किरात राईहरूको मौलिक खानाको परिकारहरू

नरदेवी राई र तीर्थराज मुकारूङ किरात राई जातिको भाषा, धर्म र संस्कृतिले छुट्टै पहिचान राखे झैं खानपिनले पनि आफ्नो मौलिक पन राख्दछ । राईहरूले अरू जाति सरह विविध खानपान गरे पनि आफ्नै किसिमका खानपान तथा परिकार बनाएर खाने गरेको पाइन्छ । जसको बनोट र स्वादमा भिन्नता पाइन्छ । अन्नबाट निर्मित परिकारहरू १. मकै –  […]

Continue Reading

पुस्तक परिचय: कारागारमा रहेका सांसद रेशम चौधरीको ‘टिकापुर घटनाको चिरफार’ पुस्तक

लिभु संवाददाता ‘उक्त आन्दोलनमा बालकमाथि भएको घटनाको लागि म क्षमा चाहन्छु तर सही र सत्यतथ्य रिपोर्ट नआइकन बालक मारेको निहुँमा जुन थारुहरुको घरसम्पत्तिमा छानीछानी आगो लगाउने, लुटपाट गर्ने कार्य गरिएको छ, यो सभ्य समाजको परिचय होइन ।’ – रेशम चौधरी काठमाडौं– सांसद रेशम चौधरी यतिखेर कारगारमा छन् । उनलाई राजनीतिक ज्यान मुद्धाको आरोपमा सजाय भोगिरहेका […]

Continue Reading

तीस वर्षपछि हलो अनुभव

काठमाडौँ — हलो शास्त्र पढेर बनाउने होइन, गरेर देखाउने कला हो । झण्डै तीस वर्षपछि मैले हलो ताछ्न पुगें, गाउँघरमा । गए चैतको अन्तिम साता एक बिहानै अकस्मात झरी पर्‍यो । उखरमाउलो गर्मी हुने यो खोंचको माथि डाँडाकाँडातिर बादल पाउलिएझैं थियो । सिउसिउ जाडो हुँदै थियो । आमाले भन्नुभयो– ‘कामीको आरन पुगेर राँबो अर्जाप्न लाएर […]

Continue Reading

किरातचाड विशेष – किरातीहरूको सांस्कृतिक चाड साकेन्वा-साकेला

पदम राई चिम्सो आँखा, थेप्चो नाक, होचा कद र गोलाकार मंगोलियन अनुहारका किराती युवायुवतीहरूलाई आजकाल भ्याइनभ्याइ छ । पूर्वाञ्चल र काठमाडौं उपत्यकामा किराती परम्परागत पोशाकमा सजिएर मह“गा किराती गहनाका ‘रेप्लिका’ लगाएर ढोल र झ्याम्टाको आवाजतिरै उनीहरू झुम्मिरहेका छन् । उँभौली पूर्णिमाको दिनदेखि १५ दिनसम्म उनीहरूलाई यो चटारो यसरी नै भइरहने छ । कारण, उनीहरू आफ्नो […]

Continue Reading

ब्लग – युकेमा पत्रकारिता

मिडिया फ्ल्यासब्याक यात्रा हजार माइलको नै किन नहोस्, सुरू त एक पाइलाबाट नै हुन्छ । यो पुरानो कथन दोहो¥याइ रहँदा, मिडिया अर्थात् मेरो पहिलो पत्रकारिताको औपचारिक कदमबारे केही कुरा लेख्ने मनसुवा भयो । २०४९÷५० सालतिर वाम्बुले राई भाषाको मुखपत्र त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’ प्रकाशन सुरू गर्दा त्यसको एक सक्रिय संस्थापक सदस्य म पनि थिएँ । जुन […]

