बुङ्वाखा पत्रिकाका सम्पादक राईलाई पितृशोक

लिभु संवाददाता काठमाडौं– बान्तावा राई भाषाको पत्रिका ‘बुङ्वाखा’ मासिकका सम्पादक पदम राईका पिता दलबीर राई (बान्तावा वालाहाङ)को ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको २०७७ वैशाख २९ गते सोमबार भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. २ रानिबास बाकबुकस्थित घरमा निधन भएको हो । १९९१ सालमा जन्मनु भएका स्वर्गीय राई लामा समयदेखि क्यान्सरबाट पिडित हुनुहुन्थ्यो । […]

Continue Reading

स्वरुप फेरिदै व्याकुल माइला गोल्डकप मैदान

लिभु संवाददाता हिलेपानी, ओखलढुङ्गा । लक्डाउनकै समयमा पनि दुधकोशी किनार स्थित व्याकुल माइला गोल्डकप मैदानको विस्तार एवं दर्शकदीर्घा बनाउने कार्य भएको छ । सङ्घीय सांसद मा. यज्ञराज सुनुवारले संसद क्षेत्र विकास कोष अन्तर्गत चालू आ.व. २०७६/०७७ मा रु. १० लाख बजेट विनियोजन गरिदिनु भएको थियो । गोल्डकपका आयोजक संस्था नयाँ नेपाल सरोकार समाजका सचिव नवीनकुमार […]

Continue Reading

साधारण धारको विद्यालयमा फेरि संस्कृत

गणेश वाम्बुले राई काठमाडौं- सरकारले विद्यालय शिक्षालाई साधारण, संस्कृत र प्राविधिक गरी तीन धारमा सुचारु राखेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०७७ बाट संस्कृत शिक्षालाई साधारण धारतर्फ कक्षा १ बाट वैकल्पिक विषयका रूपमा ‘अस्माकम् संस्कृतम्’ (हाम्रो संस्कृत) लागू गर्ने भएपछि यतिखेर चर्को टिकाटिप्पणी हुन थालेको छ । सरकारले ‘मातृभाषा वा स्थानीय […]

Continue Reading

राजनीतिज्ञ भुइँदल राईको निधन

लिभु संवाददाता काठमाडौं– राजनीतिज्ञ तथा सामाजिक अभियनता भुइँदल राईको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अल्जाइमरलगायत रोगबाट ग्रसित राईको सुनसरीको इटहरी उपमहानगरपालिका–९ ओसियन पार्कस्थित माइला छोरा पार्थराजको घरमा बुधबार निधन भएको हो । भुइँदलको जन्म १९८६ साउन ११ गते माझकिरात भोजपुरको सिन्द्राङ–१ माक्साहुत (हाल– हतुवागढी गाउँपालिका–३) गाउँमा भएको थियो । राई राजनीतिक […]

Continue Reading

मानेभन्ज्याङका स्वास्थ्य कर्मचारीलाई थप एक महिनाको तलब

लिभु संवाददाता ओखलढुंगा– मानेभञ्ज्याङ गाउँपालिकाले कोरोना भाइरसको संक्रमणकालीन अवस्थामा खटिने स्वास्थ्यकर्मीलाई भत्ता स्वरुप थप एक महिना तलब उपब्ध गराउने भएको छ । त्यसैगरी हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई दैनिक पाँचसय रुपैयाँ भत्ता दिने पालिका वडाध्यक्ष तथा प्रवक्ता रामकुमार राईले जानकारी दिनु भएको छ । ‘कोरोना भाईरस कोभिड १९ ले विश्वलाई नै आक्रान्त बनाइरहेको बेला हाम्रो मानेभन्ज्याङ […]

Continue Reading

देशकै नमुना विद्यालय खोटाङमा, बालबालिका कृषिदेखि विज्ञानसम्म खेल्दै पढ्दै

ई-हुलाकी चैत्र ०३, २०७५, आइतबार तिलक चाम्लिङ पुस्तकालयदेखि ‘इन्जिनियरिङ आरन’सम्म प्रयोगात्मक सीप अनि कुटोकोदालोदेखि कम्प्युटरसम्मको व्यवहारिक ज्ञान सिकाउने थलोको रुपमा बिकास भएको छ शुभद्रा मदन फाउन्डेसन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मा, खोटाङमा स्थापना गरिएको यस फाउन्डेसनका विद्यार्थीहरूले औपचारिकताका लागि मात्र विद्यालयमा परीक्षा दिन्छन् । स्कुल जाँदैनन् । फाउन्डेसनको व्यवस्थापनमा सामुदायिक जनजागृति आधारभूत विद्यालय रहेको छ । मा.वि. तहको परीक्षा सरस्वती मावि दिक्तेल र […]

Continue Reading

ब्रिटिस आर्मी ट्रेनिङ गराउँदै डायनामिक गुर्खा ट्रेनिङ एकेडेमी

लिभु संवाददाता ललितपुर– बेलायत सरकारले ब्रिटिस गुर्खा पल्टनमा सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएपछि क्रमशः नेपालबाट भर्ती संख्या बढाएको छ । हाल ब्रिटिस गोर्खामा फस्ट रोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र रहेका छन् । कडा मिहिनेतसहित दक्षता हासिल गर्न चाहने युवाहरू संख्या बढ्दो छ । तिनै युवालाई लक्षित […]

Continue Reading

चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित : प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गते देखि १८ गतेसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गरिएको बताउनु भएको छ । विश्वव्यापी फैलिएको नोबल कोराना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामको सम्बन्धमा शुक्रबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन उक्त विचार व्यक्त गर्नुभएको हो । ‘सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई […]

Continue Reading

किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन स्थगित

लिभु संवाददाता काठमाडौं– किरात राई यायोक्खा अन्तर्राष्ट्रिय समन्वय समितिले तेस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गरेको छ । समितिले आगामी मेई २४ तारिख (२०७७ जेठ ११ गते) बाट तीन दिनसम्म बेलायतमा सम्पन्न गर्ने तयारी भएको थियो । कोराना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीका कारण तत्कालका निम्ति उक्त सम्मेलन स्थगित गरिएको यायोक्खा केन्द्रीय कार्यसमिति तथा समन्वय समितिका […]

Continue Reading

देशै ‘लकडाउन’ अर्थात् सर्वसाधारण घरभित्रै रहन सरकारको आदेश

लिभु संवाददाता काठमाडौं– नेपाल सरकारले भोलि चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्म ‘लकडाउन’ अर्थात् सर्वसाधारणलाई घरभित्रबाट बाहिर निस्कन रोक्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको हो । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवती कोरोनाबाट संक्रमित भएको पुष्टि भएसँगै सरकारले उक्त निर्णय […]

Continue Reading