गोर्खा सैनिकमाथिको विभेद अन्त्य गर्न वार्ता टोली गठन माग

काठमाडौँ — गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)ले गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि वार्ता टोली गठन गरी चाँडै कूटनीतिक पहल गर्न माग गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा गेसोका सभापति कृष्णकुमार राईले नेपाल र बेलायत सरकार तथा गोर्खा सैनिकबीचको सहमतिअनुसार वार्ता समिति बनाउन ढिला गरेकोमा आपत्ति जनाउँदै तत्काल कूटनीतिक पहल थाल्न नेपाल सरकारसँग माग गर्नुभएको […]

Continue Reading

प्रचलनमा रहेका लिपिहरू

गणेश राई भाषा राष्ट्रिय जनगणना २०६८ (सन् २०११)को तथ्याङ्कमा नेपालमा जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ देखाएको छ । नेपालमा १२५ जातजाति छन् । नेपालमा १२३ भाषा बोलिन्छन् । सबैभन्दा धेरै ४८ प्रतिशतले खस नेपाली भाषा बोल्दछन् भने सबैभन्दा कम कुसुन्डा भाषा २८ जनाले बोल्दछन् । (कुसुन्डा भाषाका अन्तिम वक्ता मानिएका […]

Continue Reading

किरात भूगोल र सभ्यता हो – प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले किरात शब्दले भूगोल र सभ्यता जनाउने भएकाले प्रदेश नं.१ को नामाकरण सर्वसम्मतबाट हुनुपर्ने बताएउनु भएको छ । किरात राई यायोक्खाले प्रदेश–१ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने मागलाई लिएर बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिनु भएको हो । यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राई नेतृत्व टोलीले आइतबार प्रधानमन्त्री […]

Continue Reading

अब्बल बन्दै योग विधा

योग दिवस ः असार ७ गते प्रल्हादप्रसाद दहाल योग एक बृहत पूर्वीय दर्शन हो । यो पौराणिक विज्ञान हो । जसका जराहरु अहिले विश्वभर फैलिदा छन् । अर्थात् भनौ विश्व समुदायमा आप्mनो अब्बल प्रभाव छोड्न सफल देखिन्छ यो विधा । भारत वर्षका ऋषिमुनीहरुको तपश्यामूलक अनुसन्धानात्मक देनबाट विकसित भएको यो विधा हाल आएर आधुनिक वैज्ञानिकहरुको प्रयोगको […]

Continue Reading

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि सुमन जाबालाई

लिभु संवाददाता काठमाडौं – वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७४ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि सुमन राई (सुमन जावा) लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको […]

Continue Reading

पुस्तक परिचय: कारागारमा रहेका सांसद रेशम चौधरीको ‘टिकापुर घटनाको चिरफार’ पुस्तक

लिभु संवाददाता ‘उक्त आन्दोलनमा बालकमाथि भएको घटनाको लागि म क्षमा चाहन्छु तर सही र सत्यतथ्य रिपोर्ट नआइकन बालक मारेको निहुँमा जुन थारुहरुको घरसम्पत्तिमा छानीछानी आगो लगाउने, लुटपाट गर्ने कार्य गरिएको छ, यो सभ्य समाजको परिचय होइन ।’ – रेशम चौधरी काठमाडौं– सांसद रेशम चौधरी यतिखेर कारगारमा छन् । उनलाई राजनीतिक ज्यान मुद्धाको आरोपमा सजाय भोगिरहेका […]

Continue Reading

कवि दिवसलाई युगकवि सिद्धिचरण पुरस्कार, राईलाई पत्रकारिता

लिभु संवाददाता काठमाडौं — नेपाली कविता तथा लोक साहित्यका क्षेत्रमा योगदान पु¥याएबापत् वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसलाई ‘युगकवि सिद्धिचरण पुरस्कार २०७५’ प्रदान गरिने भएको छ । युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष बैरागी काइ“लाको अध्यक्षतामा बसेको बैठकले पुरस्कारको निर्णय गरेको हो । त्यसैगरी प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार–२०७५’ पनि घोषणा गरेको छ । […]

Continue Reading

संस्कृतिविद् दिवस र पत्रकार राईलाई युगकवि सिद्धिचरण पुरस्कार

लिभु संवाददाता काठमाडौं– संस्कृतिविद् एवं कवि तुलसी दिवसलाई ‘युगकवि सिद्धिचरण पुरस्कार–२०७५’ प्रदान गरिएको छ । दिवसलाई ताम्रपत्रसहित एक लाख रुपैयाँ नगद राशि प्रदान गरिएको छ । त्यसैगरी पत्रकार गणेश वाम्बुले राईलाई ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले युगकवि सिद्धिचरण श्रेष्ठको […]

Continue Reading

सरकारले ल्यायो अभिभावक सहायता कार्यक्रम

लिभु संवाददाता काठमाडौं २, वैशाख । सरकारले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सघाउने उद्देश्यले अभिभावक सहायता कार्यक्रम अघि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी विद्यालयमा टिकाई राख्न अभिभावक सहायता कार्यक्रम अघि सारिएको बताएका हुन । जुन कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा एक बालिकालाई शनिबार अभिभावकत्व प्रदान […]

Continue Reading

दक्षिण र उत्तर कोरियाली नेताबीच भेटवार्ता

लिभु संवादादाता कोरिया -शिखर वार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरिया पुगेका छन्। उनलाई स्वागत गर्न दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सीमावर्ति गाउँ पुगेका थिए। सन् २००७ पछि पहिलो पटक उत्तर र दक्षिण कोरियाली नेताहरूको शिखर बैठक भएको हो। सन् १९५३ मा दुई कोरियाबीचको युद्व अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला […]

Continue Reading