१८ लाख अवैध आप्रवासीलाई अमेरिकी नागरिकता !

एजेन्सी । संसदले मेक्सिकोको सीमामा पर्खाल लगाउन बजेट दिएमा १८ लाख अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिने प्रस्ताव राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले गर्ने भएको छ । मेक्सिकोमा पर्खाल लगाउने चुनावी बाचा गरेर ह्वाइटहाउसको यात्रा गरेका ट्रम्पको यस योजनालाई संसदले समर्थन नगरेपछि विकल्पमा नयाँ योजना ल्याउन लागिएको बताइएको छ । यस योजनामा समर्थन खोज्न ट्रम्प प्रशासनले डेमोक्रेट […]

Continue Reading

राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ । माघ २४ गते हुने निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गरिएको आयोगको भनाइ छ । सरकार, सरकारका मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा […]

Continue Reading

को बन्ला मुख्यमन्त्री ?

काठमाडौं । प्रदेश २ बाहेक सबैमा सरकार गठनको तयारीमा रहेको वाम गठबन्धनभित्र मुख्यमन्त्रीका दाबेदारहरूको दौडधुप बढेको छ। फागुन पहिलो साताभित्र सातै प्रदेशमा मुख्यमन्त्री चयन गरिसक्नुपर्ने भएकाले आकांक्षीहरूले राजधानीमा दौडधुप बढाएका हुन्। आकांक्षीमध्ये केहीले काठमाडौंमा पार्टीका शीर्ष नेतामाथि ‘दबाब’ बढाउन थालेका छन् भने केहीचाहिँ नेताहरूसँग एकचरण भेटघाट सकेर प्रदेश फर्केका छन्। शीर्ष नेताहरूले भने एमाले–माओवादीबीच भागबन्डा मिलिनसकेकाले […]

Continue Reading

बाँदरमुढे घटनाका ३८ जना शहीद घोषित

काठमाडौँ ।  सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले सशस्त्र द्वन्द्वकालमा कास्की जिल्लामा तत्कालीन विद्रोही समूह […]

Continue Reading

राष्ट्रियसभा निर्वाचनका लागि शुक्रवारदेखि आचार संहिता लागू

काठमाडौं । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि शुक्रवारदेखि आचार संहिता लागू भएको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि माघ १२ गतेदेखि आचारसंहितचा लागू गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सरकारको मन्त्रीदेखि सामुदायिक विद्यालयका शिक्षकसम्मलाई आचारसंहिता लागू हुने जनाएको छ । […]

Continue Reading

‘नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध राख्ने’

काठमाडौँ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले अब बन्ने नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध स्थापित गर्ने बताउनु भएको छ । उहाँले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग सम्बन्ध बढाइने बताउँदै भन्नुभयो, “हाम्रो भारतसँग पहिलेदेखि नै सम्बन्ध रहेको छ, विगतमा जे जति तीता कुरा भए, ती सबैलाई बिर्सी दुई देशबीच असल सम्बन्धको विकल्प छैन ।” प्रतिनिधिसभामा […]

Continue Reading

तीन रोगका बिरामीलाई भत्ता वितरण शुरु,कसरी लिने जीविकोपार्जन भत्ता ? 

काठमाडौँ ।  हप्तामा तीनपल्ट डायलासिस गर्नुपर्छ, एक हजार २०० को रगत बढाउने सुई किन्नलाई पैसा पुग्यो,” मिर्गौला रोगी अमृता भण्डारीले भन्नुभयो । वीर अस्पतालमा आज जीविकोपार्जन भत्तास्वरुप मासिक  पाँच हजार बुझेपछि उहाँले सो कुरा भन्नुभएको हो । मिर्गौला, अर्बुद र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामीलाई जीविकोपार्जन भत्तास्वरुप मासिक रु पाँच हजार दिने निर्णय मन्त्रिपरिषद्को […]

Continue Reading

दूरगामी प्रभाव पार्ने सबै निर्णय नयाँ सरकारले अस्वीकार गर्ने

काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र र प्रशासनमा दूरगामी असर पार्ने प्रकारका गरेका सबै निर्णयलाई नयाँ सरकारले अस्वीकार गर्ने बताउनुभएको छ । पछिल्लो राजनीतिक स्थिति र वर्तमान सरकारका निर्णयका सम्बन्धमा आज एमाले केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो –“निर्वाचनमा पराजय भोगेपछि पनि नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले […]

Continue Reading

६९औँ गणतन्त्र दिवसका अवसरमा भारतलाई बधाई

काठमाडौ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आफ्ना समकक्षीमा हार्दिक बधाई प्रकट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द, उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका उपराष्ट्रपति बैंकया नायडू र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको […]

Continue Reading

रानीपोखरी मल्लकालीन र बालगोपालेश्वर ग्रन्थकूटशैलीमा बनाऊःविज्ञ

काठमाडौँ  ।  रानीपोखरी पुनःनिर्माण गर्न गठित विज्ञ समूहले पोखरी प्रताप मल्लकालीन र बालगोपालेश्वर मन्दिर ग्रन्थकूटशैलीमा बनाउन सुझाव दिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको रानीपोखरी पुनःनिर्माणका लागि सुझाव दिन गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । विज्ञ समूहले यही माघ ३ गते स्थानीयवासी र नागरिक समाजसँग सुझाव सङ्कलन गरी […]

Continue Reading