व्याकुल माइलाको घरजग्गा अब संस्थाको नाममा

लिभु संवाददाता काठमाडौं । राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)ले आफ्नो नाममा रहेको घर तथा जग्गा व्याकुल माइला प्रतिष्ठान नेपाल संस्थाको नाममा स्वामित्व हस्तान्तरण गरेका छन् । ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६ (साविक थाक्ले गा.वि.स. वडा नं. ५) हिलेपानी सिरान्टोलमा यो घर रहेको छ । माइलाका बुवा मानबहादुर राईले २०४० सालमा उक्त घर […]

Continue Reading

जनजाति महासंघको अध्यक्षमा शेर्पा, महासचिव राई

लिभु संवाददाता काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित भएका छन् । शुक्रबार बिहान नवलपरासीमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट शेर्पा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । शेर्पा नेपाल शेर्पा संघका अध्यक्षसमेत हुन् । अध्यक्ष र महासचिव पदमा निर्वाचन भएको थियो भने सर्वसम्मत चयन भएको छ । कार्यसमितिको महासचिवमा दिवस राई […]

Continue Reading

किराती भाषामा बालबालिकाको नाम भएको पुस्तक

गणेश वाम्बुले दीपेन्द्र रुम्दाली– हेलौ । दाजु जिउ बाःम । ड्अुसाम्से बानिम ? (हेलौ दाजु नमस्कार । सबैजना सन्चै हुनुहुन्छ ।) म (गणेश)– जिउ बाःम भाइ । ड्अुसास बाकुमेउ । काठमान्डुल्वाम खोखो आस्याल ल्वाखो देसाङ बाकुम । (नमस्कार भाइ । सन्चै छौं । काठमाडौंको जाडोमात्र कहिले जाओस् भन्दैछौं ।) दीपेन्द्र– क्वाल योर चेलपाचा फोन पुनिमें […]

Continue Reading

यो हो प्रशिद्ध धार्मिक थलो– लिब्जु (भिडियोसहित)

गणेश वाम्बुले राई काठमाडौं । किरात वाम्बुले राई जातिको प्रशिद्ध धार्मिक थलोको नाम लिब्जु हो । यो मूलतः एक पहाडको नाम हो । तर धार्मिक आस्थाका आधारमा सुखसमृद्धि, शक्तिको प्रतीकका रूपमा लिब्जु उपो (लिब्जु बाजे) भनेर पुकारिन्छ । संघीय नेपाल प्रदेश–१ ओखलढुंगा जिल्लाको दक्षिणी भेग मानेभन्ज्याङ गाउँपालिका वडा नं.२ वाक्सा, वडा नं.३ वामद्याल र वडा […]

Continue Reading

कवि आशिष राईको कविता ‘राजनीति’

राजनीति क्रिकेटको रमाइलो खेल हो राजनीति हान्छन्, मौकामा छक्का–चौका बेस्सरी फुटबलको अपत्यारिलो खेल हो राजनीति गोल गर्दै बढछन् अगाडि चौतारीको एउटा चटक हो राजनीति हेर्नु पाउँछौं यहाँ कुुर्सीको खिचातानी मनमानी, घमण्डको पराकाष्ठा हो राजनीति गर्छन् यिनले जनतासँग बैमानी झुठा–सस्ता आश्वासन हो राजनीति गर्छन् यिनले भोका पेटसँग सौदाबाजी पावर, पैसा, पहुँचवालाकै यहाँ छ हाली मुहाली बिरलै […]

Continue Reading

दृष्टिविहीन विद्यार्थीले पाएको अधिकार संविधानमै सीमित

पाठ्यपुस्तकविना कक्षा ११ र १२ पढ्दै दृष्टिविहीन विद्यार्थी, सन्दर्भ सामग्री सधै अभाव गणेश राई काठमाडौं– संविधानको धारा ३१ (४) मा ‘दृष्टिविहीन नागरिकलाई ब्रेल लिपिमा का माध्यमबाट कानुनबमोजिम नि:शुल्क शिक्षा पाउने हक हुने’ उल्लेख छ । शिक्षा ऐनअनुसार कक्षा १२ सम्म विद्यालय तह मानिन्छ । शिक्षा मन्त्रालयले कक्षा १ देखि १० सम्मका दृष्टिविहीन विद्यार्थीका निम्तिमात्र ब्रेल […]

Continue Reading

व्याकुल माइला माउण्टेन बाइक ट्रेल : काठमाडौदेखि मानेभन्ज्याङ

-रेवती थापामगर (लेकाली गिठ्ठा) काठमाडौंदेखि मुलकोट बौद्ध स्तुपालाई एक चक्कर लगाएँ । २०७८ कात्तिक २६ गते तदानुसार १२ नोभेम्बर, २०२१ शुक्रबार बिहानको ६ बजे बौद्ध गेटबाट साइकल गुडाएँ । सूर्यको उषा नतग्र्रिदै चाबहिलतिर मोडिएँ । फ्याटफुट्ट भेटिने देखिने बिजुलीका खम्बामा बलेको प्रकाशमुनि साइकलमा गुड्दै गौशाला आइपुग्दा मिरमिरे बिहानीले बिदाइ गरिसकेको देखिन्थ्यो । सवारी साधनले कालो […]

Continue Reading

रमणिय पर्यटकीय स्थल झन्डिडाँडा

सत्यम राई सडकपुर (इलाम) । इलाम जिल्लालाई नेपालको पहाडकी रानी भन्न गरिन्छ । इलामको दक्षिण पूर्वी क्षेत्रमा रोङ गाउँपालिका रहेको छ । यही रोङ वडा नं. ६ रम्भ्याङमा समुद्री सतहदेखि करिब २२०० मिटर उचाईमा झन्डिडाँडा रहेको छ । झन्डिडाँडा एउटा रमणिय पर्यटकीय स्थल हो । यो मनोरम थलोको सरंक्षण संवद्र्धन हुने क्रममा छ । किरात […]

Continue Reading

अन्तर्राष्ट्रिय नारी दिवस र वाम्बुले महिला मुहार

लिभु संवाददाता काठमाडौं– ११२औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरि मनाइरहँदा किरात वाम्बुले राई जातिका केही वर्तमानमा जाज्वल्यमान केही वाम्बुले नारीको मुहार यस प्रकार हरेका छन् । उपाध्यक्ष, मानेभन्ज्याङ गाउँपालिका, ओखलढुंगा कार्यपालिका सदस्य, दुधौली नगरपालिका वडा नं. १४, सिन्धुली बिएन/कोअर्डिनेटर, बि एण्ड बि अस्पताल, ललितपुर । मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्याल, ओखलढुंगा । निमात्री– सुम्निमा चलचित्र, मानेभन्ज्याङ […]

Continue Reading

काठमाडौं उपत्यकामा पुरुषको जनसंख्या सधैं बढी ?

छ दशकमा काठमाडौं उपत्यकाको जनसंख्या ४ सय ८४ गुणाले बढ्यो गणेश राई काठमाडौं- केन्द्रीय तथ्याकं विभागले माघ १२ मा सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाले पुरुषभन्दा महिलाको जनसंख्या बढी देखाएको छ । प्रारम्भिक नतिजाअनुसार लैगिंक अनुपात ९५.८ पाइएको छ । जसअनुसार प्रति सय महिलामा पुरुषको संख्या ९५ दशमलब ९१ छ । मुलुकभरको जनसंख्याको लैगिंक अनुपातको त्यस्तो […]

Continue Reading