बुङ्वाखा मासिकका सम्पादक राईसहित पाँचजनालाई फोनिज पत्रकारिता पुरस्कार

लिभु संवाददाता काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पाँच पत्रकारलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । फोनिजको २३औं वार्षिकोत्वसका अवसरमा साउने २७ गते शुक्रबार उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । पुरस्कृत हुनेमा सुनसरीका गोपाल देवान, काठमाडौंकी अनिता गुरुङ, चितवनका राजु चौधरी र उदयपुरकी अप्सरा समाल छन् । त्यस्तै ‘फोनिज […]

Continue Reading

झरी पर्दापर्दै हिलेपानीमा यसरी मनाइयो बाँसुरी दिवस (फोटो र भिडियोसहित)

गगन राई हिलेपानी (ओखलढुंगा)– वाम्बुले राई जाति बहुल जातिभित्रको एउटा सभ्य अनि सस्कृति र परम्पराले सम्पन्न जाति हो । यो जातिमा अथवा समुदायमा हरेक वर्ष साउन १५ देखि बाँसुरी बजाउने परम्परा छ ।   यस सन्दर्भमा वाम्बुले राईहरूको सामाजिक जीवनमा साउने संक्रान्तिदेखि पन्ध दिन प्रकृति अर्थात् भगवान गुफा बस्छन् भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला […]

Continue Reading

वाम्बुले राईको पहिचान संरक्षणमा अगुवाई गर्दै वाम्रास सुनसरी (फोटो फिचर)

वाम्बुले राईहरू संगठित भएर जातीय पहिचान प्रदर्शन गर्ने राजधानी सहर धरान हो गणेश वाम्बुले राई काठमाडौं– वाम्बुले राई समाज, नेपाल (वाम्रास) सुनसरी जिल्ला कार्यसमितिको २०७९ वैशाख १७ गते शनिबार चौथो सम्मेलन सम्पन्न भएको छ । वाम्रास केन्द्रीय अध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्य रहेको सम्मेलनले लाखमान राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।   ‘वाम्बुले […]

Continue Reading

हिलेपानीको पहिलो वाम्बुले डाक्टर बलराज राई

लिभु संवाददाता काठमाडौं– उमेर २६ वर्षीय बलराज राई अबदेखि ‘डाक्टर बलराज राई’ भनेर चिनिदैछन् । हो, भरखरै उनले एमबिबिएस (ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी) अध्ययन पूरा गरेका छन् । अब इन्टर्न चिकित्सकका रूपमा समुदायमा खटिने छन् । बलराज राईको जन्म वि.सं. २०५२ असोज २१ गते ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी गाउँमा भएको […]

Continue Reading

ओखलढुंगाको भगवती माविको ६१औं वार्षिकोत्सव, विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार र विद्यार्थी अनि शिक्षकलाई माइक्रोसफ्टको प्रमाणपत्र

लिभु संवाददाता काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ स्थित भगवती माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव सम्पन्न भएको छ । त्यस अवसरमा विद्यार्थीले छात्रवृत्ति पुरस्कार र शिक्षकले माइक्रोसफ्टको प्रमाणपत्र हासिल गरेका छन् । विद्यालयले गत वर्ष हीरक महोत्सव मनाएसँग छात्रवृत्ति कोष स्थापना गरिएको थियो । यो विद्यालय २०१७ सालमा राष्ट्रिय प्राइमरी स्कुलका नामबाट स्थापना भएको हो । नेपालका प्रथम […]

Continue Reading

व्याकुल माइलाको घरजग्गा अब संस्थाको नाममा

लिभु संवाददाता काठमाडौं । राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)ले आफ्नो नाममा रहेको घर तथा जग्गा व्याकुल माइला प्रतिष्ठान नेपाल संस्थाको नाममा स्वामित्व हस्तान्तरण गरेका छन् । ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६ (साविक थाक्ले गा.वि.स. वडा नं. ५) हिलेपानी सिरान्टोलमा यो घर रहेको छ । माइलाका बुवा मानबहादुर राईले २०४० सालमा उक्त घर […]

Continue Reading

जनजाति महासंघको अध्यक्षमा शेर्पा, महासचिव राई

लिभु संवाददाता काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित भएका छन् । शुक्रबार बिहान नवलपरासीमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट शेर्पा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । शेर्पा नेपाल शेर्पा संघका अध्यक्षसमेत हुन् । अध्यक्ष र महासचिव पदमा निर्वाचन भएको थियो भने सर्वसम्मत चयन भएको छ । कार्यसमितिको महासचिवमा दिवस राई […]

Continue Reading

दृष्टिविहीन विद्यार्थीले पाएको अधिकार संविधानमै सीमित

पाठ्यपुस्तकविना कक्षा ११ र १२ पढ्दै दृष्टिविहीन विद्यार्थी, सन्दर्भ सामग्री सधै अभाव गणेश राई काठमाडौं– संविधानको धारा ३१ (४) मा ‘दृष्टिविहीन नागरिकलाई ब्रेल लिपिमा का माध्यमबाट कानुनबमोजिम नि:शुल्क शिक्षा पाउने हक हुने’ उल्लेख छ । शिक्षा ऐनअनुसार कक्षा १२ सम्म विद्यालय तह मानिन्छ । शिक्षा मन्त्रालयले कक्षा १ देखि १० सम्मका दृष्टिविहीन विद्यार्थीका निम्तिमात्र ब्रेल […]

Continue Reading

रमणिय पर्यटकीय स्थल झन्डिडाँडा

सत्यम राई सडकपुर (इलाम) । इलाम जिल्लालाई नेपालको पहाडकी रानी भन्न गरिन्छ । इलामको दक्षिण पूर्वी क्षेत्रमा रोङ गाउँपालिका रहेको छ । यही रोङ वडा नं. ६ रम्भ्याङमा समुद्री सतहदेखि करिब २२०० मिटर उचाईमा झन्डिडाँडा रहेको छ । झन्डिडाँडा एउटा रमणिय पर्यटकीय स्थल हो । यो मनोरम थलोको सरंक्षण संवद्र्धन हुने क्रममा छ । किरात […]

Continue Reading

काठमाडौं उपत्यकामा पुरुषको जनसंख्या सधैं बढी ?

छ दशकमा काठमाडौं उपत्यकाको जनसंख्या ४ सय ८४ गुणाले बढ्यो गणेश राई काठमाडौं- केन्द्रीय तथ्याकं विभागले माघ १२ मा सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाले पुरुषभन्दा महिलाको जनसंख्या बढी देखाएको छ । प्रारम्भिक नतिजाअनुसार लैगिंक अनुपात ९५.८ पाइएको छ । जसअनुसार प्रति सय महिलामा पुरुषको संख्या ९५ दशमलब ९१ छ । मुलुकभरको जनसंख्याको लैगिंक अनुपातको त्यस्तो […]

Continue Reading