देउरालीलाई पाती किन चढाइन्छ ?

केही पुराना सुदूर यादहरू र मेरो जिज्ञासा पाखा पखेरा अनि डाँडा चढ्दै गर्दा भन्ज्याङ पुगिन्थ्यो । भन्ज्याङ पुगेपछि एउटा सानो ढुंगा या हरियो पात (पाती) टिपेर चढाइन्थ्यो । बलौटेबाट कस्सिएर हिंडेपछि चौकी डाँडामा बिसाउने लक्ष्य रहन्थ्यो । अगाडि हे¥यो मधेस देखिएला जस्तो । पछाडि फर्किदा सेतो हिमाल अनि त्यस मुनि कता–कता ‘लिब्जु’ थुम्का अनि ‘वामद्याल’ […]

Continue Reading

सेमिका राई भन्छिन्– ‘मलाई सहयोग गर्नुहोस्, बाँच्न चाहन्छु’

५ चैत्र २०७६, बुधबार भगवती तिमल्सिना,काठमाडौं।  सोक्मटार, हिलेपानी, मानेभञ्ज्याङ–६, ओखलढुङ्गा निवासी १७ बर्षिया सेमिका राई ३ महिना अघि एकाएक बिरामी परिन । सामान्य परिवारमा जन्मिएकी राई गाउँमा नै नमूना काम गर्छु र स्थानिय बासिन्दाहरुलाई समेत नयाँ कृषि विधि सिकाउँछु भनेर जेटिए पढ्दै थिईन् । उनको रुची खेलमा पनी भएकाले महिला फुटबलमा पनि उत्तिकै सकृयताका साथ […]

Continue Reading

वाम्बुले राई समाज र सहधर्मी संस्थाको भूमिका

  नेपालको विविधतालाई राष्ट्रिय गौरवको रुपमा र पर्यटकीय व्यवसायिक रुपले महत्वपूर्ण छ । ती विविधता भित्रका भाषा संस्कार र संस्कृतिको संरक्षणको कुरा उठाए निजको नामको अगाडि वा पछाडि जातिवादी उपनाम थपिदिने चलन नभएको होइन । तर यी कुराहरुको संरक्षण विना विविधतायुक्त देशको परिचयसमेत सदा बाँच्न सक्दैन । वास्तवमै कुनै निश्चित भाषा, धर्म, संस्कार र संस्कृतिको […]

Continue Reading

वाम्बुले र बाहिङ बस्तीमा हङ्सिली

चैत्र २, २०७६कुम्भराज राई ओखलढुंगा — वाम्बुले र बाहिङ किरातहरू फागुन र चैत महिनामा पुर्खाको स्मरण गर्छन् । यस बेला उनीहरू ‘ठूलो पितृ’ का नाममा विधिविधान गर्छन् । यसअघि मंसिरदेखि माघसम्म ‘सानो पितृ’ अर्थात् न्वागी, फेली विधि गर्ने प्रचलन छ ।   बाहिङहरूको मूल थलो ओखलढुंगा र सोलुखुम्बुको तल्लो भेग हो । वाम्बुलेहरू ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुलीको कोसी किनार […]

Continue Reading

ब्रिटिस आर्मी ट्रेनिङ गराउँदै डायनामिक गुर्खा ट्रेनिङ एकेडेमी

लिभु संवाददाता ललितपुर– बेलायत सरकारले ब्रिटिस गुर्खा पल्टनमा सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएपछि क्रमशः नेपालबाट भर्ती संख्या बढाएको छ । हाल ब्रिटिस गोर्खामा फस्ट रोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र रहेका छन् । कडा मिहिनेतसहित दक्षता हासिल गर्न चाहने युवाहरू संख्या बढ्दो छ । तिनै युवालाई लक्षित […]

Continue Reading

कोरोनाले जन्माएको त्रास

गणेश वाम्बुले राई चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)ले विश्व समुदायलाई संत्रासमा गुजारिरहेको छ । त्यो पनि लगभग सय दिनको समयावधिमै । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस विश्वका १२० भन्दा बढी मुलुकमा फैलिएको भन्दै विश्वव्यापी महामारीको घोषणा गरेको छ । उसले संक्रमण नियन्त्रणको लागि तयारी गर्न, जनस्वास्थ्य, राजनीतिक नेतृत्व […]

Continue Reading

कोरोना भाइरसबारे नेपाल पत्रकार महासंघको धारणा

लिभु संवाददाता काठमाडौं– नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिन–१९)को उच्च जोखिमलाई लिएर पत्रकारसचेत रहन आह्वान गरेको छ । ‘जनतालाई सुसूचित गर्ने संवैधानिक दायित्व बोकेका पत्रकारहरू समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अनिवार्य रहेको छ,’ पत्रकारलाई पूर्वसतर्कता […]

Continue Reading

यसरी लागे जुम्ल्याहा दाजुभाइ ब्रिटिस गोर्खा भर्ती

ब्रिटिस सेनामा ५४ जिल्लाका ४३२ जना भर्ती गणेश वाम्बुले राई काठमाडौं– ब्रिटिस गोर्खा सैनिकको इतिहास सन् १८१५ देखि २०२० सम्म आइपुग्दा २०६ वर्ष पुगेको छ । नेपाली युवा भर्ती हुने क्रम जारी छ । यस पटक ‘इन्टेक–२०२०’ मा ४ सय ३२ जना युवा भर्ती भएर बेलायत पुगिसकेका छन् । यो संख्या विगतभन्दा बढी हो । […]

Continue Reading

मातृभाषा संरक्षण अभियान अनुभव : भाषा किन जोगाउने ?

वन जोगाउनु पर्छ । पर्यावरण जोगाउनु पर्छ । हात्ती जोगाउनु पर्छ । बाघ जोगाउनु पर्छ । रेडपाण्डा जोगाउनु पर्छ । नदी बचाउनु पर्छ । वागमती सफाई गर्नुपर्छ । पानीको स्रोत जोगाउनु पर्छ । सीमसार जोगाउनु पर्छ । रातो चाँक भएको बाँदर जोगाउनु पर्छ । सहर माछा जोगाउनु पर्छ । यी आदि इत्यादि जोगाउन सकेन भने […]

Continue Reading

सम्झनामा मेरो पापा “रानाज्यु” – गगन राई

संस्मरण म सम्झिरहेछु ,२०७५ साल फागुन महिनाको १७ गतेको त्यो दिन । जुन दिन बिहानको ४ः०० वजे म काम गर्ने विद्यालयको मेरो प्रधानाध्यापकले मलाई निद्राबाट उठाएर अप्रत्यक्ष रुपमा मेरो बुवाको मृत्यु भएको जानकारी दिनुभएको थियो ।   मेरो प्रधानाध्यापकले दिनुभएको अप्रत्यक्ष जानकारी मैले देखेको सपनासँग मिलेको थियो । उता मेरो बुवा मृत्युसँग लडिरहँदा यता मैले […]

Continue Reading