खुवालुङ : किरात जातिको सांस्कृतिक आस्थाको केन्द्र

खुवालुङ : किरात जातिको सांस्कृतिक आस्थाको केन्द्र शालिक शातासक राई विषय प्रवेश मुन्दुमी आस्थाको धरोहर खुवालुङ अहिले भत्काउने÷मास्ने कि बचाउने भन्ने बहस चलिरहेको छ । यो सँगै किराती मुन्दुमी शक्ति केन्द्रको अस्तित्व निकै संकटमा पर्दै गएको देखिन्छ र किरातीहरू बिकास बिरोधी पनि हुन् कि भन्ने भ्रम चल्नु स्वाभाविकै हो । विकासको नाम कुनै जातिको आस्था […]

Continue Reading

इतिहास विरासतमा तीन बायुङ राई व्यक्तित्व : भीसी अगमसिंह राई, राजनीतिज्ञद्वय बलबहादुर राई र गोपाल राई

भीसी अगमसिंह राई, राजनीतिज्ञद्वय बलबहादुर राई र गोपाल राई –गणेश वाम्बुले राई नेपालको राजनीतिक इतिहासमा भेटिने पात्रमध्ये बलबहादुर राई र गोपाल राई अब्बल नाम हुन् । बलबहादुर राईले नेपालमा राणाशासनको अन्त्यदेखि गणतन्त्र बहालीसम्मको योगदान गरे भने गोपालले तीस वर्षे पंचायती शासन व्यवस्थाको अन्त्यका निम्ति गाउँघरको कुनाकन्दरका युवाहरूमाझ झिल्को बनेर भूमिका निर्वाह गर्दै गणतन्त्र भित्र्याइन्जेलसम्म नेतृत्व […]

Continue Reading

इतिहास : नेपाल एकीकरण अभियानमा घमन्ड राईलाई पृथ्वीनारायण शाहको पत्र

–गणेशकुमार राई –शुभराज राई (काजी) –दीपकबहादुर राई –जन्ताराम राई नेपाल एकीकरण (भौगोलिक एकीकरण) अभियानमा ओल्लो किरात ओखलढुंगा क्षेत्र कसरी कब्जामा लिइएको थियो ? सवालको छिनोफानो गरिहाल्न गाह्रो छ । तर, पछिल्लो पटक अध्ययन अनुसन्धानका क्रममा एक प्रमाण फेलापरेको छ । त्यो हो– नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले वि.सं. १८२९ घमन्ड राईलाई सम्बोधन गरी लेखेका पत्र […]

Continue Reading

संगठित हुँदै इन्डियन आर्मीमा कार्यरत वाम्बुले राईहरू

लिभु संवाददाता भारत । इन्डियन गोर्खा सैनिकको ‘हामी सक्छौं, हामी गर्छौं’ नारा लिएर कार्यरत वाम्बुले राईहरू संगठित भएका छन् । ओखलढुंगाको मानेभन्ज्याङ–३ उँबुमा जन्मिएर हाल सैनिक सेवामा रहेका युवाहरूले ‘वाम्बुले राई भारतीय गोर्खा सैनिक समूह उँबु’ (Wambule Rai Indian Gorkha Army Association Unbu, Okhaldhunga) गठन गरेका हुन् । सामाजिक सन्जालमार्फत् भर्चुअल बैठक बसी समूह गठन […]

Continue Reading

पत्रकार सुनुवार राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकार

लिभु संवाददाता काठमाडौं– राजधानीबाट प्रसारण हुने इन्डिजिनियस टेलिभिजनका अध्यक्ष तथा पत्रकार देवकुमार सुनुवार आदिवासीहरूका लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा मनोनित भएका छन् । एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिका रूपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मनोनित गरेका हुन् । सुनुवारस“गै कंगोका डायल मोचिरे, क्यानाडाका मार्जोलेन एटिने, डेनमार्कका टुकुमिङग्वाक न्याक्जेर ओल्सेन र बेलिजका पाब्लो […]

Continue Reading

सम्पादकीय : समाज हेर्ने ऐना

समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो । समाजले एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूहलाई बुझाउँछ । यसले कुनै विशेष उद्देश्य लिएर निर्माण गरिएका संघ, संस्थालाई पनि बुझाउने गर्दछ । उदारणका लागि वाम्बुले राई समाज, थारु समाज, नेवार समाज आदि । ‘समाज’ शब्दले गाउँटोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने […]

Continue Reading

कोसेली- मुन्दुम : लयको महासागर – भोगीराज चाम्लिङ

किरात राई समुदायभित्र मात्र मुन्दुम गायन गर्ने चार–पाँच सय धामी र रिसिमी होलान् । भन्नुको अर्थ अहिलेसम्म करिब पाँच सयथरी लय जीवितै छ । यो सानो बौद्धिक सम्पदा होइन, नेपाली समाज र संगीतका लागि । माघ ११, २०७६ भोगीराज चाम्लिङ सांगीतिक क्षेत्रमा एउटा ठट्टा खुबै प्रचलित रहेछ, ‘किरात राई समुदायको कुनै गायक–गायिका भेटियो भने उसलाई कुन जिल्लाको भनेर […]

Continue Reading

किराती संवत् बारेमा

नेपालीहरू गणतन्त्र नेपालका नागरिक बनेका छौँ । सङ्घीयता कार्यान्वयनको दिशामा छ । राजनीतिशास्त्रका अध्यताहरूलाई अवगत भएकै कुरा हो कि कुनै एक जाति, भाषा वा सांस्कृतिक समुदायको अधिकतम् बाहुल्यता रहेको देशमा एकात्मक सरकार उपयुक्त हुन्छ भने बहुजातीय, भाषिक र सांस्कृतिक समुदाय रहेको देशमा सङ्घीय संरचनाको सरकार उपयुक्त ठहर्छ । नेपाल पनि बहुजातीय, भाषिक र सांस्कृतिक मुलुक […]

Continue Reading

काटिएका बिदा २०७६ पुनर्स्थापित

लिभु संवाददाता काठमाडौँ — सरकारले २०७६ सालका लागि १२ दिन सार्वजनिक बिदा थप गर्ने भएको छ । बिदा पुनरावलोकन गर्न गठित कार्यदलले विभिन्न समुदायका गरी कुल १२ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव सरकारसक्षम पेस गरेको छ । उक्त कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद […]

Continue Reading

गोर्खा सैनिकमाथिको विभेद अन्त्य गर्न वार्ता टोली गठन माग

काठमाडौँ — गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)ले गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि वार्ता टोली गठन गरी चाँडै कूटनीतिक पहल गर्न माग गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा गेसोका सभापति कृष्णकुमार राईले नेपाल र बेलायत सरकार तथा गोर्खा सैनिकबीचको सहमतिअनुसार वार्ता समिति बनाउन ढिला गरेकोमा आपत्ति जनाउँदै तत्काल कूटनीतिक पहल थाल्न नेपाल सरकारसँग माग गर्नुभएको […]

Continue Reading