कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा – उपाध्यक्ष कडेल

लिभु संवाददाता काठमाडौं– राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण विषयमा कर्णालीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र विज्ञहरुसँग नीति संवाद गरेको छ । आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलको अध्यक्षतामा भदौ २८ गते बिहीबार सिंहदरबारस्थित आयोगको सभा हलमा आयोजित कार्यक्रममा १७ जना सांसदले कर्णालीको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको विषयमा आ–आफ्नो धारणा […]

Continue Reading

शुभलाभ सहकारीले गर्यो वृक्षरोपण

लिभु संवाददाता ललितपुर– विश्व वातावरण दिवसका अवसरमा शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाले वृक्षरोपण गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । ‘ललितपुर महानगरको चाहना, हरियाली सहरको अवधारणा’ नारासहित वृक्षरोपण अभियान सुरु भएको छ । शुभलाभ सहकारी, युएनडीपी र कारितास नेपालको संयुक्त पहलमा महानगरपालिका वडा नं.१७ को सातदोबाटोदेखि पूर्वतर्फ ‘गोदावरी […]

Continue Reading

यलम्बर संगीत प्रतियोगितामा सोनामले बाजी मारे

लिभु संवाददाता काठमाडौं– यो वर्षको यलम्बर संगीत प्रतियोगिताको चौथा शृंखलामा सोनाम राईले पहिलो पुरस्कार बाजी मार्नु भएको छ । किरात राई सांस्कृतिक कलाकार संघको १३ औं स्थापना दिवसका अवसरमा ललितपुरमा शनिबार सम्पन्न प्रतियोगिता पहिलो पुरस्कार हात पार्न सफल हुनुभएको हो । उहाँलाई २५ हजार रुपैयाँ नगद तथा चालीस हजारबराबरको गीत रेकर्डिङ सुविधा प्रदान गरिएको संघका […]

Continue Reading

इलाम नपुगे जीवन निरर्थ हुन्छ – नेम्बाङ

लिभु संवाददाता काठमाडौं । एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्बाङले देशका कुनै पनि नागरिक पूर्वी पहाड इलाम नपुगे जीवन निरर्थ हुने बताउनु भएको छ ।‘अहिलेसम्म इलाम नपुगेका साथीहरूलाई यदि इलाम पुग्नुभएको छैन भने तपाईंको जीवन निरर्थक हुन्छ भन्छु,’ नेम्बाङले भन्नुभयो, ‘केही साथीहरू इलाम पुगेर फर्किएपछि साँच्चै सुन्दर ठाउँ रहेछ भन्दा मलाई निकै गौरव […]

Continue Reading

आठपरिया राई भाषामा पीएचडी प्रा.डा. न्यौपाने

प्रदीप मेन्याङ्बो काठमाडौँ — लगातार ४६ वर्षसम्म शिक्षण पेसा गरेर त्रिभुवन विश्वविद्यालयबाट तीन वर्षअघि अवकाश पाएका प्राध्यापक डा. टंकप्रसाद न्यौपाने अचेल सेतै फुलेको कपाल छोप्न कालो भादगाउँले टोपी लगाउन थालेका छन् । शब्दमा ‘अवकाश प्राप्त’ भए पनि न्यौपानेमा थकान देखिन्न, उनी अनवरत छन् । काँधमा एउटा सामान्य झोला र त्यसभित्र हङकङे इष्टजनले उपहारमा दिएको ल्यापटप बोकेर टंक […]

Continue Reading

तीस वर्षपछि हलो अनुभव

काठमाडौँ — हलो शास्त्र पढेर बनाउने होइन, गरेर देखाउने कला हो । झण्डै तीस वर्षपछि मैले हलो ताछ्न पुगें, गाउँघरमा । गए चैतको अन्तिम साता एक बिहानै अकस्मात झरी पर्‍यो । उखरमाउलो गर्मी हुने यो खोंचको माथि डाँडाकाँडातिर बादल पाउलिएझैं थियो । सिउसिउ जाडो हुँदै थियो । आमाले भन्नुभयो– ‘कामीको आरन पुगेर राँबो अर्जाप्न लाएर […]

Continue Reading

फिचर – ओखलढुंगामा २ सय ३ मानिस हराए, एक सय ३९ महिला

एसबी जेरो ओखलढुंगा– ओखलढुंगाबाट तीन वर्षको अवधिमा दुई सय तीन मानिस हराएका छन् । आर्थिक वर्ष २०७२÷२०७३ देखी चालु आर्थिक वर्ष २०७४÷२०७५ सम्मको तथ्यांकको आधारमा दुई सय तीन मानिस हराएका हुन् । तीन वर्षमा जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा बेपत्ता तथा हराएको आफन्त खोजी दिन भनी दुई सय तीन निवेदन परेका छन् । महिलाको संख्या बढी […]

Continue Reading

लुङखिम राई पुस्तक सार्वजनिक

लिभु संवाददाता फिक्कल (इलाम)– देशको पूर्वी सीमाना इलाममा रहेका अल्पसंख्यक किराती लुङखिम राई जातिको परिचयसहितको ‘किराती लुङखिम राई जाति ः जन्मदेखि मृत्युपर्यन्तसम्मको मुद्दुम संस्कार’ पुस्तक सार्वजनिक भएको छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादु राईले किराती जातिको महान् चाड उभौली साकेलाको अवसरमा (२०७५ वैशाख १७ गते सोमबार) उक्त पुस्तक विमोचन गर्नु भएको हो । लुङखिम राई […]

Continue Reading

मातृभाषा पढ्नुको मज्जा

गणेश राई कान्तिपुर संवाददाता काठमाडौँ — वर्षमा दुईपटक विशेष भत्ता पाइन्छ, त्यसैले नेपालभाषाका शिक्षक र कर्मचारी ती दिनको प्रतीक्षामा हुन्छन् । एउटा, पाहचह्रे । यो यही चैतमा परेको छ । अर्को दिने न्हुदँ हो । यो नेपाल संवत्को पहिलो दिन पर्छ । दशकदेखि सुचारु ‘नेवा: बस्ती नेवा: स्कुल अभियान’ ले पाहचह्रे र न्हुदँमा शिक्षकलाई भत्ता दिने चलन चलाएको हो । अभियानले […]

Continue Reading

प्रधानमन्त्रीले बोलाए सातै मुख्यमन्त्रीलाई सिंहदरबार

लिभु संवाददाता काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे प्रदेश सरकारका समस्याबारे प्रधानमन्त्रीले मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिवसँग छलफल गर्न लागेका हुन्। प्रदेश सरकारका प्रतिनिधिहरुले सरकार सञ्चालनका लागि असुविधा झेलिरहेको गुनासो गरिरहेका बेला प्रधानमन्त्री ओलीले छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक […]

Continue Reading