महामारीको बेला बेलायतदेखि नेपालको यात्रा झरझराउँदो सम्झना, लिब्जुधाम र हलेसीधाममा बि. मुक्काचोको मनोकामना

यात्रा संस्मरण : दश वर्षपछि जन्मथलो नेपाल पुग्दा कुनै यात्राको लागि धेरै तामझाम र तयारी चाहिन्न । जिन्दगी आफंै एक यात्रा हो । दश वर्ष अगाडि मेरो पापाको असामयिक निधन हुँदा विना योजना र तयारी नेपाल पुगेको थिएँ । आफू जन्मेको गाउँ ठाउँ पुग्नसमेत यत्रो तयारी र योजना गर्नु पर्ने देशमा आइपुगिएछ भन्ने लागेको पनि […]

Continue Reading

किरात राई यायोक्खा भन्छ– ‘खुवालुङ पानीढुंगामात्र नभई समग्र किरातीहरूको अति महत्वपूर्ण सांस्कृतिक आस्थाको केन्द्र हो’

सम्पदा : खुवालुङ संरक्षणमा यायोक्खाको चासो खुवालुङ किराती सभ्यता र संस्कृतिको महत्वपूर्ण स्थानको रूपमा रहेको छ । खुवालुङको बारेमा किरात राई समुदायमा प्रशस्तै मिथकहरू रहेको छ भने आज पर्यन्त संस्कार संस्कृतिगत काम गर्दा नछौंहरूले सशरीर नै पुगेर वा नछौंको ज्ञान शक्तिको माध्यमबाट भए पनि खुवालुङ पुग्ने वा खुवालुङलाई पुकार्ने काम हुँदै आएको छ । खुवालुङ […]

Continue Reading

इतिहास : वाम्बुले राईलाई त्यसपछि चौरासे राई भनियो, हड्सनका स्रोत व्यक्ति उनै बागवर्ण राईको नालीबेली र पुरातात्विक चौरासे घर

बागबर्ण, चौरास घर र वाम्बुले मुक्काचो बागबर्ण त्यस्ता थिए : बागबर्ण गुजी उपो आक्वाल ख्वाल्चो थि उपो ? सोधेँ बाजे (जस्तलाल)लाई । जवाफ पाएँ, ‘इ बुस्याङ रोच्वाख्वाल्चो डा आङ फिलास थिय्वा हौ जाँठा ।’ सिकुवामा बसेर हुक्का तान्दै गरेको मेरो बाजे र म बिचको सवाल जवाफ यस्तो थियो । २०३७÷३८ सालतिरको प्रसंग हो । २०४० […]

Continue Reading

सम्झनाको लहरमा एक अविस्मरणीय अभिभावक लप्टन जितबहादुर राईबारे मान राईको आलेख

सुमधुर स्मृतिमा लप्टन जितबहादुर राई : जो लिएर होइन दिएर गए यतिखेर मेरो पापसाइला (साइला काका) लप्टन जितबहादुर राईको बारेमा केही लेख्न गइरहेको छु । नाम : जितबहादुर राई (वाम्बुले मुक्काचो) ब्रिटिस गोर्खा सैनिक नं. ४९९३२९ एलटी (क्युजिओ) र जीआर (एमटीओ) जन्म : १९९५ फाल्गुन, उँबु–८ सिम्काकु, ओखलढुंगा निधन : २०६४ कार्तिक १०, काठमाडौं श्रीमती […]

Continue Reading

नेपाल सरकारका पूर्व-उपसचिव तथा कोशकार अविनाथ राईका ती सुदूर संस्मरण : ‘सुन साइँली छपन्न कटेसी रमाउँला…’

‘सुन साइँली छपन्न कटेसी रमाउँला…’ : सन्दर्भ अवकाशित जीवन अविनाथ राई अन्ततः जागिरे जीवनबाट अवकाश भइयो । सेवानिवृत्त भइयो । यो कुनै आकस्मिक वा अप्रत्याशित थिएन । अन्ठाउन्न वर्ष पुगेपछि अनिवार्य अवकाश हुनु पर्ने सरकारी नियम अनुसार सेवाबाट अलग भइएकोले यो अति सामान्य वा प्राकृतिक प्रकृतिको प्रक्रिया थियो । तरैपनि, मेरा नजिकका आफन्तहरू, जसलाई मेरो […]

