३१ भाषाका ३५ कविता वाचन

लिभु संवाददाता काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले १९औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आयोजना गरेको ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७४’ मा ३१ भाषाका ३५ कविता वाचन गरिएको छ । प्रसिद्ध भाषाशास्त्री प्राध्यापक डा. नोवलकिशोर राई प्रमुख अतिथि रहनु भएको महोत्सवको सभाध्यक्षता प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले गर्नु भएको थियो । प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित महोत्सवमा कविता वाचन […]

Continue Reading

ब्रिटिस आर्मीमा विपन्नलाई अवसर

गणेश वाम्बुले राई काठमाडौं – बेलायती सेना (ब्रिटिस आर्मी)मा नेपाली युवा भर्ती भएर जाने परम्पराले दुई सय वर्ष नाघिसकेको छ । यसबीचमा विश्वमा धेरै प्राकृतिक, सामाजिक, राजनीतिक, वैज्ञानिक उलटपुल आइसकेका छन् । तर, ब्रिटिस आर्मीमा नेपाली ठिटाहरू भर्ती हुने क्रम जारी छ । भर्ती हुनका लागि ब्रिटिस आर्मी भनेर तयार हुने गरिन्छ । जुनियर रिकुटिङ […]

Continue Reading

उपराष्ट्रपति पुनको ग्याल्बो ल्होसारको शुभकामना

लिभु संवाददाता काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शेर्पा समुदायको महान् चाड ग्याल्बो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । ‘शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्बो ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ बिहीबार शुभकामना सन्देशपत्रमा भनिएको छ, ‘यस […]

Continue Reading

लिम्बु जातिको आदिम थलो ‘चो?लुङ पार्क’ पुनःनिर्माण सुरु

लिभु संवाददाता काठमाडौं– तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले सांस्कृतिक पर्यटन प्रवद्र्धनका निम्ति ‘चो?लुङ पार्क’ पुनःनिर्माण थालेको छ । बरिष्ठ ढोलबादक केसाम आइत खजुम चौबिसको बाहुलीबाट आइतबार युमा थाकथाक खिबेलुङ (युमा माहारानीको तान ढुंगा) रोप्ने काम भएको हो । यो पार्क लालिगुराँस नगरपालिकाको अल्केडाँडोमा रहेको छ । नगरपालिका प्रमुख अर्जुनबाबु माबुहाङका अनुसार चो?लुङपार्कमा लिम्बुजातिको आदिम सावा येहाङ […]

Continue Reading

मानेभन्ज्याङका महिला जनप्रतिनिधि सशक्तिकरण

लिभु संवाददाता काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाका जननिर्वाचित महिला सदस्यहरुलाई नेतृत्व विकास गोष्ठी सञ्चालन गरिएको छ । आइबार मानेभन्ज्याङमा ‘नेतृत्व विकास तथा पाठेघर खस्ने सवाल’ विषयक चारदिने अभिमुखीकरण गोष्ठी सुरु गरिएको हो । गोष्ठीमा गाउँपालिकाका नौवटै वडाका दुई–दुई जना र एकजना कार्यपालिकामा मनोनित दलित गरी एक जना र उपाध्यक्षसति २० जना सहभागी रहनु भएको छ । […]

Continue Reading

राईको नेतृत्वमा भोजपुर–काठमाडौं सम्पर्क मञ्च गठन

लिभु संवाददाता, काठमाडौं– नेकपा एमाले भोजपुर–काठमाडौंं सम्पर्क मञ्चको १२ औं सम्मेलनले दिलीप कुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पार्टी केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न सम्मेलनले १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष भीमराज राई, सचिव भद्र पराजुली, सहसचिव फुर्वा तेन्जिङ शेर्पा र कोषाध्यक्षमा जगतमान योगी चयन हुनु […]

Continue Reading

‘मातृभाषा बचाउन जनचेतना जरुरी’

गणेश वाम्बुले राई काठमाडौं – भाषाशास्त्री तथा विज्ञले मुलुकमा बोलिने भाषाहरु संरक्षण गर्नका निम्ति जनचेतना जगाउन जरुरी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस (फेब्रुअरी २१)को सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र युनेस्को काठमाडौंले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको ‘मातृभाषा विचार गोष्ठी–२०७४’मा उक्त विचार व्यक्त गर्नु भएको हो । ‘पहिले भाषाको सवालमा काठमान्डुलाई गाली […]

Continue Reading

जन्मे पछि ८ , ९ वर्षमा पहिलो चोटी जे भाषा सिक्छ त्यही नै हो मातृभाषा प्रा.डा. नाेबलकिशोर राई

लिभु संवाददाता काठमाण्डौ, भाषाशाश्त्री प्रा.डा. नोबलकिशोर राई ले जन्मे पछि केही उमेर ८, ९ बर्षमा पहिलो चोटी जे भाषा सिक्छ त्यही नै मातृभाषा भएको बताउनु भएको छ । आज अन्तराष्ट्रिय भाषा दिवस २०१८ को उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानद्घारा आयोजित राष्ट्रिय मातृभाषा कविता महोत्सव कार्यक्रमका प्रमुख अतिथितिको रुपमा सम्बोधन गर्दे जनजातिको मात्र नभई सबै जातिको मातृभाषा […]

Continue Reading

प्रथम आरोही महिला पत्रकारहरुलाई सम्मान

माघ २१, २०७४ काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आगामी २०७४ चैतमा हुने ७ जना प्रथम महिला पत्रकार सगरमाथा आरोहीहरुलाई सम्मान सहित शुभकामना दिएको छ । आइतबार अनामनगरस्थित फोनिज केन्द्रीय कार्यलयमा सम्मान गरी शुभकामना प्रदान गरेको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तयारी जुटेका किरात राई पत्रकार देउराली चाम्लिङ, न्यूज २४ की […]

Continue Reading

सकियो प्रदेश नम्बर छ को राष्ट्रियसभा निर्वाचन, मत परिणाम भोलि विहानसम्म आउने

माघ २४, २०७४ लिभु संवाददाता, सुर्खेत  ।  बिहान १० बजेबाट शुरु भएको प्रदेश ६ को राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ ।  प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हाल्ने काम गरेका थियो । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो । (क) र (ख) गरी दुईवटा मतदान केन्द्र रहेका […]

Continue Reading