किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी नियाल्दा

विषेश प्रवेश बिक्रमजित हसरतको इतिहासलाई आधारमानेर पुष्प थाम्सुहाङले वि.सं. २०२९/३० मा किरात संवत्को चर्चागर्नु र कलिगत ४० वर्षमा येलम्बरहाङले नेपालमा राज्य स्थापनागरेको भनी वि.सं. २०११ मा संक्षिप्त नेपाल इतिहासमा प्रेमबहादुर मावोहाङसमेतद्वारा उल्लेखगरिएको आधारमा जसहाङ मादेनबाट सम्पादित याक्थुङ येÞलेÞ तङ्बे सिक्किमबाट पहिलो पटक वि.सं. २०४५/४६ मा प्रकाशित क्यालेन्डरको कुरा गर्नुपर्दा वहाँहरूको जातीय स्वाभिमान र भावनाको कदर […]

Continue Reading

नेपालमा प्रचलित संवत् हरु र किरात इतिहासको एक प्रमाण : किरात येÞलेÞ संवत्

(किरात राई यायोक्खा, भूपू केन्द्रीय अध्यक्ष) १. आरम्भ : कुनै विशिष्ट व्यक्ति वा शासकको पालादेखि आरम्भ भएको वर्ष गणनालाई संवत् भन्ने गरिन्छ । सौरमानका आधारमा निर्मित प्रकृतिजन्य अनन्त समयलाई आफ्नो वंशमा पारेर मानवले मानवहितको लागि वर्ष, महिना, दिन, घण्टा, मिनेट र सेकेन्ड तथा घडी पलामा विभाजन गर्नसक्नु विश्वका ठूला मानव उपलब्धिहरूमध्ये एक उपलब्धि मान्न सकिन्छ […]

Continue Reading

किराती संवत् बारेमा

नेपालीहरू गणतन्त्र नेपालका नागरिक बनेका छौँ । सङ्घीयता कार्यान्वयनको दिशामा छ । राजनीतिशास्त्रका अध्यताहरूलाई अवगत भएकै कुरा हो कि कुनै एक जाति, भाषा वा सांस्कृतिक समुदायको अधिकतम् बाहुल्यता रहेको देशमा एकात्मक सरकार उपयुक्त हुन्छ भने बहुजातीय, भाषिक र सांस्कृतिक समुदाय रहेको देशमा सङ्घीय संरचनाको सरकार उपयुक्त ठहर्छ । नेपाल पनि बहुजातीय, भाषिक र सांस्कृतिक मुलुक […]

Continue Reading

किरात ‘येले संवत्’को सान्दर्भिकता

गणेश राई किराती समुदायमा माघको पहिलो दिन नयाँ वर्षका रुपमा मनाउने चलन छ। काँचो तरुलको भित्री भाग नङले कोट्याएर निधारमा ट्यास्स टाँसेर टीका लगाएपछि नयाँ वर्षको स्वागत गरेको मानिन्छ। यस दिन घरघरमा वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी (सखरखन्ड), पिडालु, बदाम, इस्कुसको जरा, गिठा, भ्याकुर आदि माटोमुनि फल्ने कन्दमुलहरु उसिनेर खाने चलन छ। पछिल्लो […]

Continue Reading

येले संवत्, व्यवहारिक पात्रो निर्माण र प्रयोगको बाटो

अमर तुम्याहाङ/बलिराज खम्बु सार यस लेखमा किरात येÞलेÞ संवत् र त्यसको आधारमा व्यवहारिक पात्रो निर्माण र प्रयोगको सम्बन्धमा चर्चा गरिने छ । संवत्का विषयमा कालगणनाका आधार र प्रामाणिकता, राष्ट्रिय मान्यताका लागि भएका प्रयासहरू, संवत् प्रयोगमा देखिएका समस्याहरू र सम्भावित उपायहरु छलफलका लागि प्रस्तावित पात्रोको उल्लेख हुने छ भने पात्रोको सम्बन्धमा यससँग सम्बन्धित विभिन्न पक्षको सन्दर्भ […]

Continue Reading

किरात येले संवतको शुभकामना

लिभु संवाददाता काठमाडौं– संघीय नेपाल प्रदेश नं.१ को साझा संवतका रुपमा किरात संवत हुनुपर्ने मागसहित किरात येले संवतको शुभकामना आदानप्रदान कार्य तीव्र गतिमा बढेको छ । किरात संवत्लाई लिएर समुदायका विभिन्न संघसंस्थाले औपचारिक समारोहको आयोजना गरेका छन् । किरात येले संवत्लाई येले तङ्बे, येले दोङ, येले थोचे आदि भनेर मनाउने गर्दछन् । देश–विदेशमा रहेका किरातीहरुले […]

Continue Reading

ठूला संचारमाध्यमले मातृभाषालाई प्राथमिकता दिन माग

लिभु संवाददाता काठमाडौं– सरकारले मुलुकको मातृभाषाहरुको संरक्षण तथा प्रवद्र्धनका निम्ति आर्थिक दायित्व बहन गर्नुपर्ने विज्ञले बताएका छन् । भाषा बचाउन पत्रपत्रिका प्रकाशन सबैभन्दा दीगो माध्यम भएकाले त्यसनिम्ति वार्षिक बजेटको व्यवस्था गर्नुपर्ने जोडदिएका छन् । ‘सबै भाषा रहेमात्र समावेशी पत्रकारिता हुन्छ र विभिन्न भाषामा गरिने पत्रकारिता समावेशी पत्रकारिता हो,’ नेपालभाषा टाइम्स दैनिकका सम्पादक सुरेशकिरण मानन्धरले भन्नुभयो, […]

Continue Reading

शुभलाभ बहुउद्देश्यीय सहकारी २०औं वर्षमा

सेयर सदस्य २ हजार ८ सय ८९ लिभु संवाददाता ललितपुर– जिल्लाको उत्कृष्टमध्ये एक शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही पुस २८ गते शनिबार सातदोबाटोस्थि ललितपुर ब्यांक्वेटमा आयोजित साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ को प्रतिवेदन पारित गरेको छ । त्यसैगरी चालू आर्थिक वर्षको भावी कार्यक्रम पारित गरेको छ […]

Continue Reading

श्रद्धाञ्जली पत्रकार एमडी कुलुङ – तिमी माटो भयौ, हामी धुवाँ

ध्रुव लम्साल ‘ए बाजे । तिम्रो रिपोर्ट कस्तो आयो ?’ गत १२ पुस बिहीबारको दिन म घाममा बसेर पत्रिकाको पाना ओल्टाइ पल्टाइ गरिरहेको थिएँ । पत्रिका एकपल्ट पढिसकेपछि केही छुट्यो कि भनेर ओल्टाइ पल्टाइ हेर्ने पुरानै बानी हो । ‘मैले त चेकै गराइनँ, मेडिकलको सिटामोलले ज्वरो ठीक भयो,’ एमडी कुलुङलाई जवाफ दिएँ । ‘म त […]

Continue Reading

बाराही बहुउद्देश्यीय सहकारी १७औं वार्षिकोत्सव सम्पन्न

लिभु संवाददाता काठमाडौं– राजधानीको नयाँ बानेश्वरस्थित बाराही बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ मा कुल आम्दानी २ करोड ९० लाख ८५ हजार २ सय २५ रुपैयाँ आर्जन गर्न सफल भएको छ । पुस २७ गते आयोजित संस्थाको १७औं वार्षिक साधारण सभामा उक्त जानकारी दिइएको हो । संस्थाका अध्यक्ष जीवनकुमार राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै […]

Continue Reading