Continue Reading

अनुभूति – भागेर १२० केजीको भारी बोकियो

२०४३ सालमा एका-एक हाम्रो परिवारमा विपत् आइ परो । केराको थम्बा जस्तै मेरो काँइला भाइ ‘यूम्पीला’ खसेको ६ दिन पुग्दा न पुग्दै मेरो कान्छा भाइ ‘हाँसे’ को पनि निधन भयो । यो दुःखद घडीको क्षण अहिले सम्झिँदा पनि छाती भक्कानिएर आउँ छ । बरै खपियो, आमा र बुबालार्इ परेको पिडा अझ कस्तो थियो होला ? […]

Continue Reading

संस्कृति – महामारीको संकेत स्वरुप मनाइने पर्व पाहाँचह र घोडेजात्रा

पाहाचह्रे प्राकृतिक उपद्रो र रोगको महामारी शुरू भयो भन्ने संकेत स्वरूप चैत्र चतुर्दशीका दिन (२०७४ चैत २ गते तिथि परेको) काठमाडौं उपत्यकामा पाहाँचह्रे मनाइन्छ । नेपालभाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो । पाहाचह्रे अघि चउला महिना पदार्पण हुनासाथ हुरी–बतास र वर्षात् शुरू हुने हुँदा घरको छाना बाँध्ने, फोहोर फ्याँक्ने, खाल्टाखुल्टी (साःगाः) सफाइ […]

Continue Reading

विचार – स्थाननाममा मानवीय पहिचान

कमल मादेन काठमाडौँ — काठमाडौं, गैरीधारामा कुलचन्द्र गौतम प्रतिष्ठानमा यही फागुन ५ गते नेपालका भौगोलिक नामहरू (स्थान नामहरू) शीर्षकमा कार्यक्रम भयो । कार्यक्रममा प्रा.डा. भीमप्रसाद सुवेदीले भौगोलिक नाम अर्थात स्थाननाम आम प्रचलन अनुरुप ठाउँ विशेषको प्राकृतिक स्वरूप र त्यस ठाउँको मानवीय पक्षबाट नामकरण हुन्छ भन्ने दृष्टान्त प्रस्तुत गरे । विश्वव्यापी रूपमा स्थान नामलाई टोपोनिम भनिन्छ । शब्दकोशको पछि […]

Continue Reading

विविधा – भाषा पहिचान र विकासमा बंगलादेशी अनुभव

प्रा. योगेन्द्रप्रसाद यादव काठमाडौँ — मानिसका लागि भाषा एउटा विशिष्ट उपलब्धि हो । यसको संरचना अत्यन्तै गहन र पेचिलो हुन्छ । यस्तो संरचनाको माध्यमबाट मानिसले आफ्नो मनमा सोचेको विचार मौखिक वा लेख्य माध्यमबाट व्यक्त गर्छ । अर्थात् मानिसका लागि भाषा सम्प्रेषणको मौलिक माध्यम हो । यो मौलिक प्रकार्य अतिरिक्त, भाषाले मानिसलाई नियन्त्रण गर्ने, आज्ञा दिने आदि कार्य सम्पादन गर्न […]

Continue Reading

बायुङ भाषाको इतिहास

बायुङ भाषा चिनिया–तिब्बती महापरिवारको पूर्वी हिमाली शाखाअन्तर्गत किराँती परिवारभित्रको बहु–भाषाहरूमध्ये एक हो । मूलतः रुम्दा(ली), पाइ÷रिनाम्सा(ो)चा, नेचा(ली), हङ्गु(चा) र रोके(चा) समूहभित्र बोलिने यो भाषा बाहिङ नामले पनि चिनिन्छ । नब्बेको दशकपछि राज्य पुनर्संरचनाको बहसमा कोँइचवान, खम्बूवान र याक्थुङवान (लिम्बूवान) क्षेत्रहरूमध्ये ओल्लो किराँत अर्थात् कोँइचवानमा बोलिने यस भाषाको मूल थलोमा ओखलढुङ्गाको हर्कपुर, देउसम्बु (रा“गादिप), सर्सेपु (बिगुटार), […]

Continue Reading