नेपालीको एकता क्वाँटी एकता हो – प्रा.डा. नोवलकिशोर राई

लिभु संवाददाता काठमाडौं– प्रसिद्ध भाषाशास्त्री नोवलकिशोर राईले नेपालीको एकता क्वाँटी एकता भएको अभिव्यक्ति दिनु भएको छ । ‘हाम्रो नेपाली सभ्यता, संस्कार, संस्कृति चाहिं क्वाँटी सभ्यता हो, र बृहत् रूपमा नेपाली भाषा र हामी नेपाली भनेर बिर्सनु पनि हुँदैन,’ विश्वभरि छरिएर रहनु भएका नेपालीलाई नेपालीत्व बचाइराख्न तपाई के भन्नुहुन्छ ? भनेर गरिएको सवालको जवाफमा उहाँले भन्नुभयो, […]

Continue Reading

सर्वोकृष्ट महिला मोडेलको अवार्ड सुष्मालाई

लिभु संवाददाता, मलेसिया-नेपाल टेलिकम तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ उत्कृष्ट महिला मोडेल विधातर्फ नायिका तथा मोडल सुष्मा अधिकारीले हात पारेकी छिन । मलेसियामा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । म्युजिक भिडियोबाट करिअर शुरु गरेकी सुष्माले केही चलचित्रमा समेत काम गरिसकेकी छिन । चलचित्रका केही गीत र भोजपुरी म्युजिक भिडियोमा पनि निकै जमेकी […]

Continue Reading

सांस्कृतिक कथा – नयाँ बिहानी

जगत रार्ई (प्लोकोचे) घरमा बिहानैदेखि मान्छेहरुको चहलपहल थियो । ती मान्छेहरु सधैजसो देखिरहेको आफ्नै काका, बडा, दाज्यु, आफन्तहरु थिए । कतिलाई भने पहिलो पटक देख्दै थिए । किन बिहानैदेखि मान्छेहरु घरमा भेला भएका होलान् । यसबारे उसको बालसुलभ मनले बुझ्न सकिरहेको थिएन । ऊ छिमेकी बालबालिकाहरुसित खेल्दै ठीक थियो । तर आज उसलाई सबैले खास […]

Continue Reading

यलम्बर संगीत प्रतियोगितामा सोनामले बाजी मारे

लिभु संवाददाता काठमाडौं– यो वर्षको यलम्बर संगीत प्रतियोगिताको चौथा शृंखलामा सोनाम राईले पहिलो पुरस्कार बाजी मार्नु भएको छ । किरात राई सांस्कृतिक कलाकार संघको १३ औं स्थापना दिवसका अवसरमा ललितपुरमा शनिबार सम्पन्न प्रतियोगिता पहिलो पुरस्कार हात पार्न सफल हुनुभएको हो । उहाँलाई २५ हजार रुपैयाँ नगद तथा चालीस हजारबराबरको गीत रेकर्डिङ सुविधा प्रदान गरिएको संघका […]

Continue Reading

शुभलाभ सहकारीले गर्यो वृक्षरोपण

लिभु संवाददाता ललितपुर– विश्व वातावरण दिवसका अवसरमा शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाले वृक्षरोपण गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । ‘ललितपुर महानगरको चाहना, हरियाली सहरको अवधारणा’ नारासहित वृक्षरोपण अभियान सुरु भएको छ । शुभलाभ सहकारी, युएनडीपी र कारितास नेपालको संयुक्त पहलमा महानगरपालिका वडा नं.१७ को सातदोबाटोदेखि पूर्वतर्फ ‘गोदावरी […]

Continue Reading

विश्व वातावरण दिवस – प्रधानमन्त्री ओलीद्वारा ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको बिरुवा अभियान सुरु गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबार हातामा लिची र एभोकाडोको बिरुवा रोपेर प्रधानमन्त्री ओलीले यो अभियानको सुरुवात गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आज देशैभरी १ लाखभन्दा बढी फलफूलका बिरुवा रोपिने जानकारी दिनुभयो । “सबैले फलफूलका बिरुवा रोप्ने अभियान […]

Continue Reading

किरात भूगोल र सभ्यता हो – प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले किरात शब्दले भूगोल र सभ्यता जनाउने भएकाले प्रदेश नं.१ को नामाकरण सर्वसम्मतबाट हुनुपर्ने बताएउनु भएको छ । किरात राई यायोक्खाले प्रदेश–१ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने मागलाई लिएर बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिनु भएको हो । यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राई नेतृत्व टोलीले आइतबार प्रधानमन्त्री […]

Continue Reading

साहित्यकार शुभचन्द्र राईको वाम्बुले राई भाषामा कथा: रातो भाले

साहित्यकार शुभचन्द्र राईको वाम्बुले राई भाषामा कथा: रातो भाले भिडियो हेर्न तल लिङ्क खोल्नुहोला:-

Continue Reading

प्रधानमन्त्री ओलीसँग विमस्टेकका महासचिबको भेटघाट

लिभु संवाददाता काठमाडौं,जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्ेटक) का महासचिब सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकाश र समृद्धिको माध्यमको बनाउनु पर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले विमस्टेकका बिगतका कामबाट पाठ सिकेर आगामी […]

Continue Reading

वाम सरकारले ल्यायो– १३ खर्ब १५ अर्बको बजेट

लिभु संवाददाता काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्नुभएको हो । सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उठाउने लक्ष्य […]

Continue Reading