गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान सक्दैन – प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने भन्दै सुशासन र विकास आजको प्राथमिकता भएको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि आज असान्र्दभिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने जानकारी दिनुभयो […]

Continue Reading

‘सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिकस्तरबाट जुट्नुपर्छ’

विश्व धुम्रपान रहित दिवस २०७५ लिभु संवाददाता काठमाडौ– क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरबाटै जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बताउनु भएको छ । कडरियाले सुर्तीजन्य पदार्थको कारण दिनप्रति दिन मानिसहरु विभिन्न किसिमका रोगबाट प्रभावित भएकोले यस विषयमा गम्भिर भएर सोच्न सम्बन्धित निकायले ढिलाई गर्न नहुने धारणा राख्नुभयो । कार्यक्रममा विद्यालयका […]

Continue Reading

फोरम सरकारमा सहभागी हुने

लिभु संवाददाता काठमाडौं– संघीय समाजवादी फोरम नेपाल सरकारमा सामेल हुने भएको छ । सत्ता?ढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र फोरमबीच सोमबार दुई बुँदे सहमतिसँगै सहभागिता सुनिश्चित भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबबीच सोमबार सम्पन्न वार्तापछि सहमती भएको […]

Continue Reading

मोलुङ गाउपालिकामा जिप दुर्घटना, एकको मृत्यु, नौ घाइते

लिभु संवाददाता ओखलढुंगा । मोलुङ गाउँपालिका –२ रामपुरमा आइतबार जिप दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोलुङ ७ का १८ वर्षीय रविन विक छन् । मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चाबाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको ना १ ज ५५६२ नं को जिप सडकबाट १ सय मिटर […]

Continue Reading

संस्कृतिविद् दिवस र पत्रकार राईलाई युगकवि सिद्धिचरण पुरस्कार

लिभु संवाददाता काठमाडौं– संस्कृतिविद् एवं कवि तुलसी दिवसलाई ‘युगकवि सिद्धिचरण पुरस्कार–२०७५’ प्रदान गरिएको छ । दिवसलाई ताम्रपत्रसहित एक लाख रुपैयाँ नगद राशि प्रदान गरिएको छ । त्यसैगरी पत्रकार गणेश वाम्बुले राईलाई ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले युगकवि सिद्धिचरण श्रेष्ठको […]

Continue Reading

फिचर – ओखलढुंगामा २ सय ३ मानिस हराए, एक सय ३९ महिला

एसबी जेरो ओखलढुंगा– ओखलढुंगाबाट तीन वर्षको अवधिमा दुई सय तीन मानिस हराएका छन् । आर्थिक वर्ष २०७२÷२०७३ देखी चालु आर्थिक वर्ष २०७४÷२०७५ सम्मको तथ्यांकको आधारमा दुई सय तीन मानिस हराएका हुन् । तीन वर्षमा जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा बेपत्ता तथा हराएको आफन्त खोजी दिन भनी दुई सय तीन निवेदन परेका छन् । महिलाको संख्या बढी […]

Continue Reading

नयाँशक्ति कोरियाको विशेष भेला हुने

लिभु संवाददाता कोरीया -नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरिया (INS) को केन्द्रीय विशेष भेला यहि मे-२७ तारिखको दिन हुने भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित वैठकले पारित गरेको निर्णयलाई कार्यन्वायनमा लैजान कोरियामा विशेष भेला गर्न लागिएको आईएनएस कोरिया काबा अध्यक्ष सुरेन्द्र बजगाईंले बत्ताउनु भयो । नयाँ शक्ति […]

Continue Reading

गणतन्त्र दिवशलाई जनस्तरसम्म पु¥याउनु पर्छ ः प्रम ओली

लिभु संवाददाता काठमाडौैं, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पु¥याउनु पर्ने बताउनुभएको छ । गणतन्त्र दिवश मुल समारोह समितीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्नुहुदै यस्तो निर्देशन दिनुभएको हो । गणतन्त्रलाई सरकारी दिवश जस्तो नबनाएर जनताको उत्सव जस्तो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “गणतन्त्र सरकारी दिवश […]

Continue Reading

तीस वर्षपछि हलो अनुभव

काठमाडौँ — हलो शास्त्र पढेर बनाउने होइन, गरेर देखाउने कला हो । झण्डै तीस वर्षपछि मैले हलो ताछ्न पुगें, गाउँघरमा । गए चैतको अन्तिम साता एक बिहानै अकस्मात झरी पर्‍यो । उखरमाउलो गर्मी हुने यो खोंचको माथि डाँडाकाँडातिर बादल पाउलिएझैं थियो । सिउसिउ जाडो हुँदै थियो । आमाले भन्नुभयो– ‘कामीको आरन पुगेर राँबो अर्जाप्न लाएर […]

Continue Reading