कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गरिन्छ ः मुख्यमन्त्री शाही

लिभु संवाददाता भक्तपुर– प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताउनु भएको छ । भक्तपुरस्थित रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ६ नं प्रदेश गरिबी र आर्थिक अभावका बिच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रुपमा विकास गरी भ्रष्टाचार मुक्त तुल्याउने बताउनुभयो […]

Continue Reading

मातृभाषा पढ्नुको मज्जा

गणेश राई कान्तिपुर संवाददाता काठमाडौँ — वर्षमा दुईपटक विशेष भत्ता पाइन्छ, त्यसैले नेपालभाषाका शिक्षक र कर्मचारी ती दिनको प्रतीक्षामा हुन्छन् । एउटा, पाहचह्रे । यो यही चैतमा परेको छ । अर्को दिने न्हुदँ हो । यो नेपाल संवत्को पहिलो दिन पर्छ । दशकदेखि सुचारु ‘नेवा: बस्ती नेवा: स्कुल अभियान’ ले पाहचह्रे र न्हुदँमा शिक्षकलाई भत्ता दिने चलन चलाएको हो । अभियानले […]

Continue Reading

किरात प्रदेश नामाकरणको लागि हस्तक्षर अभियान सुरू

लिभु संवाददाता काठमाडौं– नेपालको संघीय प्रदेश–१ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न दबाव दिने उद्देश्यले किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा शुक्रबारदेखि हस्ताक्षर अभियान सुरू भएको छ । केन्द्रीय राजधानी काठमाडौको कोटेश्वरस्थित यायोक्खा हातामा हस्ताक्षर अभियान सुरू भएको हो । यायोक्खा केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्ष दिवस राईले अभियान उद्घाटन गर्दै किरात कुनै एउटा जाति विशेष नभएर […]

Continue Reading

बजेट बारे प्रदेश सरकार अलमलमा 

विराटनगर २२ फागुन,  । प्रदेश १ को सरकार चैत १५ भित्रै बजेट ल्याउने तयारीमा रहे पनि  प्रक्रिया र बजेटको आकारबारे अलमलमा छ । प्रदेश सरकारलाई बजेट निर्माणका लागि आवश्यक पर्ने आर्थिक ऐन बन्न सकेको छैन भने आम्दानी र खर्चको लेखाजोखासमेत छैन तर मन्त्रिपरिषद बैठकले यसै आर्थिक वर्षमा नियमति बजेट ल्याउने निर्णय गरिसकेको छ । मुख्यमन्त्री […]

Continue Reading

राईको नेतृत्वमा भोजपुर–काठमाडौं सम्पर्क मञ्च गठन

लिभु संवाददाता, काठमाडौं– नेकपा एमाले भोजपुर–काठमाडौंं सम्पर्क मञ्चको १२ औं सम्मेलनले दिलीप कुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पार्टी केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न सम्मेलनले १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष भीमराज राई, सचिव भद्र पराजुली, सहसचिव फुर्वा तेन्जिङ शेर्पा र कोषाध्यक्षमा जगतमान योगी चयन हुनु […]

Continue Reading

वाम्बुले राईहरूको समृद्ध संस्कार ‘खाउमो’

वाम्बुले संस्कृति : संघीय प्रदेश नं.१ ओखलढुंगा र खोटाङ जिल्ला दुधकोसी अनि सुनकोसी संगम आसपासका किराती वाम्बुले राई समुदायमा हिउँद महिना मंसिर, पुस, माघ, फागुनमा पितृकार्य गर्दैआएको भेटिन्छन् । विशेषगरी ओखलढुंगाको उँबु, वाक्सा, मानेभन्ज्याङ, केतुके, माधवपुर, रिचुवा, जाक्मा, हिलेपानी, सोक्मटारतिर मंसिरमा नयाँ अदुवा र धान पाकेपछि घरैपिच्छे वाम्ला (न्वागी) गर्दछन् । त्यसैगरी, खोटाङको बाहुनीडाँडा, बेता, […]

Continue Reading

शुरु भयो हलेसीमा आयुर्वेद सेवा

माघ २१, २०७४ लिभु संवाददाता काठमाडौं । खोटाङको प्रसिद्ध धार्मिक थलो हलेसीमा आयुर्वेद उपचार सेवा सुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिकाले माघ २० गतेबाट यो सेवा सुरु गरेको हो । नगरपालिकाको सहयोग र आयुर्वेद औषधालयको सहकार्यमा सुरु गरेको हो । विभिन्न रोगको उपचार आयुर्वेद विधिबाट गरिने जनाइएको छ । कविराज राजेन्द्र पोखरेल र गोपाल […]

Continue Reading

सकियो प्रदेश नम्बर छ को राष्ट्रियसभा निर्वाचन, मत परिणाम भोलि विहानसम्म आउने

माघ २४, २०७४ लिभु संवाददाता, सुर्खेत  ।  बिहान १० बजेबाट शुरु भएको प्रदेश ६ को राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ ।  प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हाल्ने काम गरेका थियो । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो । (क) र (ख) गरी दुईवटा मतदान केन्द्र रहेका […]

Continue Reading

एन्जिलाले चुमे मिस राई–२०१८को उपाधि

लिभु संवाददाता माघ २५, २०७४ काठमाडौं– मिस राई २०१८ को उपाधि खोटाङकी एन्जल राईले हात पारेकी छन् । बिहीबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा प्रतियोगिता सम्पन्न भएको हो । एन्जिला विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनरत छात्रा पनि हुन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ की एन्जिला हाल काठमाडौंको कपनमा बसोबास गर्दैआएकी छिन् । प्रतियोगितामा फस्ट रनरअप […]

Continue Reading

शेरधन राई प्रदेश नं.१ को मुख्य मन्त्री सुनिश्चित

लिभु संवाददाता काठमाडौं– संघीय प्रदेश नं.१ को मुख्यमन्त्री शेरधन राई हुने पक्का भएको छ । उक्त प्रतिनिधिसभा र प्रदेशसभामा बहुमतप्राप्त गरी एमाले प्रमुख दल बनिसकेको छ । मुख्यमन्त्रीको दौडमा रहेका एमालेका सचिव एवं प्रदेश ईञ्चार्ज भीम आचार्य पोलीटब्यूरो सदस्य तथा प्रदेशका सह–इन्चार्ज शेरधन राईबीच प्रतिस्पर्धा चलेको थियो । मुख्यमन्त्री हुनका निम्ति संसदीय दलको नेता बन्ने […]

Continue Reading