गायक मोडल, सुरेन्द्र अमात्यको ‘डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर’ बोलको गीत सार्वजनिक

– रीदेन महर्जन काठमाडौं ३ वैशाख । नयाँ बर्षको आगमनसँगै गायक मोडल, सुरेन्द्र अमात्यको ‘डँम्फु नै बोकी च्याङ्बा नाच्यो मैच्याङ्ग देखर’ राष्ट्रिय एकताको सन्देश दिएको गीत हालै बजारमा आएको छ । काठमाडौंका धर्तिपुत्र गायक अमात्यले नेपाली जातजातिहरु बीच जातिय द्धन्द्ध, बैमनश्यता हटाई राष्ट्रलाई एक सुक्रमा बाढ्न, भाइचार, सद्भाव, कायम गर्नको लागि गीत गाउनु भएको जानकारी […]

Continue Reading

दक्षिण र उत्तर कोरियाली नेताबीच भेटवार्ता

लिभु संवादादाता कोरिया -शिखर वार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरिया पुगेका छन्। उनलाई स्वागत गर्न दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सीमावर्ति गाउँ पुगेका थिए। सन् २००७ पछि पहिलो पटक उत्तर र दक्षिण कोरियाली नेताहरूको शिखर बैठक भएको हो। सन् १९५३ मा दुई कोरियाबीचको युद्व अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला […]

Continue Reading

पत्रकार महासंघका पूर्व अध्यक्षहरु सम्मानित

लिभु संवाददाता काठमाडौं– नेपाल पत्रकार महासंघले पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । महासंघको ६३औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा पूर्व अध्यक्षहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठुरी, शिव गाउँले र डा. महेन्द्र विष्ट हुनुहुन्छ ।   […]

Continue Reading

फोनिजको अध्यक्षमा डण्ड गुरुङ पुन निर्विरोध

लिभु संवाददाता काठमाडौँ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा डण्ड गुरुङ पुनस् निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न फोनिजको छैटौं महाधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, खुलातर्फ उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्षमा देविका घर्तीमगर चयन भएका छन्। महासचिवमा भने मनोज घर्ती मगर […]

Continue Reading

बिदा कटौतीको विरोधमा जनजाति महासंघले ग¥यो आन्दोलनको घोषणा

लिभु संवाददाता काठमाडौं । आदिवासी जनजाति महासंघले सांस्कृतिक पर्वमा दिँदै आएको विदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारलाई दबाव दिएको छ । महासंघले सोमबार अनामनगर स्थित तमू बौद्ध सेवा समिति हलमा पत्रकार सम्मेलन गरी सार्वजनिक विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै दबावमुलक आन्दोलन घोषणा गरेको हो । ठूलो संघर्षबाट प्राप्त भएको सांस्कृतिक […]

Continue Reading

मातृभाषामा रेडियो जिङ्गल बन्दै

लिभु संवाददाता काठमाडौं– भाषा आयोगले मुलुकका मातभाषाहरूको संरक्षण अभियान थालेको छ । त्यसनिम्ति देशव्यापी रूपमा भाषाप्रति जनचेतना जगाउने विद्युतीय प्रचार (रेडियो जिङ्गल) सामग्री निर्माण थालेको छ । आयोगले भाषा प्रयोग र विस्तारलाई लिएर ‘रेडियो जिङ्गल विकास कार्यशाला’ आयोजना गरी अवधारणा सार्वजनिक गरेको हो । ‘मातृभाषाहरू बचाउन अध्ययन, अनुसन्धान र अभिलेखिकरणमात्र पर्याप्त नहुने भयो,’ कार्यशालामा आयोगका […]

Continue Reading

नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदै

काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले आज गर्दैछ । उपराष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो । उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आज उनी निर्विरोध निर्वाचित […]

Continue Reading

ओखलढुंगा सदरमुकाम नजिकै लागेको डढेलो नियन्त्रणमा

लिभु संवाददाता ओखलढुंगा । ओखलढुंगा सदरमुकाम छेउको वनमा आइतबार दिउँसो दुईबजेबाट लागेको डढेलो नियन्त्रणमा आएको छ । ओखलढुंगा सदरमुकाम नजिकै लागेको डढेलो सेना प्रहरी र स्थानीयबासीको एक घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको प्रहरी निरिक्षक टिका कार्कीले जानकारी दिनु भयो। हुरीबतासका कारण डढेलो नियन्त्रणमा लिन असहज भएको थियो । स्थानीय, प्रहरी र सेनाको टोली डढेलो नियन्त्रणमा […]

Continue Reading

क्यान्सर पिडितको सहयोगका लागि मानेभञ्ज्याङमा सांस्कृतिक कार्यक्रम हुने

लिभु संवाददाता ओखलढुङ्गा, मानेभञ्ज्याङ । क्यान्सर पिडितको सहयोगका लागि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिकामा मा आउदो चैतको १० गते सास्कृतिक कार्यक्रम हुने भएको छ । मानेभञ्ज्याङका क्यान्सर पिडित विकास वाम्बुले राईको उपचार सहयोग जुटाउने उद्देश्यले सांकृतिक कार्यक्रम हुन लागेको हो । मानेभञ्ज्याङ स्थाई घर भएका बिकास वाम्बुले राई आन्द्राको क्यान्सरबाट पिडित छन् । उनको उपचारको लागि आर्थिक […]

Continue Reading

फाल्गुनन्द मार्ग निमार्ण सम्पन्न गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लिभु संवाददाता काठमाडौं – झापाको दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) निमार्ण सम्पन्न गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । २५ वर्षभन्दा लामो समयअघि देखि निर्माण सुरु भएको उक्त सडकमा थप बजेट माग गर्दै ज्ञापन पत्र बुझाएको हो । ०४९ सालबाट निर्माण सुरु गरिए पनि केही महिना अघि मात्र […]

Continue Reading