प्रदेश नं १ मा छ जना निर्विरोध- दुई पदका लागि मात्र निर्वाचन हुने

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा(एमाले)का परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित हुनुभएको […]

Continue Reading

ऐन र अनुशासनको परिधिमा रही काम गर्न सचिवको निर्देशन

काठमाडौँ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले ऐन, कानून र अनुशासनको परिधिमा रही जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । पर्यटन मन्त्रालयमा आफ्नो स्वागत तथा सोही मन्त्रालयबाट अन्यत्र सरुवा हुनुभएका सचिव महेश्वर न्यौपानेको बिदाइ कार्यक्रममा उहाँले इमान्दारपूर्वक मन्त्रालय र मातहतका काम कारबाहीलाई चुस्त तथा प्रभावकारी बनाउन आग्रह गर्नुभयो । […]

Continue Reading

छ दशकदेखि शहीद दिवस मनाइँदै, सरकारसँग छैन शहीदको यकिन तथ्यांक

काठमाडौँ ।  मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन । सरकारले यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ […]

Continue Reading

बगरको उखुखेतीबाट पचास लाख आम्दानी

कञ्चनपुर । नदीको बगरमा उखुखेती गरी यहाँका किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् । वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् । पाँच वर्षअघिदेखि शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका एक […]

Continue Reading

यस्तो छ राष्ट्रियसभा निर्वाचनको नमूना मतपत्र

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारी अन्तर्गत आयोगले नमूना मतपत्र पनि सार्वजनिक गरेको छ । निर्वाचनमा नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ उम्मेदवार बनेका छन् । निर्वाचनबाट तीन महिला, एक दलित, […]

Continue Reading

राष्ट्रियसभा चुनावः उम्मेदवारी फिर्ता र चुनाव चिह्न वितरण आज

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागी मनोनयन दर्ता गराएका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्दै आज चुनाव चिन्ह प्रदान गर्दैछ । माघ २४ गते हुने निर्वाचनका लागी मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज दिउँसो २ बजेसम्म नाम फिर्ताको समय तोकिएको छ । आज दिउँसो ३ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने आयोगले आजै अपरान्ह ४ […]

Continue Reading

आय-व्यय विवरण बुझाउन दलहरुलाई आयोगको आग्रह

काठमाडाैं । निर्वाचन आयोगले आय-व्ययको सम्पूर्ण विवरण आगामी माघ मसान्तसम्म बुझाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४१ को उपदफा १ मा आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र आय–व्ययको लेखापरीक्षण कानुन बमोजिम इजाजतप्राप्त लेखा परीक्षकबाट गराई एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था भएअनुसार गर्न आयोगले सम्पूर्ण दलहरुलाई आग्रह गरेको […]

Continue Reading

वर्षेनी तीन हजार नयाँ बिरामी, लुकेर रहेका कुष्ठ प्रभावितको खोजी गरिँदै

काठमाडौँ ।  कुष्ठरोगको लागेको लुकाउने र औषधि पूर्णरुपमा सेवन नगर्ने कारण नेपालमा कुष्ठरोग प्रभावितको संख्या बढिरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले ‘६५औँ विश्व कुष्ठरोग दिवस’ का अवसरमा आज आयोजना गरेको अन्तक्र्रियामा नेपालमा पर्याप्त बजेटको अभावमा लुकेका कुष्ठरोग प्रभावितको खोजी गरी उपचारमा ल्याउन नसकिएको बताइएको थियोे । स्वास्थ्य सेवा विभागका उपमहानिर्देक […]

Continue Reading

चार वित्तीय संस्थाको बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । स्टकमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, कावेली विकास बैंक र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत गरिएको हो । स्टकका अनुसार ग्लोबल आइएमई बैंकको ८० लाख ८० हजार ३४१ दशमलव ६६ कित्ता, लक्ष्मी बैंक लिमिटेडको ७४ लाख ७२ हजार ४१२ […]

Continue Reading

वाम गठबन्धनमा भागवण्डा मिल्यो, एमालेले चार र माओवादीले दुई मुख्यमन्त्री पाउने

काठमाडाैं । एमाले र माओवादीको प्रान्तीय सरकारमा ७० र ३० को अनुपातमा भागवण्डा गरेको छ । आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले उक्त अनुपातका सरकार गठन गर्ने सहमति गरेको हो । कार्यदलको बैठकले एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी […]

Continue Reading