खाने गाँस छैन, मदिरा जताततै

अछाम ।जिल्लाको विकट बस्तीमा बाटो, बिजुलीलगायत विकास पूर्वाधारले छोएको छैन । चामल, मकै, गहुँ, कोदोलगायत अन्न प्रयाप्त छैन । धेरैलाई साँझ खाएपछि बिहान खान समस्या छ । तर, हरेक घरमा मदिरा सेवन हुने गरेको छ । गाउँमा घरेलुका साथै विभिन्न ब्राण्डका मदिरा पनि भित्रने गरेको रामरोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । गाउँमा हुने सभा, […]

Continue Reading

ओली-दाहालबीचको वार्ता सकियो, अझै जुटेन सहमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान टु वान’ वार्ता सकिएको छ । एमाले अध्यक्ष ओली दाहाललाई भेट्न उहाँको निवास खुमलटारमा बिहान पुग्नुभएको थियो । त्यहाँ दुई नेताहरुबीच ‘वान टु वान’ वार्ता भएको थियो । दुई नेताबीचको वार्ता केहीबेर अघि सकिएकाले दुई दलीय कार्यदलको बैठक […]

Continue Reading

उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग, चिह्न प्रदान भोलि

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ । मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज साँझ ५ बजेसम्ममा सार्वजनिक गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रम अनुसार आज दिउँसो १ बजेदेखि भोलि दिउँसो २ बजेभित्र उम्मेदवारले मनोनयन फिर्ता लिने समय छुट्याइएको छ भने भोलि […]

Continue Reading

प्रचण्ड भेट्न ओली खुमलटार पुगे, निर्णायक वार्ता जारी

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा ‘वान टु वान’ वार्ता जारी छ । प्रचण्ड निवास खुमलटारमा भएको वार्तामा पार्टी एकता र सरकार गठनको विषयमा कुराकानी भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयो । स्रोतका अनुसार माओवादी केन्द्रले सरकार गठनभन्दा पनि पार्टी एकतालाई नै मुख्य प्राथमिकता दिएको […]

Continue Reading

गर्भ नबस्ने कारण यस्ता छन् ख्याल गर्नुहोस्..

काठमाडौ । औसतमा जँचाउन आउने २ सय महिलामध्ये दुईजनामा बाँझोपनको समस्या देखिन्छ ।  त्यसमा धेरैजसो पुरुषभन्दा महिलाकै स्वास्थ्यका कारण गर्भ नबसेको देखिन्छ । समस्या लिएर अस्पताल आउनेहरुको संख्या हेर्दा चार महिलामध्ये एकजनाको गर्भ नरहनुको कारण पुरुषमा रहेको स्वास्थ्य समस्या देखिन्छ भने ३ जनाको समस्या महिलाकै कारण देखिन्छ । यो आधारमा बाँझोपनको समस्या महिलाको स्वास्थ्यको कारण […]

Continue Reading

विश्वकै बूढो उमेर मानिएको गुरिल्लाको निधन

काठमाडौँ । सान डियागो चिडियाघर सफारी पार्कमा रहेको अफ्रिकी गुरिल्लाको मृत्यु भएको छ । विश्वकै बूढो उमेर मानिएको गुरिल्लाको बिहीबार मृत्यु भएको हो । पार्कका अनुसार, अक्टोबरमा ६० वर्ष पार गरेको भिल्लाले पाँच पुस्ता सँगै बिताएको थियो । तस्बिर सन डियागो चिडियाघर सफारी पार्कका केन बोनले खिचेका हुन् र एपीलाई उपलब्ध गराएका हुन् ।

Continue Reading

निर्वाचन आयोगले सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने

काठमाडौँ।  निर्वाचन आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिन्ह प्रदान गर्दैछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई नाम फिर्ता […]

Continue Reading

अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा ४० को मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा भएको आत्मघाती बम विस्फोटमा परेर कम्तिमा पनि ४० जनाको ज्यान गएको छ । अरु १ सय ४० जना घाइते भएका छन् । आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरेको एम्बुलेन्सलाई लगेर प्रहरीको चेकपोष्टमा विस्फोट गराएको बिबिसीले जनाएको छ । तालिवान विद्रोहीले आक्रमणको जिम्मेवारी लिएका छन् । काबुलमा एक हप्तामा भएको […]

Continue Reading

धितोपत्र बजार – एक अर्ब ७३ करोड कारोबार

काठमाडौँ ।  धितोपत्र बजारमा यस साता  एक अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज(नेप्से)काअनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको रु एक अर्ब […]

Continue Reading

एमाले महासचिव भन्छन्,संविधान संशोधनका लागि तयार छौँ

काठमाडौँ ।  नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताउनुभएको छ । अखिल नेपाल महिला संघले आज यहाँ स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र […]

Continue Reading