राष्ट्रगान लेखकका व्यथा

अमृत भादगाउँले शनिबार, १६ चैत २०७५, १० : २४ हाम्रो राष्ट्रगानका लेखक कसरी बाँचेका छन्? सरकारले सोध्नु पर्छ व्याकुल माइला अर्थात् प्रदिपकुमार राईलाई। उनी राष्ट्रिय व्यक्तित्व बनेको एक दशक भयो, उनले आफ्नो गरिमालाई ज्युँकात्युँ राखेका छन्। इमान्दारीले  आफ्नो उचाइ झन् बढाएका छन्। त्यसैले नेपाली नागरिक उनलाई ‘जिउँदो विभूति’का रूपमा आदर गर्छन्। उनको गीत ‘सयौं थुँगा फूलका […]

Continue Reading

वाम्बुले स्रष्टाहरु सम्मानित

लिभु संवाददाता धरान– वाम्बुले भाषाका दशजना स्रष्टालाई सम्मान प्रदान गरिएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) सुनसरी कार्यसमितिले तेस्रो जिल्ला अधिवेशनको अवसरमा शनिबार सम्मान प्रदान गरेको हो । वाम्बुले राई भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नु हुने व्यक्ति व्यक्तित्वलाई सम्मान तथा सम्मानपत्र प्रदान गरिएको जनाइएको छ । २०५६ सालदेखि प्रदान गरिदैआएको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्राप्त वाम्बुले […]

Continue Reading

साहित्यकार किरातीको फूलको विज्ञप्ति सुरुको दिनमै पचपन्न हजारको बिक्यो

विशेष संवाददाता, सौल, कोरिया । साहित्यकार मिलनकान्छा किरातीको कविता सङ्ग्रह फूलको विज्ञप्ति बजारमा आइसकेको छ । इण्डिगो इङ्क नामक प्रकाशन गृह काठमाडौँले प्रकाशन र वितरण गरेको उक्त पुस्तक कोरियामा पनि उपलब्ध छ । फोनिज कोरिया समाचारको लागी पत्रकार यम श्रीसले लिएको अन्तरवार्ताको क्रममा साहित्यकार किरातीले फूलको विज्ञप्ति सुरुकै दिन पाँचलाख पचास हजार वन अर्थात नेपाली […]

Continue Reading

वाम्बुले शिक्षकका अध्यक्ष राई माविमा स्थायी

लिभु संवाददाता काठमाडौं– वाम्बुले राई शिक्षक समाज, नेपाल (वाराशिस)का अध्यक्ष बुद्धिबहादुर राई स्थायी बन्न सफल हुनु भएको छ । शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको अंग्रेजी विषय लिखित तथा अन्तर्वार्तामा छनोट हुनु भएको हो । उहाँ ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ स्थित श्री भगवती माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्छ । मानेभन्ज्याङ–५ माथिल्लो रिचुवामा साधारण कृषक परिवारमा जन्मिनु भएका […]

Continue Reading

वाम्बुले फोटो सुटिङ

लिभु संवाददाता ललितपुर– वाम्बुले भाषा, साहित्य, संस्कृतिप्रति चेतना जगाउने उद्देश्यले पहिलो पटक फोटो खिच्ने काम सम्पन्न भएको छ । ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको तेस्रो अंकको निम्ति उक्त फोटो खिचिएको हो । महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीस्थित वाम्बुले राई समाज, नेपाल (वाम्रास)को कार्यालय ‘वाम्रास भवन’मा पत्रिकाकै निम्ति भनेर पहिलो पटक फोटो खिच्ने काम गरिएको हो । […]

Continue Reading

येबाहरूको उत्पत्ति स्थल

 अर्जुनबाबु माबुहाङ बेलायतका मानवशास्त्रीद्वय जोन टी. हिचकक र रेक्स एल. जोन्सले २०२४/२५ सालताका तेह्रथुमको फेदाप र छथरमा याक्थुङ्बा लिम्बू जातिका देवारी (धामी–झाँक्री) हरू फेदाङ्बा, साम्बा, येबा/येमा, माङ्बाहरूको बारेमा अध्ययन गरेका थिए । उक्त अध्ययन सन् १९७६ मा ‘स्पिरिट पजेसन इन द नेपाल हिमालयज्’ पुस्तकको रूपमा प्रकाशन भयो । उनीहरूले लिम्बू जातिका देवारीहरूमध्ये खासगरी येबा/येमालाई मध्य एशिया/पूर्वी साइबेरियाका […]

Continue Reading

वाम्बुले कत्था – मनसरा

‘फेरि या दसै ब्लाःम रै !’ देसै गाग्री निक्तुमाक् मनसरा सिकुवाल् जुःनिसिम । भदौ मैना । बारिल् ग्व्राब्वाम (मकै) थ्वाम्मे । खेतल्वा गार्जा उलिमउलिम जोम्मे । बारिङ डिलडिल, गल्लीगल्ली आँख ब्ल्वाब्ल्वा चामुम्मे । कुडु खिरिरी–खेतबारीङ डिलडिलल्वा फ्वाङ्गे, गदौरी, म्वाख्वामाली फुरिन् बोट या रिउरिउ जोम्मे । मान्दल राःमेइ, बांसुरी त्वाम्सिमेइ थ्वाइसिम । बन पाखाल्वा घाँसे गोठालेख् […]

Continue Reading

किरात धर्म भित्रको एक सम्प्रदाय युमा साम्यो

विश्वासदीप तिगेला इतिहास अनुसार आजभन्दा लगभग ३८ सयदेखि ५ हजार वर्षअगाडि किरात काल थियो। ३२ पुस्ता किरात राजाले शासन गरेका थिए। किरात काल चरम सभ्यतामा पुगेको थियो अर्थात सभ्यताको शुरुवात त्यहीबाट शुरु भएको मानिन्छ। किरात सभ्यता भन्नु नै किरात संस्कार थियो, किरात संस्कृति थियो, किरात लिपि थियो र किरात धर्म थियो। किरात संस्कार संस्कृति, भाषा, […]

Continue Reading

ढाका होइन थाका

राजकुमार दिक्पाल यात्राका क्रममा सिक्किमतिर जाँदै थियौँ । इतिहासकार इमानसिंह चेम्जोङको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति वैरागी काइँलालाई सम्मान गर्ने कार्यक्रम तय गरिएको थियो, गान्तोकमा । कुलपति काइँला मलाई पनि त्यतातिर लैजाँदै हुनुहुन्थ्यो, एक सञ्चारकर्मीका रूपमा । कुरा प-यो, सात वर्षअघिको । धुलाबारीस्थित वैरागी निवासमा उहाँलाई लिन सिक्किमका चारजना संस्कृतिकर्मी तथा भाषासेवी आइपुगे । […]

Continue Reading

इटहरीका सहकारीकर्मीद्वारा शुभलाभ अवलोकन

लिभु संवादददाता ललितपुर – प्रदेश नं.१ सुनसरी इटहरीका सहकारीकर्मीहरूले प्रदेश नं.३ ललितपुरको सातदोबाटोस्थित शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको भ्रमण अवलोकन गरेका छन् । इटहरी उप–महानगरपालिका–६ मा रहेको नेपाः बहुउद्देश्यीय सहकारी संस्थाका ३० जना प्रतिनिधि टोलीले यही २०७५ चैत ३ गते आइतबारका दिन अवलोकन गरेका हुन् । शुभलाभ सहकारी संस्थाका कार्यकारी अध्यक्ष तिखबीर राईले सहकारीकर्मी पाहुनाहरूलाई खादा […]

Continue Reading