शेरधन राई प्रदेश नं.१ को मुख्य मन्त्री सुनिश्चित

लिभु संवाददाता काठमाडौं– संघीय प्रदेश नं.१ को मुख्यमन्त्री शेरधन राई हुने पक्का भएको छ । उक्त प्रतिनिधिसभा र प्रदेशसभामा बहुमतप्राप्त गरी एमाले प्रमुख दल बनिसकेको छ । मुख्यमन्त्रीको दौडमा रहेका एमालेका सचिव एवं प्रदेश ईञ्चार्ज भीम आचार्य पोलीटब्यूरो सदस्य तथा प्रदेशका सह–इन्चार्ज शेरधन राईबीच प्रतिस्पर्धा चलेको थियो । मुख्यमन्त्री हुनका निम्ति संसदीय दलको नेता बन्ने […]

Continue Reading

सगरमाथा आरोहण डोमा ‘पहिलो शेर्पा महिला पत्रकार’ बन्दै

लिभु संवाददाता काठमाडौं माघ २६, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा डोमा शेर्पा ‘पहिलो शेर्पा महिला पत्रकार’ बन्ने तयारीमा जुट्नु भएको छ । त्यसका निम्ति तयारीको मध्यचरण पूरा गरेको शुक्रबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भएको हो । ‘पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोहण–२०१८’ नाम दिइएको उक्त आरोहण आगामी चैत तेस्रो साताबाट […]

Continue Reading

बबिना किरातीको पहिलो एल्बम ‘मर्निङ’ बजारमा

लिभु संवाददाता काठमाडौँ– गायिका बबिना किरातीको गीति एल्बम मर्निङ द बिगिनिङको विमोचन गरिएको छ। एनटिभी प्लसको कार्यक्रम झंकार लाइभ शो मार्फत वरिष्ठ संगीतकर्मी पारस मुकारुङले एल्बमको विमोचन गर्नुभएको थियो। नेपाली सांगीतिक क्षेत्रमा संगीतको यात्रामा निस्केका बबिनाको पहिलो एल्वम मर्निङभित्र सात वटा गीत समावेश गरिएका छन् । चर्चित संगीतकार डिआर अटुको एकल संगीत रहेको उक्त एल्बममा […]

Continue Reading

श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग

काठमाडौँ, माघ २७ गते । श्रम तथा रोजगार मन्त्रालयले खाडीका चार देशमा श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग गरेको छ । नेपाली राजदूतावास संयुक्त अरब इमिरेट्स (युयई), साउदी अरबका लागि उपसचिवसरहको श्रम काउन्सेलर र नेपाली राजदूतावास कतार र बहराइनका लागि अधिकृतस्तरको श्रम सहचारीका लागि आवेदन माग गरेको मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले जानकारी दिनुभयो । […]

Continue Reading

मुख्यमन्त्री निश्चित– प्रदेश ३, ४ र ५ मा क्रमशः पौडेल, गुरुङ र पोखरेल

लिभु संवाददाता माघ २८, २०७४ काठमाडौं– प्रदेशसभामा बहुमतप्राप्त दल एमालेबाट संसदीय दलको निता चुनेसँगै प्रदेश नम्बर ३ र ५ मा सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश– ३ मा एमाले संसदीय दलका नेता डोरमणि पौडेल चुनिनु भएपछि मुख्यमन्त्री बन्ने निश्चित भएको छ । त्यसैगरी यसअघि नै प्रदेश–५ मा एमाले संसदीय दलको नेतामा शंकर पोखरेल […]

Continue Reading

बुधबार १५२ वर्षपछिको खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौँ ।  माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको […]

Continue Reading

एमबिबिएस भर्नामा मनोमानी शुल्कविरुद्ध विद्यार्थीको विरोध

काठमाडौँ ।  एमबिबिएस कार्यक्रममा निर्धारित शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका निजी मेडिकल कलेजले विद्यार्थीसँग विभिन्न शीर्षकमा थप शुल्क लिएको विरोधमा आज माइतीघर मण्डलामा विद्यार्थीले विरोध ¥याली निकालेका छन् । विद्यार्थीले ‘हाम्रा राम्रा दिन फर्कन दिनुहोस्, हामी विद्यार्थी हौँ, बंैक होइनौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेका […]

Continue Reading

करेन्ट लागेर एकको मृत्यु , तीन घाइते

नुवाकोट।   नुवाकोटको पूर्वी भेगमा रहेको बेतिनीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। दरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ ताप्साङ, बेतिनीमा बिहीबार आफ्नै घर बनाउने क्रममा करेन्ट लागेर स्थानीय २६ वर्षीय सुनबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। सुनबहादुरकै घर बनाउने […]

Continue Reading

एकमहिने कठोर माधवनारायण व्रत शुरु, यस्ता छन् व्रतका नियम ..

साँखु  ।  मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत शुरु भएको छ । स्वस्थानी व्रत सोमबार नै शुरु भए पनि साँखु शालीनदी मेला भने आजदेखि शुरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र सात पुजारी सहभागी भएको समितिका वरिष्ठ उपाध्यक्ष […]

Continue Reading