उत्साहजनक सहभागितामाझ ओखलढुंगामा साकेला सिली प्रशिक्षण सम्पन्न

लिभु संवाददाता ओखलढुंगा । किरात राई यायोक्खा जिल्ला कार्यसमिति ओखलढुंगाले पाँच दिने साकेला सिली प्रशिक्षण सम्पन्न गरेको छ । उभौली २०८१ को अवसरमा जेठ १ गतेबाट ५ गतेसम्म प्रशिक्षण दिएको अध्यक्ष थगेन्द्रराज राईले जानकारी दिनु भएको छ । संस्कृतिविद् डा. शान्तिदेवी राई र निला राईले प्रशिक्षण दिनु भएको थियो । बायुङ, थुलुङ, जेरो र वाम्बुले […]

Continue Reading

वाम्बुले राईरूको लोकसंस्कृति बाँसुरी दिवस (फोटो र भिडियोसहित)

गणेश वाम्बुले राई काठमाडौं –  ‘किराती लोक परम्पराको निरन्तरता’ नाराहित किरात वाम्बुले राई जातिले बाँसुरी दिवस मनाएका छन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमालडोलमा आयोजना गरेको ‘साउन १५ सातौं बाँसुरी दिवस तथा खिर खाने’ समारोह आयोजना गरी मनाएका हुन् । ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली जिल्लाका वाम्बुले राई रस्तीबस्तीमा साउन १५ […]

Continue Reading

वाम्बुले प्रतिभा : चित्र राई यसरी बने इन्जिनियर

गणेश राई नेपाल नागरिक उड्डयन प्राधिकरणको विज्ञापन नम्बर ८८।०७७÷७८, इलेक्ट्रिकल इन्जिनियरिङ समूह, सातौं तह, वरिष्ठ अधिकृत पदमा नियुक्ति पाएका छन्– रोल नम्बर ५०२ का चित्र राईले । २०७९ असोज २ गतेसम्म सेवा प्रवेश तालिम भक्तपुरमा लिइरहेका छन् । उनको नियुक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा रहेको छ । प्राधिकरणले उनलाई तत्काल काजमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल […]

Continue Reading

लोपोन्मुख लुङखिम राई भाषाको कक्षा सुरु

लोपोन्मुख लुङखिम राई भाषा लिभु संवाददाता इलाम । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले लुङखिम भाषा बोल्नेको संख्या १ सय २९ जना छन् । प्रदेश–१ इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नं. ११ मजुवा टोल केराबारी र आसपासको गाउँमा मात्र यो भाषा बोलिन्छ । स्थलगत रूपमा यो भाषा बोल्नेको संख्या करिब १०–१५ जनामात्र छन् । भाषा आयोग […]

Continue Reading

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खानेपानीको अभाव

    लिभु संवाददाता, खोटाङ ।  खोटाङ जिल्लाको दक्षिण पूर्वी भेग हलेसी तुवाचुङ नगरपालिका -२ दाम्ली गाउँका बासिन्दाले अझै पानीको अभाव झेलिरहेका छन । नगर पालिकाको वाड नं:१,२ र ३ का बासिन्दाले अझै डेडदुई घन्टासम्म टाढाबाट पानी बोकेर घर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय कमला राईले बत्ताईन । पहिरोले खानेपानीको पाईप बगाएपछि उक्त समस्या आएको […]

Continue Reading

सम्झनामा मेरो पापा “रानाज्यु” – गगन राई

संस्मरण म सम्झिरहेछु ,२०७५ साल फागुन महिनाको १७ गतेको त्यो दिन । जुन दिन बिहानको ४ः०० वजे म काम गर्ने विद्यालयको मेरो प्रधानाध्यापकले मलाई निद्राबाट उठाएर अप्रत्यक्ष रुपमा मेरो बुवाको मृत्यु भएको जानकारी दिनुभएको थियो ।   मेरो प्रधानाध्यापकले दिनुभएको अप्रत्यक्ष जानकारी मैले देखेको सपनासँग मिलेको थियो । उता मेरो बुवा मृत्युसँग लडिरहँदा यता मैले […]

Continue Reading

एकै दिनमा ६ किरात चलचित्र प्रदर्शन

लिभु संवाददाता काठमाडौं । किरात राई चलचित्रकर्मी संघले शुक्रबार ६ वटा किरात राई चलचित्र प्रदर्शन गरेका छन् । चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमबीच प्रलचित्र प्रदर्शन गरेका हुन । उक्त कार्यक्रममा किरात राई भाषा, संस्कृतिमा बनेको नाछिरिङ भाषाको रिचिबुङ, जेरुङ भाषाको ब्यासा, वान्तावा भाषाको पुवालो, नागा, बाहिङ भाषाको फुङलाङ र वाम्बुले राई भाषाको […]

Continue Reading

बिस्टले बिर्सेका चतुरे दर्जीप्रति हार्दिक श्रद्धान्जली

लिभु संवाददाता काठमाडौं– बिस्टले त बिर्से नै, संसारै बिर्से चतुरे दर्जीले ।     २०६२ सालको कुनै एक शनिबारको कान्तिपुर कोसेलीमा ‘बिस्टले बिर्से’ शीर्षकमा छोटो लेख छापिएको थियो । ओखलढुंगाको दक्षिण टोक्सेल गाउँका एक इमानदार चतुरे दर्जीको बारेमा थियो । त्यो छोटो लेख पढेपछि गुरुकुल नाटकघरको निर्देशक वरिष्ठ नाटककार सुनील पोखरेलले चासो लिनुभयो । प्रस्ताव […]

Continue Reading

किराँतको प्राज्ञिक गोष्ठी सम्पन्न

लिभु संवाददाता काठमाडौं । किराँत राई प्रज्ञा परिषद्ले सांस्कृतिक पहिचानको खोज र इतिहासलाई पुस्ता हस्तान्तरण गर्नको लागि आयोजना गरेको दुई दिने किराँत राई प्राज्ञिक गोष्ठी सकिएको छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट उक्त गोष्ठी शुरु भएको थियो । परिषद्का कुलपति जयकुमार राईले नलेखिएका सभ्यताका इतिहास र संस्कृतिको खोज तथा अनुसन्धान गरी लिखित रूपमा […]

Continue Reading

मुन्धुमी भगतबहादुर राई रहनुभएन

गणेश राई काठमाडौं– मुन्धुमी भगतबहादुर राई (वाम्बुले भावाचाचो)को ६६ वर्षको उमेरमा निधन भएको छ । उहाँका केही वर्षदेखि क्यान्सर र हालैमात्र पक्षघातबाट पीडित हुनुहुन्थ्यो । वि.सं. २००९ साल फागुन ३० गते शुक्रबारमा ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–६ जाक्मा गाउँमा जन्मनु भएका मुन्धुमी राईको यही २०७५ कात्तिक ३ गते शनिबार राति १० बजे आफ्नै गाउँस्थित निवासमा निधन […]

Continue Reading