसो २ बजेभित्र उम्मेदवारले मनोनयन फिर्ता लिने समय छुट्याइएको छ भने भोलि […]

Continue Reading

ओली-दाहालबीचको वार्ता सकियो, अझै जुटेन सहमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान टु वान’ वार्ता सकिएको छ । एमाले अध्यक्ष ओली दाहाललाई भेट्न उहाँको निवास खुमलटारमा बिहान पुग्नुभएको थियो । त्यहाँ दुई नेताहरुबीच ‘वान टु वान’ वार्ता भएको थियो । दुई नेताबीचको वार्ता केहीबेर अघि सकिएकाले दुई दलीय कार्यदलको बैठक […]

Continue Reading

के-के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?

काठमाडौं । सामान्य रुपमा बुझ्दा सर्वसाधारण कुनै पनि कामको लागि प्रदेशको राजधानी धाइरहनुपर्ने देखिँदैन । प्रादेशिक राजधानीमा जनता दैनन्दिनका कामका लागि गइरहनुपर्दैन । संघीय ढाँचाअनुसार सिंहदरबार सात ठाउँमा सरेजस्तै हो यो । जसरी नागरिकता, राहदानीलगायत अत्यावश्यक सेवा सुविधाका लागि सिंहदरबार धाउनुपर्दैन, त्यसैगरी प्रादेशिक राजधानी पनि जानुपर्दैन । जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम […]

Continue Reading

निर्वाचन आयोगले सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने

काठमाडौँ।  निर्वाचन आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिन्ह प्रदान गर्दैछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई नाम फिर्ता […]

Continue Reading

बागलुङमा देवेन्द्र पौडेलसहित दुई सांसदमाथि हातपात

बागलुङ।  बागलुङ जिल्ला क्षेत्र नम्बर २ का दुई सांसदमाथि हातपात भएको छ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश (ख) का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगरमाथि आफ्नै नेताबाट हातपात भएको हो । बिहीबार राति ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका सदस्य तुल्सीराम अर्यालले […]

Continue Reading

नेपाली पर्वतारोहणकी अध्येता रहिनन्

काठमाडौं । नेपालका अग्ला हिमाल आरोहणहरूको ५० वर्षभन्दा धेरै समयदेखि अभिलेख राख्दै आएकी एकजना अध्येता एलिजाबेथ हलीको ९४ वर्षको उमेरमा काठमाण्डूस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । काठमाडौंको कपुरधारास्थित सिवेक अस्पतालले उनको निधन आज बिहान भएको पुष्टि गरेको हो । सन् १९६० यता लगभग सबैजसो समय उनी नेपाल बस्दै आएकी थिइन् । पत्रकारसमेत […]

Continue Reading

आचार संहिता उल्लघंन गरे उम्मेदवारी खारेजीसँगै एक लाख जरिवाना

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंन गरेमा राष्ट्रियसभा सदस्यको उम्मेदवारी खारेज गर्नुका साथै एक लाख रुपैयाँ जरिवाना तिराउने चेतावनी दिएको छ । आयोगले आजदेखि लागू भएको आचारंसहिता पालना गर्न सबै पक्षलाई आग्रह गर्दै उल्लंघन गरेमा सम्बन्धित पक्ष वा व्यक्तिलाई सजायको दायरामा ल्याउने चेतावनी दोहोराएको हो । यसअघिका निर्वाचनमा आचारसंहिता पूर्णरुपमा कार्यान्वयनमा गराउन असफल आयोगले यसपल्ट […]

Continue Reading

मत संकेत गर्ने तरिका सिकाउन कर्मचारीलाई निर्देशन

काठमाडौँ ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा मत बदर हुने अवस्था नआउने गरी राम्रोसँग मतदातालाई मत संकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । ललितपुरको गोदावरीमा आज आयोजित ‘राष्ट्रियसभा सदस्य निर्वाचनःमतदान र मतगणना’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उहाँले निर्वाचनमा एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला […]

Continue Reading

काँग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन नुवाकोटमा हुने

काठमाडौँ।  नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ७ र ८ गते नुवाकोटमा हुने भएको छ । काँग्र्रेस जिल्ला कोषाध्यक्षले यहाँ आज पत्रकार सम्मेलन गरी स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा गर्न लागेको जानकारी दिइएको हो । काँग्रेस जिल्ला कोषाध्यक्ष सम्मेलनका संयोजक एवं काँग्रेस काठमाडौँका कोषाध्यक्ष […]

Continue Reading

धनुषामा टाटा सुमो दुर्घटना, ६ जनाको मृत्यु

धनुषा । गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नम्बरको टाटासुमो आज बिहान २ः३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]

Continue Reading