Continue Reading

खुवालुङ : किरात जातिको सांस्कृतिक आस्थाको केन्द्र

खुवालुङ : किरात जातिको सांस्कृतिक आस्थाको केन्द्र शालिक शातासक राई विषय प्रवेश मुन्दुमी आस्थाको धरोहर खुवालुङ अहिले भत्काउने÷मास्ने कि बचाउने भन्ने बहस चलिरहेको छ । यो सँगै किराती मुन्दुमी शक्ति केन्द्रको अस्तित्व निकै संकटमा पर्दै गएको देखिन्छ र किरातीहरू बिकास बिरोधी पनि हुन् कि भन्ने भ्रम चल्नु स्वाभाविकै हो । विकासको नाम कुनै जातिको आस्था […]

Continue Reading

इतिहास विरासतमा तीन बायुङ राई व्यक्तित्व : भीसी अगमसिंह राई, राजनीतिज्ञद्वय बलबहादुर राई र गोपाल राई

भीसी अगमसिंह राई, राजनीतिज्ञद्वय बलबहादुर राई र गोपाल राई –गणेश वाम्बुले राई नेपालको राजनीतिक इतिहासमा भेटिने पात्रमध्ये बलबहादुर राई र गोपाल राई अब्बल नाम हुन् । बलबहादुर राईले नेपालमा राणाशासनको अन्त्यदेखि गणतन्त्र बहालीसम्मको योगदान गरे भने गोपालले तीस वर्षे पंचायती शासन व्यवस्थाको अन्त्यका निम्ति गाउँघरको कुनाकन्दरका युवाहरूमाझ झिल्को बनेर भूमिका निर्वाह गर्दै गणतन्त्र भित्र्याइन्जेलसम्म नेतृत्व […]

Continue Reading

इतिहास : नेपाल एकीकरण अभियानमा घमन्ड राईलाई पृथ्वीनारायण शाहको पत्र

–गणेशकुमार राई –शुभराज राई (काजी) –दीपकबहादुर राई –जन्ताराम राई नेपाल एकीकरण (भौगोलिक एकीकरण) अभियानमा ओल्लो किरात ओखलढुंगा क्षेत्र कसरी कब्जामा लिइएको थियो ? सवालको छिनोफानो गरिहाल्न गाह्रो छ । तर, पछिल्लो पटक अध्ययन अनुसन्धानका क्रममा एक प्रमाण फेलापरेको छ । त्यो हो– नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले वि.सं. १८२९ घमन्ड राईलाई सम्बोधन गरी लेखेका पत्र […]

Continue Reading

पदम चौरासे राईको संस्मरण : यसरी पुगियो, पुख्र्यौली थलो ओखलढुंगा र गरियो लिब्जुको दर्शन

पदमकुमार चौरासे राई चैत्र मासको दिन भए पनि वरिपरि गुराँस फुलेर चिटिक्क परेको ठाउँ रहेछ । रमाइलो हरियाली देवधाम रहेछ । राताम्मे गुराँस फुलेको हरियाली रहेको लिब्जु डाँडामा हामी ३ जना पुग्यौं । साथमा लगेको अक्षता, साल धुप पूजा सामाग्री लिएर पूजा स्थान तीन फन्को मा¥यौं । पूजा गरेर बाहिर निस्कियौं । बाहिर निस्किनासाथ पानी […]

Continue Reading

प्राज्ञ नारद मणि हार्तम्छाली “कलाङ”को डायरी – फेरी काठमाण्डौले बोलायो र प्राज्ञ बनायो !

फेरी काठमाण्डौले बोलायो र प्राज्ञ बनायो ! फेरी तिमी गीत गाऊ तिमी गीत गाऊ, नारा पनि लगाऊ र गाउँ–घर पनि आऊ । म थुप्रै शब्द र लयहरु तिमीतिर मोडी दिने छु , म थुप्रै आवाज र जोशहरु तिमीलाई जोडी दिनेछु, फेरी तिमी गीत गाऊ अब तिम्रो ‘नारा’मा तारा’को ‘पारा’ आउँछ । तिमी बाजा बजाऊ, झण्डा […]

Continue Reading